सानु सुब्बा
कोल्चेस्टर । किरात याक्थुङ्ग चुम्लुङ्ग (कियाचु) कोल्चेस्टर शाखाले गत १२ जनवरी शनिबारका दिन एक कार्यक्रमको आयोजना गरी कक्फेक्वा तङ्नाम मनाएको छ । कक्फेक्वा तङ्नामलाई किराती लिम्बुहरुको महान चाडहरुमध्ये एक मानिन्छ ।
मेजर (रि) चितराज हुक्पा चोङ्गवाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपस्थित जेष्ठ नागरिकद्वारा दीपप्रज्ज्वन साथै लिम्बु विभूतिहरुको तस्वीरमा माल्यार्पण गरी सो कार्यक्रम उद्घाटन गरिएको थियो । कार्यक्रममा लिम्बु पोशाकमा पहिरिएकामध्ये उत्कृष्ट एक महिला र एक पुरुषलाई सिलाम साक्माद्वारा सम्मान गर्दै लिम्बु भाषा लिपिमा आधारित शब्दकोश पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी उच्च शिक्षा हासिल गर्ने र साँस्कृतिक कार्यक्रम प्रस्तुत् गर्ने कलाकारहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कियाचु कोल्चेस्टर शाखा अध्यक्ष भिम नेयोङको अध्यक्षतामा सम्पन्न कार्यक्रम कियाचु युकेका केन्द्रीय सहसचिव सानु सुब्बाले स्वागत मन्तब्यका साथै कक्फेक्वा तङ्नामको बारेमा प्रष्ट्याएका थिए ।