लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) युरोप समिति गठन गरिएको छ ।
सन् २०२६–२०२८ कार्यकालका लागि राज श्रेष्ठको संयोजकत्व युरोप समिति गठन गरिएको हो । अनेसासका अध्यक्ष लालगोपाल सुवेदी र महासचिव राजु सिटौलाले सार्वजनिक गरेको विवरणअनुसार युरोप समितिको सहसंयोजकमा सौम्य कारञ्जित, सचिवमा सिमा ढुंगाना, सहसचिवमा प्रशान्त उप्रेती तथा मिडिया व्यवस्थापनमा प्रकाश सापकोटा रहेका छन्।
त्यस्तै, विभिन्न युरोपेली देशबाट प्रतिनिधित्व हुने गरी सदस्यहरू पनि चयन गरिएको छ। सदस्यमा माया गुरुङ (यूके), लोकनाथ शर्मा (बेल्जियम), एन बी अन्जान (पोर्चुगल), राजेश सापकोटा (नर्वे), पूर्ण बस्नेत (डेनमार्क), सूर्यराज गिरी (नेदरल्यान्ड्स) र शिव अधिकारी (पोल्यान्ड) रहेका छन्।
युरोप समितिका लागि सल्लाहकारहरू पनि चयन गरिएको छ। सल्लाहकारमा सुमन परिवार (मिडिया व्यवस्थापन सहयोगी), खड्ग न्यौपाने (जर्मनी), डा. रूपक श्रेष्ठ (यूके), सुमित्रा बुलाकोटी (फ्रान्स), सीता बराल (डेनमार्क), विष्णुमाया विभु (नर्वे) र सावी श्रेष्ठ (पोर्चुगल) रहेका छन्।
अनेसास केन्द्रीय कार्यसमितिले नवनिर्वाचित तथा चयन भएका सम्पूर्ण पदाधिकारी, सदस्य र सल्लाहकारलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ।






