धेरै पछि बुझे मैले
बाका हातका रेखाहरू
किन मधुरा भए,
किन हत्केलाहरू खस्रा भए
किन औलाहरू कुप्रिए
किन नङहरू निला भए
तर पनि –
चाउरी परेको उहाँको अनुहारमा
सदा मन्द मुस्कान हुन्थ्यो
अथाह जाँगर हुन्थ्यो शरीरमा,
अद्भुत चमक हुन्थ्यो आँखामा
अर्ती र आशीर्वाद हुन्थ्यो बोलिमा
शक्ति फैलिन्थ्यो उपस्थितिमा
दिन प्रतिदिन
कोरिरहदा मेरा भाग्य रेखा
सिँगारिरहँदा मुस्कान मेरा अनुहारमा
थपिरहदा ख़ुशिहरू
मेटाईरहदा दुःख पीरका रेखाहरू
मेटाउनु भएछ आफ्नै हातका रेखाहरू
मेरा बा
ब्रम्हाण्ड बन्नुको भोगाईमा..!
एक बा हुनुमा..!
बस !
मेरो लागि
मलाई म बनाउन
मेरो बा …।
हार्दिक श्रद्धा सुमन बुवा






