नेपालमा अक्टोबरमा भित्रिए १ लाख ३२ हजार विदेशी पर्यटक, चौथो स्थानमा बेलायती पर्यटक

SHARE:

लन्डन । सन् २०२६ को अक्टोबरमा एक लाख ३२ हजार ८१४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार गत वर्षको अक्टोबर महिनाको तुलनामा यसवर्ष चार हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।

बोर्डका अनुसार सबैभन्दा बढी १७ हजार ४३७ अमेरिकी पर्यटकको आगमन भएको हो । अघिल्लो वर्ष यसै महिनामा १३ हजार २८६ अमेरिकी पर्यटक आएका थिए । यस वर्ष अक्टोबर महिनामा १२ हजार ९७ भारतीय पर्यटक नेपाल भ्रमणमा आएकामा अघिल्लो वर्षको अक्टोबरमा १७ हजार २९८ थियो । सन् २०२६ को अक्टोबर महिनामा चीनबाट ११ हजार ६९५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । चौथो स्थानमा बेलायती पर्यटकको आगमन भएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!