एटा संवाददाता
अल्डरसट । भूतपूर्व ब्रिटिस गोर्खाली सेना कमल गुरुङले लेबर पार्टीको तर्फबाट लन्डन बरो अफ बोर्नट, मिलहिल वार्डको काउन्सिलर पदका लागि उम्मेदवारी दिएका छन् ।
आगामी मे महिनामा सम्पन्न हुन लागेको बेलायतको स्थानीय बरो काउन्सिलको निर्वाचनमा कमल गुरुङ सँगै अरु धेरै नेपालीहरुले पनि उम्मेदवार दिएका छन् । बेलायतमा नेपालीहरुको संख्यामा वृद्धि सँगसँगै स्थानीय राजनीतिमा पनि नेपालीहरुको चासो बढ्दै आएको छ । कास्की जिल्ला साखु गाउँ हाल माछापुच्छ्र«े गाउँपालिकामा जन्मेका कमल गुरुङ सन् १९७६ सालमा बेलायती सेनामा भर्ती भई १८ वर्ष सेवापश्चात् अवकाश आएका हुन् । भर्ती नहुँदै शिक्षण पेसामा रहेका गुरुङ अवकाशपश्चात् त्यसै बस्न सकेनन् । उनी हाउजिङ्ग पेसामा आवद्ध भए । करिब एकदशकको हाउजिङ्ग पेसामा उनलाई सफलता मिल्यो । ्
बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरुलाई बेलायतमा आवासीय अधिकार दिएपश्चात् उनी पनि अरु गोर्खाहरुझंै सन् २००६ मा परिवारसहित बेलायतमा स्थायी बसोबासका लागि आएका हुन् ।
लन्डनको बोर्नट ओकमा बसोबास गर्दै आएका गुरुङले बेलायतमा धेरै अवसरहरु भएको र सो अवसरहरुको उपभोग गर्दै आएको बताउँछन् । उनले बेलायतबाटै बिएस्सी अनर्स समेत उत्तीर्ण गरिसकेका छन् भने मानवशास्त्रमा एमए (मास्टर्स अफ आर्टस्) गर्दैछन् । निकट भविष्यमा विद्यावारिधी समेत गर्ने सोच रहेको बताउने गुरुङ बेलायत आउनेबित्तिकै लेबर पार्टीमा प्रवेश गरे ।
‘लेबर ठूलो पार्टी हो र यस पार्टीले सबै वर्ग, लिङ्ग र सबै तहका नागरिकहरुको विषयमा वकालत गर्ने पार्टी भएकोले सो पार्टीमा प्रवेश गरेको’ उनी बताउँछन् ।
‘बेलायतजस्तो संसारकै विशाल, विकशित, सुशासन र सभ्यता भएको ठाउँमा आएर यहाँको एक ठूलो राजनीतिक दलबाट उम्मेदवार भएर चुनाव लडन पाउनु ठूलो सौभाग्य’ ठान्छन्, उनी । हाल उनी लेबर पार्टीको तर्फबाट वातावरणको सुधार, सुरक्षाको लागि थप ३० प्रहरी जवानहरु, आवासको लागि थप ८०० नयाँ घरहरुको निर्माण गर्ने मुख्य बजार किनमेल गर्ने ठाउँमा ३० मिनेट नि:शुल्क गाडी पार्किङ सुविधाजस्ता चुनावी मुद्दाहरु लिएर प्रचार प्रसारमा व्यस्त छन् ।
विभिन्न संघसंस्थाहरुमा आबद्ध रहेका गुरुङले निश्चित रुपले नेपाली समुदाय विशेषगरी पुरानो पुस्ताकाहरुलाई आवश्यक सहयोगहरुमा आफू लागिपर्ने बताउँछन् । साथै, उनले भूतपूर्व सैनिकहरुले उठाउँदै आएको मुद्दाहरुमा सतप्रतिशत समर्थन रहेको जनाए । गुरुङले आफू चुनानी मैदानमा उत्रेको बताउँदै आपूmलाई अमूल्य मत दिई विजयी बनाउन सो वार्डका सबै नेपालीहरुलाई पनि अनुरोध गरेका छन् ।






