तमु समाज यूकेले फो ल्होछार भव्य रुपले मनायो

SHARE:

शिवशरण गुरुङ
लन्डन । तमु समाज यूकेले तमुहरुको महान् पर्व फो ल्होछार/ल्होसार कार्यक्रम भव्य रुपमा मनाएको छ ।

गत शनिबार २९ डिसेम्बर २०१८ मा लन्डनस्थित ह्यारो लेजर सेन्टर हलमा सो बृहत् तमु ल्होछार कार्यक्रम मनाइएको हो । कार्यक्रम प्रमुख अतिथि लन्डन बरो अफ ब्रेन्टका मेयर काउन्सिलर अर्साद महमुद र समाजका अध्यक्ष शिवचन्द्र गुरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल र बेलायतको राष्ट्रिय धुन बजाइएको थियो ।

शिवचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न फो ल्होछार औपचारिक कार्यक्रम सञ्चालन समाजका महासचिव हर्कबहादुर गुरुङले गरेका थिए । कार्यक्रमा संयोजक कमल गुरुङले हेल्थ र सेफ्टीसम्बन्धी जानकारी दिए भने उपाध्यक्ष शिवकुमार गुरुङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा सहभागी सबैलाई समाजका अध्यक्ष गुरुङले धन्यवाद मन्तब्य दिएका थिए । नयाँ आजीवन सदस्यहरुलाई सदस्यता प्रमाणपत्र तथा समाजको लोगो अंकित व्याच वितरण गरी औपचारिक रुपमा स्वागत गरिएको थियो ।

ल्होछार कार्यक्रमपछि आइतबार ३० डिसेम्बर २०१८ को दिउँसो पूजा कार्यक्रमको संयोजक तथा सल्लाहकार ईमान घले र आमा समूहकी अध्यक्ष बिन्दु घलेको संयोजनमा तमु समाज यूके फो ल्होछार पूजा तथा ग्रहशान्ति गरियो । पूजामा देवाचन बुद्धिष्ट सेन्टरका प्रमुख लामा धरम गुरुङ, लामा करनबहादुर गुरुङ र लामा राम गुरुङ उपस्थित थिए ।

मन्तव्य राख्दै प्रमुख अतिथिले तमु समाज यूकेले आयोजना गरेको ल्होछार कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताए । सांस्कृतिक विविधताको नमुनाको रुपमा रहेको बेलायतमा नेपाली तमु समुदायको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले आफ्नो मौलिक कला, पहिचान र संस्कृतिलाई जोगाउँदै सामाजिक सेवामा निरन्तर अगाडि बढिरहन आह्वान गरे । उनले फो ल्होछार कार्यक्रममा उपस्थित सबैलाई धन्यवादसहित शुभकामना व्यक्त गरेका थिए ।

यसैगरी विशेष अतिथि बेलायती पार्लियमेन्टका सांसद वीरेन्द्रद्रशर्माले ल्होछार कार्यक्रममा सहभागी भई तमु समाज यूके विशिष्ट समाजसेवा सम्मान लाईफ टाईम एचिभमेन्ट एवार्ड २०१८ बाट सम्मानित हुन पाउँदा अत्यन्त हर्षित भएको बताए । उनले तमु समाज यूकेका अध्यक्षलगायत कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई आभारसहित हार्दिक धन्यवाद तथा ल्होछारको मंगलमय शुभकामना व्यक्त गरेका थिए ।

विगतमा जस्तै यस वर्षको ल्होछार कार्यक्रमको अवसरमा शैक्षिक सत्र २०१८ मा स्नातक तथा स्नातकोत्तरमा सफलता प्राप्त विद्यार्थी, कलाकारहरु, सामाजिक जीवनको विभिन्न पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै सामाजिक सेवा र विकासमा उल्लेख्य योगदान पु¥याउने व्यक्तिहरुलाई प्रशंसापत्रसहित खादा लगाएर सम्मान गरिएको थियो । सम्मान तथा प्रशंसापत्र वितरणमा प्रमुख अतिथि मेयर काउन्सिलर महमुद, संसद् शर्मा, र समाजका अध्यक्ष गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर गुरुङ, उपाध्यक्ष शिवकुमार गुरुङ, निवर्तमान अध्यक्ष अर्जुनकुमार र आमा समूहकी अध्यक्ष विन्दु गुरुङ सहभागी भएका थिए ।

