स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले दियो बाढीपीडितका लागि २० लाख, कसले कति दिए ?

SHARE:

काठमाडौं। भोटेकोसी बाढीपीडितका लागि स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वयन समितिले २० लाख रुपैयाँ प्रदान गरेको छ । समितिको समन्वयमा मातहतका संस्था तथा आबद्ध पदाधिकारीहरूको सहयोगमा उक्त रकम संकलन गरिएको हो ।

अन्तर्राष्ट्रिय समन्वय समितिअन्तर्गत राष्ट्रिय समन्वय समितिका रूपमा आबद्ध विभिन्न देशका संस्थाहरूबाट प्राप्त सहयोगमध्ये स्याङ्जा समाज जापानबाट चार लाख २९ हजार ८९९ रुपैयाँ प्राप्त भयो। यस्तै, अमेरिकाबाट चार लाख २८ हजार ७८२, कतारबाट दुई लाख ७० हजार, बेल्जियमबाट एक लाख ५० हजार रुपैयाँ प्राप्त भयो । यस्तै, साउदी अरब, फ्रान्स, बहरानबाट एक-एक लाख प्राप्त भएको संस्थानले जनाएको छ।

अन्य दाताहरूमा संस्थाका सल्लाहकार रमेश श्रेष्ठले एक लाख, अक्षयकोष सञ्चालन समितिका सदस्य नारायण शर्माले ५० हजार, मीन क्षेत्रीले २५ हजार ५०० दिएका छन् ।

हेमन्त रानाभाटले २५ हजार कमल न्यौपानेले २० हजार डेभिड गुरुङले २० हजार उपलब्ध गराएको संस्थाले जनाएको छ । संकलित रकममा संस्थाको कोषबाट ६३ हजार ५५७ थप गरी २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको संस्थाका उपाध्यक्ष राजेश पाण्डेयले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!