नगेन्द्रराज नेम्वाङ्ग
उमेरले ८ दशक पार गरिसकेका गल्लावाल रामप्रसाद पापोहाङ्ग तुम्बारोक लिम्बु अहिले बेलायतको बेजिङ्गस्टोक सहरमा बस्नु हुन्छ । तुम्बालाई सेवाढोग गर्दै कति लामो समयसम्म गल्लावाल गर्नुभयो भन्ने प्रश्नमा उहाँले १० वर्षसम्म गल्लावाल गरेको बताउनुभयो । उहाँले धरानबाट १ पटक, पोखराबाट २ पटक गरी ३ पल्ट प्रथम पुरस्कार तामाको गाग्रो र केही नगद पाएको बताउनुभयो । ४५ जना भर्ती गराएकामध्ये सारतापकाा कृष्णबहादुर नेम्वाङ्ग र लुङ्गरुपाको प्रेमप्रकाश नेम्बाङ्ग बितिसके भन्दै भावुक बन्नुभयो, उहाँ ।
फिदिम नगरपालिका वडा नं. ८ सिवामा जन्मिनु भई त्यही पुख्र्यौली माटोमा हुर्किनु भएका लिम्बु २००७ सालको क्रान्ति सुरु हुनु अगाडि १२ जना साथीसँग मिलेर भर्ती हुन भारतको जल पहाड पुगेको सुनाउनु हुन्छ । उहाँले दिनहरु सम्झँदै, पहिलो दिन सारताप पुगेर बास बसेको बताउनुहुँदै, ‘दोस्रो दिन मानेभञ्ज्याङ्ग पुगियो’ र, ‘तेस्रो दिन जल पहाड (भारत) मा पुगियो, जहाँ ब्रिटिस आर्मीमा भर्ती लिने गर्दथ्यो ।’ घर छाडेको चौथो दिनमा उहाँसँग गएका २ जना साथीसहित उहाँ भर्ती हुनुभएको थियो भने ९ जना घर फर्केको उहाँले सुनाउनुभयो । आफूहरुलाई भर्ती भएको १५ दिनसम्म जल पहाडमै राखिएको स्मरण गर्नुहुन्छ । उहाँले आफूहरुलाई १६ औं दिनमा जल पहाडदेखि गुम पहाड दार्जिलिङ्ग हुँदै छकछके रेलमा कोलकाता पुर्याइएको बताउनुभयो ।
कोलकातादेखि ७ दिन ७ रातको पानी जहाजको यात्रापछि मलायाको पेनाङमा उत्रिएको उहाँ बताउनुहुन्छ । उहाँ बोही कम्पनीको भएकोले पहिलो छुट्टि आउनु अगाडि स्कुल पढ्ने, लेख्ने ँष्भमि ऋचबात, एत म्चष्िि २४ घण्टे म्गतथ मा समय बिताएको बताउनु हुन्छ ।
पहिलो छुट्टिपश्चात् सुँघाइ पटानी मलायामा ९ महिने आधारभूत तालिम सफलतापूर्वक पूरा गरी टड क्त्तल् रोयल इन्जिनियरमा पोस्टिङ्ग भएर ७ वर्षपछि टढ क्त्तल् सरुवा भएको सुनाउनु भयो । उहाँलाई लडाइँमा पर्नु भयो कि भएन भनी जिज्ञासा राख्दा मलेसियाकै बेण्डित समूहले भने साह्रै दुःख दिएको स्मरण गर्नुभयो ।
उहाँ हङकङ, मलेसिया र ब्रुनाईमा १८ वर्ष नोकरी गरेपश्चात् सार्जन्टको बिल्ला त्यागेर बाँकी जीवन परिवारसँग बिताउने निधो गरी नेपाल फर्किनु भयो । २०२५ सालमा पेन्सन निस्केपछि २०३४–२०३९ सालसम्म ग्ल्क्ष्ऋभ्ँ अन्तर्गत खानेपानीमा काम गरी सेवा गर्ने अवसर मिलेको बताउनुहुन्छ । पाँच वर्षमा धनकुटाको हर्दिया, इलामको साँगरुम्बा, पाँचथरको रवि, मौवा, यासोक, नवमीडाँडा र ताप्लेजुङको दोखुमा खानेपानी वितरणमा प्राविधिकको रुपमा काम गरेको बताउनुहुन्छ । अवकाशपछि ग्ल्क्ष्ऋभ्ँ मा काम गर्दा कत्तिको धान नाच्नु भयो भनि ठट्यौली पारामा सोध्दा उहाँले, “बैंस थियो मेन्छयाहरु त ओइरिन्थे तर मलाई धान नाच्न पारा नआएकोले सबै मौका चुक्यो” भन्नुभयो ।
२०४० सालदेखि २०५० सालसम्म गल्लावाल सेवा गरी ४५ जना भर्ती गराउन सफल भएको स्मरण गर्नुहुन्छ उहाँ । सो मध्ये २ जनाको स्वर्गारोहण भइसकेको र आफूले भर्ती गराएको सबै पेन्सन आई अहिले यूकेमा नै रहेको बताउनु हुन्छ । साथै, उहाँले आफूले भर्ती गराएका जवानहरुले भेटघाट गर्न आउने गरेको पनि बताउनुभयो ।
२०६४ देखि २०६९ सम्म छोराछोरीलाई बोडिङ्ग पढाउनका लागि पाँचथरको फिदिममा बसोबास गर्नुभयो । उहाँको ६ जना छोरा र ५ जना छोरीमध्ये, ३ जना छोरा र १ जना छोरी यूकेमा रहेको र बाँकी नेपालमै छन् । २०६७ सालदेखि बेलायत बस्दै आउनु भएका गल्लावाल लिम्बु २ छोरा, १ छोरी र श्रीमती पवित्रा केरुङ तुम्बारोकका साथ बेजिङ्गस्टोक, यूकेमा बस्दै आउनु भएको छ ।
जेठा छोरा घनेन्द्र पनि त्तइन्ीच् बाट अवकाश प्राप्त गरी ःएन्क् मा कार्यरत रहेको बताउनुहुन्छ । उनी बुहारी कोषमाया चेम्जोङ्ग तुम्बारोक, ३ छोरी र १ छोरासहित पोर्टसमाउथमा बसोबास गर्दै आएको बताउनुहुन्छ । बेलायतको दिनचार्य कसरी बिताउँदै हुनुहुन्छ भन्ने प्रश्नमा उहाँ ‘रमाइलो गरी बित्दैछ, सफासुग्घर र सुनसान वातावरण छ, त्यसैले म प्रत्येक बिहान १५–२० मिनेट हिँड्डुल गर्छु । प्रत्येक मंगलबार योगा कक्षा जान्छु र शुक्रबार कफी मर्निङ्गमा सहभागी हुन्छु’ भन्नुहुन्छ ।
नेपालको कुरा गर्दा उहाँ भन्नुहुन्छ, ‘नेपालमा रहेका छोराछोरीको याद आउँछ, अर्को साल नेपाल जाने तर्खरमा छु’ । स्मरण रहोस्, उहाँले भर्ती गराएका जवानहरुले उहाँको यही आउँदो अगस्ट २०१९ मा ८४ औं शुभ जन्मोत्सव मनाउने भएको छ ।






