लन्डन । बेलायतबाट एसियन महिला एसोसिएसन (आमा) ले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ९९९ रूपैयाँ आर्थिक सहयोग गरेको छ।
अगस्ट २६ मा नेपालमा गएको बाढी प्रभावितको लागि आमाले शनिबार उद्धार कोषमा रकम जम्मा गरेको हो।
विपद् प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले आधिकारिक माध्यमबाट सहयोग गर्न आह्वान गर्दै आएको छ।
यस सहयोगले विपद्का कारण प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।






