एनआरएनएले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत वितरण गर्दै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत वितरण गर्दै छ। संघका अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा आज पहिलो चरणमा नुवाकोटमा प्रभावित ५ सय परिवारका लागि टेन्ट, खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका राहत सामग्री वितरण गरिनेछ। स्थानीय तहसंग समन्वय गरेर संघले राहत वितरण गर्नेछ । यसअघि बुधबार बसेको संघको आकस्मिक बैठकले […]
भावविभोर हुँदै निम्सदाइको अन्तिम बिदाइ

बेलायत – विश्वकीर्तिमान हिमाल आरोही स्व. निर्मल पुर्जा (निम्सदाइ) एमबिईको पार्थिव शरीरलाई भावविभोर हुँदै अन्तिम बिदाइ गरिएको छ। बेलायतको डोरसेटस्थित बलानफोर्ड मिल्टन एबी (गिरिजाघर) मा बुधबार, २६ अगस्ट २०२६ का दिन उहाँका परिवारजन, बेलायतवासी नेपाली तथा अन्य शुभचिन्तकहरूले उहाँलाई अन्तिम बिदाइ गरेका हुन्। निम्सदाइलाई अन्तिम बिदाइ दिन मिल्टन एबी गिरिजाघरमा श्रद्धाञ्जलि तथा शोकसभाको आयोजना गरिएको […]
नेपालको भीषण बाढीमा बेलायतका ३३ जना पर्यटक सम्पर्कविहीन

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर बेलायतका ३३ जना पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा संयुक्त अधिराज्य बेलायतका ३३ जना बेपत्ता भएका हुन् । पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका ४०३ पर्यटक सम्पर्कविहीन भएको जानकारी […]
नेपालमा भीषण बाढी : बुधबार रातिसम्म १५७ जनाको शव फेला, सयौं बेपत्ता

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति ११:०५ बजेसम्म १ सय ५७ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ । जसमध्ये चितवनमा ६४, धादिङमा २७, नवलपरासी पूर्वमा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९, रसुवामा ३ जना गरी १ सय ५७ जनाको शव फेला परेको छ । प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न […]
बेलायत-बाढी प्रभावितको तत्काल खोजी, उद्धार र राहतमा जुट्न एनआरएनए युकेको आग्रह

लण्डन । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले तत्काल खोजी, उद्धार र आपतकालीन राहत कार्यमा जुट्न सरकार र सरोकारवाला निकायसँग जोडदार माग गरेको छ । बुधबार (२६ अगस्ट) एक प्रेस विज्ञप्ति जारी गर्दै संघले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका तटीय क्षेत्रमा भएको […]
रसुवा बाढीपीडितका लागि एनआरएनएको तत्काल ५ करोड सहयोग गर्ने

अध्यक्ष डा हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय राहत समिति गठन लण्डन । रसुवास्थित भोटेकोशी नदीमा बुधवार बिहान आएको विनाशकारी भीषण बाढीबाट प्रभावित तथा पीडित नागरिकको उद्धार, राहत र स्वास्थ्य सेवाका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री, स्वास्थ्य सेवा तथा पुनःस्थापनाका लागि […]
नेपालमा भीषण बाढी : त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए [अपडेट]

काठमाडौं । तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएको छ । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ६ बजेसम्म ठाउँ–ठाउँमा ती शव भेटिएका हुन् । सुरक्षा निकायले नदी तटीय क्षेत्रमा उच्च सतर्कताका साथ बगेर आएका शवहरू निकाल्ने काम गरिरहेको छ […]
नेपालमा भीषण बाढी : नागरिकको जीवनरक्षा र उद्धारमा खटिन प्रधानमन्त्री र शीर्ष नेताहरुको आग्रह

काठमाडौँ । नेपालमा बुधबार भीषण बाढी गएपछि नागरिकको जीवनरक्षा र उद्धारमा खटिन प्रधानमन्त्री र शीर्ष नेताहरुले आग्रह गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढङ्गले सम्पादन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा […]
भोटेकोशी बाढी : उद्धारका लागि नेपाली सेनाको टोली परिचालन [अपडेट]

काठमाडौँ । भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका लागि नेपाली सेनाको टोली परिचालन भएको छ । उक्त नदीमा आज बिहानको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रदेखि तटीय क्षेत्रमा क्षति भएको जानकारी प्राप्त हुनासाथ सेनाको टोली परिचालन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । खोज तथा उद्धारका लागि सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा […]
रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, ठूलो धनजनको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको छ । बुधबार बिहान आएको बाढीका कारण नदी तटीय क्षेत्रमा ठूलो धनजनको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार चीनतर्फबाट आएको ठूलो बाढीले रसुवाको टिमुरे बजारमा ठूलो क्षति पुर्याएको छ । बाढी/पानीको बहाब उच्च रहेकोले रसुवा जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका कार्यालय/आयोजना/मानवीय बस्ती […]
विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को आज बेलायतमा अन्त्येष्टि गरिँदै

लन्डन । विश्वप्रसिद्ध कीर्तिमानी पर्वतारोही, पूर्वगोर्खा सैनिक निर्मल पुर्जा ‘निम्सदाइ’को आज बेलायतमा अन्त्येष्टि गरिँदै छ । निम्सदाइको अन्त्येष्टि २६ अगस्ट २०२६ मा बिहान १० बजेपछि डोर्सेट बेलायतमा हुने गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)ले जनाएको छ । निम्सदाइको विशिष्ट सैनिक सेवा र योगदानको सम्मान गर्दै अन्त्येष्टि समारोहमा सैनिक सम्मानसहित श्रद्धापूर्वक अन्तिम बिदाइ गर्ने तयारी […]
लोकगायिका टिका पुन ‘मौलिक गायन सम्मान’बाट सम्मानित

काठमाडौँ । लोकगायिका टिका पुन ‘मौलिक गायन सम्मान’बाट सम्मानित भएकी छन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा आइतबार काठमाडौँमा आयोजित ‘सामूहिक मौलिक तीज गीत विमोचन तथा तीज नारी सम्मान कार्यक्रम–२०८३’ का अवसरमा प्राज्ञ सदस्यसमेत रहेकी पुनलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको हो । नेपाली लोक तथा मौलिक गीत–संगीतको संरक्षण, प्रवर्द्धन र […]