राष्ट्रकवि माधवप्रसाद घिमिरे कविता प्रतियोगिता, को को बने विजेता ?

SHARE:

 

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले आयोजना गरेको ‘अनेसास कविता महोत्सव–२०२६’ अन्तर्गत राष्ट्रकवि माधवप्रसाद घिमिरे कविता प्रतियोगितामा जीवन ‘आरोही’ राई प्रथम भएका छन् ।

अक्टोबर ३१ मा आयोजित कार्यक्रममा घोषित नतिजाअनुसार ईन्दु भट्टराई दोस्रो भएकी छन् । त्यस्तै ईश्वरप्रसाद रिजाल, हिरा भट्ट र प्रताप चौलागाईं तृतीय भएका छन् ।

प्रतियोगितामा रचना पठाउन दिइएको समयसीमाभित्र १७३ वटा कविता प्राप्त भएका थिए । तीमध्येबाट ३१ वटा कविता छनोट गरी प्रतियोगितामा समावेश गरिएको थियो ।

प्रतियोगितामा प्रथम भएका राईको कविता ‘के म नेपाली होइन र ?’, दोस्रो भएकी भट्टराईको ‘चाँदनी’ र तृतीय भएका रिजालको ‘राष्ट्रकविका बैकिनी र मेरो बगावत’ रहेको छ । त्यस्तै भट्टको ‘अक्षर रोदन’ र चौलागाईंको ‘जब उर्लन्छ खोला’ कविता पनि तृतीय भएका अनेसासका अध्यक्ष लालगोपाल सुवेदीले जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!