एनआरएनएको राहत अभियान २३ औँ दिन पुग्यो, स्वास्थ्य शिविरमा १० औँ दिनसम्म ७ सयले लिए सेवा

SHARE:

काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू शुक्रबार २३ औँ दिनमा पनि निरन्तर जारी रह्यो । एनआरएनएले राहत वितरण तथा स्वास्थ्य शिविरलाई विभिन्न प्रभावित क्षेत्रमा निरन्तरता दिँदै आएको छ ।

बाढी प्रभावितका लागि स्वास्थ्य शिविर : १० औँ दिनसम्म करिब ७ सयले लिए सेवा
रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँस्थित स्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य शिविरमा आज ७५ जनाको स्वास्थ्य जाँच गरिएको छ। एनआरएनए ग्लोबल स्वास्थ्य विभागकी सहसंयोजक प्रसुना कँडेलको नेतृत्वमा खटिएको शिविरमा डा. कावेरी कार्की, डा. सोवित गुरुङ र हरि कोजुको टोलीले डाँडागाउँ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी तथा स्वयंसेवक हेम थापा मगरको सहकार्यमा स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गरेको थियो।

शिविरमा बाढीका कारण उत्पन्न गम्भीर मानसिक आघात (Severe Shock), पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (PTSD), मौसमी फ्लु, एलर्जी तथा छालामा देखिएका एलर्जी, उच्च रक्तचाप, मधुमेह, झाडापखाला तथा बान्ता, थाइराइडसम्बन्धी समस्या, पेटसम्बन्धी समस्या, हाडजोर्नी तथा फोक्सो र मुटुसम्बन्धी समस्या भएका बिरामीहरूको स्वास्थ्य जाँच गरिएको थियो।

बाढीपछि पहिलोपटक उच्च रक्तचाप देखिएका केही बिरामीलाई आवश्यक औषधि उपचारसमेत सुरु गरिएको छ। त्यसैगरी, बाढीबाट प्रभावित व्यक्तिहरूलाई मनोसामाजिक परामर्श (Psycho-social Counselling) समेत प्रदान गरिएको थियो। विपद् प्रभावित क्षेत्रको स्वास्थ्य सेवालाई थप टेवा पुर्याउन एनआरएनएको तर्फबाट रसुवा र नुवाकोटमा विभिन्न चरणमा गरि हालसम्म १० वटा निशुल्क शिविर संचालन गरिएको छ। जसबाट करिब ७ सयलाई सेवा प्रदान गरिसकिएको छ । रसुवामा भने शिविरको आज चौथो दिन हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!