यसैगरी समाजको संरक्षण, सम्बद्र्धन र विकास गर्न स्थापनाकालदेखि अनवरतरुपमा खटिई अतुलनीय योगदान गरेका सामाजिक अभियन्ता तमु समाज यूकेका निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान आमा समूहका अध्यक्ष माया गुरुङ र बेलायती पार्लियमेन्टका सांसद शर्मालाई तमु समाज यूके विशिष्ट समाजसेवा सम्मान लाईफ टाईम एचिभमेन्ट एवार्ड २०१८ बाट सम्मान गरिएको थियो । सम्मानित तीन व्यक्तिहरुलाई प्रमुख अतिथि महमुद, समाजका अध्यक्ष गुरुङ र आमा समूहकी अध्यक्ष बिन्दु घलेले सम्मानपत्र प्रदान गर्दै फेटा र खादा लगाइदिएका थिए ।

यस वर्ष तमु समाज यूकेले उत्कृष्ट समाजसेवा सम्मान पत्र २०१८ बाट सल्लाहकार बाबुराम गुरुङ, यमबहादुर गुरुङ, लेखबहादुर गुरुङ, आमा समूहका निवर्तमान उपाध्यक्ष पुष्पा गुरुङ, सहसंयोजक जीवन गुरुङ, आजीवन सदस्य निरज गुरुङ, सुविना गुरुङ, गोर्खा ईन्फरमेसन म्यानेजमेन्टका प्रबन्ध निर्देशक पूर्ण गुरुङ, वी नेपाली डटकमका प्रधान सम्पादक नवीन पोखरेल र सहारा यूकेका पूर्वअध्यक्ष दिलीपकुमार गुरुङलाई सम्मान गरिएको थियो ।

सांस्कृतिक सचिव तथा तमु चलचित्रका नायिका सरु गुरुङ रानाको साथै स्थानीय कलाकारहरुको जोडदार प्रस्तुति रहेको सांस्कृतिक कार्यक्रममा अर्को आकर्षण तमु समाज यूकेको आमा समूह, युवा समूहलगायत कलाकारको उत्कृष्ट नृत्यहरु प्रस्तुत गरिएको थियो । सांस्कृतिक कार्यक्रममा चर्चित लोकगायक सञ्जय गुरुङको प्रस्तुतिमा बेलायतवासी नेपालीहरुले पनि नाचेर साथ दिएका थिए ।

सांस्कृतिक कार्यक्रमको कोरियोग्राफी तमु समाज यूकेका सांकृतिक सचिव तथा तमु चलचित्रका नायिका सरु र व्यवस्थापन आमा समूहका अध्यक्ष बिन्दु घलेले गरेका थिए भने कार्यक्रम सञ्चालन निरज गुरुङ र स्वस्ति गुरुङले गरेका थिए ।
कार्यक्रममा एभरेस्ट ल फार्मका सोलिसिटर राजु थापालाई तमु समाज यूके कम्युनिटी सर्भिस एवार्ड प्रदान गरिएको थियो । यसैगरी चर्चित लोकगायक सञ्जय, फोटो पत्रकार मिलन गुरुङ, भिडियोग्राफर विशन गुरुङ, मिसेस यूके नेपाल–२०१७ आस्था जोशी र मगर संघ वेम्बलीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा ब्रेन्ट काउन्सिलका पूर्वमेयर तथा काउन्सिलर भगवानजी चौहान, काउन्सिलर क्रुपा सेठ, त्रुप्ति संगानी, सकिब बट, गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष पुनम गुरुङ, तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मेजर रि. खुसीमान गुरुङ, मगर संघ यूकेका अध्यक्ष नेमबहादुर थापा, तनहुँ समाज यूकेका अध्यक्ष लेखबहादुर गुरुङ, लमजुङ जिल्ला समाज यूकेका अध्यक्ष बोहत गुरुङ, देवाचन बुद्धिष्ट सेन्टर यूकेका संरक्षक तथा अध्यक्ष लामा धरम गुरुङ, पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ, किरात राई यायोख्याका अध्यक्ष कल्पना राई, यति नेपाली एसोसिएसनका अध्यक्ष शशी नेपाल, बेजिङस्टोक गुरुङ समाजका अध्यक्ष ओम गुरुङ, मेन्दोमाया समाज यूकेका अध्यक्ष हरिसिङ गुरुङ अतिथिका रुपमा उपस्थित थिए ।

