राजनीतिज्ञ तथा पूर्वमन्त्री गोरेबहादुर खपाङ्गी मगरको १०औं वार्षिक स्मृतिसभा सम्पन्न

काठमाडौं । गोरेबहादुर खपाङ्गी फाउण्डेशनको आयोजनामा राजनीतिज्ञ तथा पूर्वमन्त्री गोरेबहादुर खपाङ्गी मगरको १०औं वार्षिक स्मृतिसभा सम्पन्न भएको छ । काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहीबार मानवशास्त्री प्राडा डम्बर चेम्जोङको प्रमुख आतिथ्यतामा स्मृतिसभा सम्पन्न भएको हो । कार्यक्रम उद्घाटन गर्दै चेम्जोङले खपाङ्गी मगरको तस्बिरमा माल्यार्पण गरेका थिए । कार्यक्रममा बोल्दै प्राडा डम्बर चेम्जोङले गोरेबहादुर खपाङ्गी मगरले देश […]
बेलायतका राजा चार्ल्सद्वारा नेपालमा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

लन्डन । संयुक्त अधिराज्य बेलायतका राजा चार्ल्स तृतीयले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले बिहीबार एक सन्देशमार्फत बेलायतका धेरै मानिसहरूको यस क्षेत्रसँग बलियो, गहिरो र व्यक्तिगत सम्बन्ध रहेको उल्लेख गर्दै आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै राजा चार्ल्सले साथीभाइ तथा आफन्तहरूको अवस्थाबारे […]
बेलायतका विदेशमन्त्री मिलिब्यान्ड र नेपालका परराष्ट्रमन्त्री खनालबीच टेलिफोन वार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाललाई बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री मिलिब्यान्ड एड मिलिब्यान्डले आज टेलिफोन गर्नुभएको छ । टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री मिलिब्यान्डले बुधबार गएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो । उहाँले विपद्को यस कठिन घडीमा बेलायत सरकार र जनताको नेपाल तथा नेपाली जनताप्रति […]
नेपालमा भीषण बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान गुमाउने ३५९ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धादिङमा ३३ र नुवाकोटमा २८ जनाको शव फेला परेको हो । त्यसैगरी, रसुवामा १७, गोरखामा ३०, नवपरासीपूर्वमा ८२, नवपरासी पश्चिममा १५, तनहुँमा २२ र चितवनमा १३२ जनाको शव […]
तमु धीं यूकेद्वारा भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न अपिल

लन्डन । भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति तमु धीं यूकेले दुःख व्यक्त गरेको छ । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ र महासचिव डा. विशाल गुरुङले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय विपद्को यस कठिन घडीमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, […]
फोनिजका पूर्वकोषाध्यक्षसहित पत्रकार र पत्रकारका परिवारको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन रहेका पत्रकार र पत्रकारका परिवारको खोजीलाई तीव्रता दिन आग्रह गरेको छ । कार्यक्रमका सिलसिलामा रसुवागढी नाका हुँदै चीनको तिब्बततर्फ जाने क्रममा रहनुभएका महासङ्घका पूर्वकेन्द्रीय सदस्य एवं नयाँपत्रिका दैनिकका पत्रकार एवं फोनिजका पूर्वकोषाध्यक्ष टेकराज थामी बुधबार बिहानदेखि सम्पर्कविहीन हुनुभएको महासङ्घले जनाएको छ । थामी […]
नेपालको बाढी विपद्को लागि पोखरेली मञ्च यूकेद्वारा प्रधानमन्त्री राहत कोषमा पाँच लाख रुपैयाँ सहयोग

बिक्रम भट्टराइ – बेलायत। बुधवार २७ अगस्ट २०२६ – नेपालमा हालैको प्राकृतिक विपद्ले निम्त्याएको भयावह अवस्था र ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै पोखरेली मञ्च यूकेले पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पाँच लाख नेपाली रुपैयाँ सहयोग गरेको छ। अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत विभिन्न क्षेत्रमा […]
हार्दिक श्रद्धाञ्जलि “निम्स दाइ”

केदार संकेत सगरमाथाको निधारमा तिम्रा ती अदृश्य पाइलाहरू हिउँले मेट्न नपाउँदै हुरुरु बहने हीमाली चिसो हावाले तिम्रा आँटिलो मनको दृढतालाई अरु स्वागत गर्न नपाउँदै कहाँ बिलाइ गयौँ तिमी हँ ? तिमीले हिउँलाई यत्ती माया गर्थ्यो कि समयले साथ दिए तिमी त्यतै घर बनाएर बस्छु भन्थ्यौं । र सक्थौ पनि अन्तत: तिमीले हिमाललाई आफ्नो छातीभित्र सदाको […]
नेपालका प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित नुवाकोटको विदुरमा

नुवाकोट । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति र खोज उद्धार कार्य प्रभावकारी बनाउन बिहीबार नुवाकोटको विदुर पुगेका छन् । प्रधानमन्त्री शाह नेपाली सडकमार्गबाट विदुर पुगेका हुन् । प्रधानमन्त्री शाह विदुर नगरपालिकास्थित श्री नं १ सैन्य तालिम केन्द्रमा प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको ‘ब्रिफिङ’मा बसेका छन् । छलफलमा पूर्वाधार विकासमन्त्री सुनील […]
राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए यूकेले नेपालका बाढीपीडितका लागि थाल्यो सहयोग अभियान

लन्डन । राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए यूकेले नेपालका बाढीपीडितका लागि सहयोग अभियान सुरु गरेको छ । ५० हजार पाउन्ड (नेपाली १ करोड रुपैयाँबराबर) संकलन गर्ने उद्देश्यले गो फन्ड मिमार्फत बुधबारदेखि नै सहयोग अभियान थालिएको हो । यो समाचार तयार पार्दासमेम साढे ४ हजार पाउन्ड संकलन भइसकेको छ । जसमा एनआरएनए यूकेका अध्यक्ष पुडासैनीले १ हजार […]
नेपालमा भीषण बाढी : बिहीबारसम्ममा १ सय ६२ जनाको शव भेटिए, कुन जिल्लामा कति ?

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बिहीबार बिहानसम्म १ सय ६२ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार रसुवामा २ शव भेटिएको छ । साथै नुवाकोटमा १२, धादिङमा २७, गोरखामा २० जनाको शव भेटिएको छ । प्रहरीका अनुसार चितवनमा ६४ जनाको शव भेटिएको छ । त्यसैगरी, तनहुँमा ९ जनाको शव भेटिएको […]
एनआरएनएले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत वितरण गर्दै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत वितरण गर्दै छ। संघका अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा आज पहिलो चरणमा नुवाकोटमा प्रभावित ५ सय परिवारका लागि टेन्ट, खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका राहत सामग्री वितरण गरिनेछ। स्थानीय तहसंग समन्वय गरेर संघले राहत वितरण गर्नेछ । यसअघि बुधबार बसेको संघको आकस्मिक बैठकले […]