रसमर बरो काउन्सीलको विलिङटन वार्डमा डा. बिशाल गुरुङको उमेदवारी

भुतपुर्वक (भुपू) गोर्खा सैनिक स्वर्गिय दल बहादुर गुरुङका सुपुत्र डा. विशाल गुरुङ, पेसाले चिकितिसक भएपनि उनि एक स्वास्थ्य व्यवसायी हुन्। डा. गुरुङले आउदो मे ७ तारिकमा हुन गैरहेको बेलायतको स्थानीय तहको निर्वाचनमा रसमोर बरो काउन्सिल अन्तर्गत विलिङटन वार्डबाट कन्जरभेटिभ पार्टीका तर्फबाट काउन्सिलर पदमा उम्मेदवारी दिनुभएको छ। गुरुङले फिलिपिन्सको साउथ वेस्टर्न युनिभर्सिटीबाट ब्याचलर अफ साइन्स र […]
तेहृथुम समाज यूकेले चर्चित कलाकारको साथमा मे २ मा वार्षिक भेटघाट कार्यक्रम गर्ने

लन्डन । तेहृथुम समाज यूकेले चर्चित कलाकारको साथमा आउँदो मे २ मा वार्षिक भेटघाट कार्यक्रम गर्ने भएको छ । नेपालबाट आएका र स्थानीय कलाकारहरुको प्रस्तुतिसहित फार्नबोरोस्थित स्यामुयल कोडी स्कुलमा कार्यक्रम हुने तेह्रथुम समाज यूकेका अध्यक्ष जय मादेम्बाले जानकारी दिनुभयो । कार्यक्रममा रुपी सिञ्जाली मगर, सुनिता थेबे लिम्बु र जेनिहा लिम्बुको प्रस्तुति रहनेछ । स्थानीय कलाकारहरुले […]
१/१९८० इन्टेक बहुदलको शनिबार जुन ६ मा २०औं वार्षिक भेटघाट कार्यक्रम

लन्डन । १४ र १६ जनवरी १९८० (विक्रम सम्वत २०३६ साल माघ १ अनि ३ गते)मा ब्रिटिस भर्ती भएकाहरुको संस्था ‘१/१९८० इन्टेक बहुदल’को शनिबार जुन ६ मा २०२६ मा २०औं वार्षिक भेटघाट कार्यक्रम हुने भएको छ । बेजिङस्टोकस्थित पोप्ली कम्युनिटी सेन्टरमा मध्याह्न १२ बजेदेखि साँझ ८ बजेसम्म कार्यक्रम हुने परशु गुरुङ ३६६८ QGE ले जानकारी […]
बेलायतमा तमु धीं २४ औं गोर्खा कपको धमाधम तयारीमा, १७ मेमा पत्रकार सम्मेलनबाट विस्तृत जानकारी गराइने

लन्डन । २४ औं गोर्खा कपको तयारी धमाधम भइरहेको तमु धीं यूकेले जनाएको छ । आगामी मे २४ तारिखमा अल्डरसटस्थित क्वीन्स एभिन्यूमा संचालन हुने प्रतियोगिताको टिम दर्ता, स्टल बुकिङलगायत कार्य सकिएको छ । तमु धीं यूके मिडिया सेक्रेटरी एसके गुरुङका अनुसार यस वर्ष मुख्य विधामा ३२ र भेटेरान विधामा १६ टिमबीच प्रतिस्पर्धा हुने छ । […]
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गरिन्छ : मन्त्री खनाल

काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवासीय नेपाली ऐनसम्बन्धी प्रस्तावित मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गरिने बताएका छन् । गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिसँग मन्त्रालयमा बिहीबार आयोजित अन्तरक्रियामा उनले गैरआवासीय नेपालीहरूको अधिकार, भूमिका तथा योगदानलाई समेट्नेगरी ऐनलाई प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री खनालले संविधानका आकाङ्क्षाहरूलाई अवधारणात्मक आधार र व्यावहारिक कार्यान्वयन दुवै दृष्टिकोणबाट अझ […]
बर्न्ट ओक नेपाली समाज यूकेको ‘साझा घर’को बुधबारे कार्यक्रममा गायिका निर्जला गुरुङको प्रस्तुति