त्यस्तै पत्रकार महासंघ यूकेका अध्यक्ष नरेश खपांगी मगर, गोर्खा जिल्ला समाज यूकेका अध्यक्ष कर्ण दर्लामी मगर, पर्वत वेलफेयर सोसाईटीका यूकेका अध्यक्ष नेत्र आले, सहारा यूकेका अध्यक्ष कुमार गुरुङ, सोंपाल समाज यूकेका अध्यक्ष युक्त गुरुङ, पञ्चकोसी (आर्थरडाँडा खर्क) समाज यूके तथा थाउजन्ड बुद्ध यूकेका अध्यक्ष मेजर रि. समुन्द्रद्रगुरुङ, मगर संघ वेम्बली यूकेका अध्यक्ष पूर्ण राना, तमु कलाकार सांस्कृतिक मञ्च यूकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ, धादिङ नुवाकोट समाज यूकेका अध्यक्ष चोकबहादुर तामाङ, राङजुङ येसे ओडियाना यूके सिआईओ केन्द्रका अध्यक्ष क्याप्टेन रि. जीवनकुमार गुरुङ, पिपल मोर्गेजका प्रबन्ध निर्देशक सूर्य गुरुङ, आईएमई लन्डनका निर्देशक कमल पौडेल, नेप्लिज एकाउन्ट एसोसिएसन यूकेका अध्यक्ष सरोज सापकोटा, लिबरल डेमोक्रेटिकका स्थानीय प्रवक्ता पउल लोरबर, किरात राई यायोक्खा लन्डनका अध्यक्ष रोम मुकारुङ, ए स्टार फाईनान्सियल सोलुसन यूकेका निर्देशक मिन दर्लामी, लन्डन फेसन हाउसका प्रोपाईटर मनिषा डंगोल, एभरेस्ट टाइम्सका प्रधान सम्पादक हरिकाजी गुरुङ, तमु प्ये ल्हु संघ यूकेका प्रमुख सल्लाहकार लेप्टेनेन्ट रि. मदन गुरुङ, पुन समाज यूकेका उपाध्यक्ष केसमाया पुन, गुरुङ सोसाईटी केन्टका महासचिव गोलमान गुरुङ, तामाङ समाज यूकेका पूर्वअध्यक्ष दिपक गोले, घोताने गुरुङ समाज यूकेका महासचिव ईन्द्रद्रगुरुङ, कोसोभो समाज यूकेका उपाध्यक्ष अम्बर गुरुङ, पञ्चासे समाज यूकेका उपाध्यक्ष खुसीमान गुरुङ, गोर्खा नेपालीज वेलफेयर सोसाईटी यूकेका उपाध्यक्ष रुद्रद्रश्रेष्ठ, दुर्लुङ समाज यूकेका उपाध्यक्ष हर्कबहादुर गुरुङ, कोडेक यूकेका उपाध्यक्ष रुकमिनी श्रेष्ठ थापा, चित्रेली तमु समाज यूकेका अध्यक्ष हितमान गुरुङ, लमजुङ दरबार परिवार यूकेका अध्यक्ष ज्ञानबहादुर गुरुङ, तमुधिं एसोसिएसनका यूकेका पूर्वअध्यक्ष शुबसिङ गुरुङ बिईएम, यति नेपाली एसोसिएसन यूकेका पूर्वअध्यक्ष उमेशराज मोक्तान, सहारा यूकेका पूर्वअध्यक्ष मिन गुरुङ, पर्वत वेलफेयर सोसाईटीका यूकेका पूर्बअध्यक्ष ददी आचार्य अतिथि थिए ।
ठाँटी समाज यूकेका प्रतिनिधि नवीन लामा, समाजसेवी मञ्जु गुरुङ, मिसेस नेपाल यूके– २०१८ बिनु लामिछानेलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सफल बनाउन समाजका सल्लाहकार, कार्यसमितिका पदाधिकारी, आजीवन सदस्य, सदस्यहरु, युवा समूह, आमा समूहका साथै र समाजका शुभेच्छुकहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको तमु समाजले बताएको छ ।
कार्यक्रममा कलाकारहरु सरु गुरुङ राना, माया गुरुङ, बिन्दु घले, बिमला गुरुङ, उदय गुरुङ, ज्ञानबहादुर गुरुङ, केदारबहादुर गुरुङ, रितु गुरुङ, सिद्धार्थ गुरुङ गौरब गुरुङ, बुद्धि सारु मगर, निलिमा थापा गुरुङ, दिया लिम्बु, समीक्षा राना, सन्दिप राना, प्रजु गुरुङ, ओसेन राना, सुविना घलेलाई धन्यवाद व्यक्त गर्दै खादा र कदरपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा ओमकार गुरुङ र मिलन गुरुङले उत्कृष्ट फोटोग्राफी गरेका थिए भने भिडियोग्राफी बिबिएम वोल्र्ड टिभिका बिसन गुरुङ, खाना र पिय पद्धार्थको व्यवस्थापन ड्रागोन प्यालेस रेस्टुरेन्टका प्रोपाईटर जुमकाजी गुरुङ तथा केदारबहादुर गुरुङ र साउन्ड सिस्टम चाँद लामाले व्यवस्थापन गरेका थिए ।

अन्तमा सबैजनाले चाँद म्युजिक ओल्र्डको डिजेमा नाचेर भरपुर मनोरन्जन लिएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!