एटा संवाददाता
अल्डरसट । नेपालमा क्रियाशील समृद्धि रियल स्टेटले अल्डरसटमा २ वटा सम्पर्क कार्यालय स्थापना गरेको छ । सो सम्पर्क कार्यालयको गत गत बिहीबार १० जनवरीका दिन अल्डरसटस्थित भेटघाट रेस्टुरेन्टमा एक विशेष कार्यक्रम गरी स्थापना गरिएको हो ।
रियल स्टेटका अनुसार सो सम्पर्क कार्यालय अल्डरसट स्टेशन रोडस्थित अनुग्रह ज्वेलरी र युनीन स्ट्रीटमा अवस्थित एड्भान्जर नेपालको कार्यालयमा राखिने छ । जसलाई सो साँझ एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीले शुभारम्भ गरेका थिए ।
विशेषगरी घरजग्गा खरिद तथा बिक्री गर्ने र गराइदिने उद्देश्यका साथ स्थापना गरिएको समृद्धि रियल स्टेटले व्यवस्थित रुपमा कारोबार गर्न लागिएको एनआरएनए युकेका उपाध्यक्षसमेत रहेका रियल स्टेटका मोर्केटिङ्ग डाइरेक्टर ललित न्यौपानेले जानकारी दिए । उनले पावर पोइन्ट प्रोजेक्टरमार्फत रियल स्टेटले घरजग्गाको खरिद बिक्री, भाडामा लिने दिने र लगानी गर्ने अवसर प्रदान गरिने बताउँदै स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सो रियल स्टेटको सञ्जाल फैलाउने बताए ।
एनआरएनए युके अध्यक्ष फगामीले समृद्धिको उज्ज्वल भविष्यको कामना गर्दै बधाई दिएका थिए । सो अवसरमा एनआरएनए युकेका पूर्वअध्यक्ष योगेन क्षेत्री, मुछेत्र गुरुङ, एनआरएन युकेका उपाध्यक्ष शेर सुनार, पुनम गुरुङ, प्रेम गाहा मगर, एनआरएनए रोड सेफ्टी संयोजक थर्क सेनले समेत शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा रियल स्टेटको तर्फबाट एनआरएनए युकेका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि योगकुमार फगामी, उपाध्यक्ष शेर सुनार, उपाध्यक्ष पुनम गुरुङ, पूर्वअध्यक्ष योगेन क्षेत्री र रोड सेप्mटी संयोजक थर्क सेनलाई मायाको चिनो प्रदान गरिएको थियो ।
रियल स्टेटका डाइरेक्टर सुमन राईले उपस्थिति सबैलाई धन्यवाद दिइएको कार्यक्रममा एनआरएनए युकेकी उपाध्यक्ष सुशीला राई, गोर्खा सेक्युरिटी सर्भिसेस लिमिटेडका हरि श्रेष्ठ, ग्रेटर रसमोर नेपाली कम्युनिटीका उपाध्यक्ष रन्जिता मल्ल, माउसटेल वेभ सर्भिसेसका मान गुरुङ, एनआरएनए युकेका सदस्य मनिष खड्का, शीतलपाटीका बाचस्पति रेग्मी, लन्डन नेपालन्युजका प्रकाश कँडेललगायतको विशेष उपस्थिति रहेको थियो ।