लन्डन । बर्न्ट ओक नेपाली समाज यूकेको ‘साझा घर’को बुधबारे कार्यक्रममा यसपटक गायिका निर्जला गुरुङले प्रस्तुति दिएकी छन् । २२ अप्रिल २०२६ मा साझा घरको बुधबार दुईगुना सुखद् रहेको बर्न्ट ओक नेपाली समाज यूकेका अध्यक्ष खमिर जङ गुरुङले बताए । उनका अनुसार मातातीर्थ औंशीका उपलक्ष्यमा उत्तम पौडेल तथा धर्मपत्नी रमा पौडेलसहित उनको परिवारले मिठो परिकारका […]
बेलायतका नरेश काङ्माङ राईसहित १२ जना प्रज्ञा पुरस्कार–२०८२ बाट पुरस्कृत हुँदै

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको प्रज्ञा पुरस्कारअन्तर्गत ‘प्रज्ञा पुरस्कार–२०८२’ बाट पुरस्कृत हुनेहरूको नाम सार्वजनिक गरिएको छ । भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्र गरी विभिन्न विधाबाट पुरस्कृतहरुको सूची आज प्रतिष्ठानले सार्वजनिक गरेको हो । साथै, यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कारसमेत प्रारम्भ गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीद्वारा […]
बेलायतमा आज सुनको मूल्य घट्यो, प्रतितोला १४ सय ५० पाउन्ड

लन्डन २३ अप्रिल २०२६ । बेलायतमा आज बिहीबार २३ अप्रिलका लागि सुन प्रतितोला १४ सय ५० पाउन्ड तोकिएको छ । नेप्लिज ज्वेलर्सका अनुसार सुन तोलाको १४ सय ५० पाउन्ड र चाँदी ४० पाउन्ड रहेको छ । हिजो बुधबार सुन प्रतितोलाको १४ सय ६० पाउन्ड र चाँदी ४० पाउन्डमा कारोबार भएको थियो । सुन बुधबारको तुलनामा […]
उपचार खर्च अभावले थलिएका नुवाकोटका विष्णु तामाङ, सहयोगका लागि अनुरोध

नुवाकोट । नुवाकोट जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नं. ३, घलेगाउँ निवासी विष्णु तामाङ गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत रहेका छन् । कलेजो तथा सानो आन्द्रासम्बन्धी जटिल रोगबाट पीडित तामाङ हाल काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचार गराइरहेका छन्। परिवारका अनुसार तामाङको उपचार खर्च जुटाउन सुरुमा आफ्नै नाममा रहेको जग्गा धितो राखिएको थियो । तर पछिल्लो समय […]
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामापछि बेलायतका सामाजिक अगुवाहरुको के छ प्रतिक्रिया ?

लन्डन । नेपालका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि बेलायतका सामाजिक अगुवाहरुले विभिन्न खाले प्रतिक्रिया जनाएका छन् । लगानीबारे विवादमा मुछिएपछि बुधबार गुरुङले पदबाट राजीनामा दिएका थिए । गोरखा १ बाट निर्वाचित गुरुङ गत २०८२ चैत १३ मा नियुक्त भएका थिए । गुरुङको राजीनामापछि बेलायतमा सक्रिय नेपाली संघ संस्थाका अगुवाहरुले विभिन्न खाले प्रतिक्रिया जनाएका छन् । […]
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर तामाङ

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन । साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए । उहाँले भन्नुभयो, “गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल प्रशस्त थिएनन् । हिँडेर बजार आउनेहरु मेरैमा खाजा, खाना खान्थे ।” उहाँ सूर्योदय नगरपालिका–१० स्थित फिक्कल बजारमा तीन दशक यता निरन्तर […]
बेलायतमा अन्तर्राष्ट्रिय ताइची दिवस मनाइँदै

लन्डन । बेलायतमा अन्तर्राष्ट्रिय ताइची दिवस मनाइने भएको छ । नेपाली ताइची इन्ट्रनल आर्ट यूकेको आयोजनामा शनिबार २५ अप्रिलमा कार्यक्रम हुन लागेको हो । कार्यक्रम अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बिहान ९ बजेदेखि १ घण्टा हुनेछ । कार्यक्रम संयोजक अन्तर्राष्ट्रिय पदक विजेता उमा कुङ्फु खेलाडी सरिना घले र सहसंयोजक मधु गुरूङ छन् ।