नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु

काठमाडौं । नेपालको काभ्रेपलाञ्चोक जिल्लामा शुक्रबार दिउँसो बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । काभ्रेको नमोबुद्धमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको नेपालका सञ्चारमाध्यमहरुले जनाएका छन् । बनेपाबाट रोशीतर्फ गइरहेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध-२ सेल्फीडाँडामा दुर्घटनामा भएको हो । घटनास्थलबाट ७ जनाको शव निकालिएको छ भने घाइतेहरूलाई उपचारका […]
बेलायतमा ओरालो लाग्यो सुनको मूल्य, शुक्रबार तोलामा १३ सय ५० पाउन्डमा कारोबार

लन्डन । बेलायतमा शुक्रबार सुनको मूल्यमा ओरालो लागेको छ । शुक्रबार तोलामा १३ सय ५० पाउन्डमा कारोबार भइरहेको नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेले जनाएको छ । चाँदी तोलामा ३० पाउन्डमा कारोबार भइरहेको छ ।
यस्ता छन् नेपाल सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका तीन निर्णय

काठमाडौं । विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारको नाममा जारी भएको निर्देशनात्मक आदेशलाई शीरोधार्य गरी प्रतिवेदन कार्यान्वयनमा […]
मिलन लामा र ज्ञानु परियारको स्वरमा ‘पतन्जलीको’ गीत सार्वजनिक

काठमाडौं । गायक मिलन लामा र गायिका ज्ञानु परियारको स्वर रहेको नयाँ गीत ‘पतन्जलीको’ सार्वजनिक भएको छ। शब्द तथा संगीत मिलन लामाकै रहेको उक्त गीत बिहीबार ११ जुन २०२६ मा दीप गुरुङ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । संगीत संयोजन राजु सुनामले गरेका छन्। गीतको भिडियो दीप गुरुङको निर्देशनमा तयार गरिएको छ। भिडियोमा मिलन […]
सिटौला सेवा समाज नेपालको १४औँ वार्षिक साधारण सभा शनिबार काठमाडौंमा हुँदै

काठमाडौं । सिटौला सेवा समाज नेपालको १४औँ वार्षिक साधारणसभा यही शनिबार जेठ ३० गते काठमाडौंमा आयोजना हुने भएको छ। समाजले जारी गरेको सूचनाअनुसार साधारणसभा बिहान १०:३० बजे सुकेधारास्थित बाग्मती स्कुलमा सञ्चालन हुनेछ। सभामा समाजका अग्रज व्यक्तित्व, आजीवन सदस्य, पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, विभिन्न शाखाका पदाधिकारी तथा सदस्यलगायत सम्पूर्ण सम्बन्धित महानुभावहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको छ। […]
पञ्चकन्या गाउँपालिकाले बैंक तथा वित्तीय संस्थालाई सीएसआर रकम सामाजिक क्षेत्रमा लगानी गर्न आग्रह [पत्रसहित]

नुवाकोट । पञ्चकन्या गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतको रकम सामाजिक कल्याण, गरिबी निवारण तथा वातावरण संरक्षणका क्षेत्रमा लगानी गर्न आग्रह गरेको छ। गाउँपालिकाका अध्यक्ष तेज बहादुर तामाङद्वारा हस्ताक्षरित पत्रमार्फत नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन […]
फिफा विश्वकप फुटबल प्रतियोगिता : चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता-२०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको छ । मेक्सिकोको ग्वाडालजारा रङ्गशालामा शुक्रबार भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध २-१ गोलअन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । दक्षिण कोरियाका लागि हवाङ इन बोम र ओ ह्युन ग्युले समान एक/एक गोल गरे । […]
फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल बिहीबारदेखि सुरु, उद्घाटन खेलमा मेक्सिको विजयी

लन्डन । फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल प्रतियोगिता–२०२६ बिहीबारदेखि मेक्सिकोमा सुरु भएको छ । मेक्सिको सिटी स्टेडियममा हुने उक्त उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने भएका छन् । मेक्सिकोको सिटी रङ्गशालामा बिहीबार भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । मेक्सिकोका लागि जुलियन क्विनोनेस र […]
बेलायतका रक्षामन्त्री जोन हिलीले राजिनामा दिएपछि जीटुजी वार्तालाई असर पर्न सक्ने संभावना

बेलायत – बेलायतका रक्षामन्त्री जोन हिलीले आज राजिनामा दिएका छन्। उनले राजिनामा दिएपछि ज़ीटुजी वार्तालाई असर पर्न सक्ने संभावना देखिएको छ। गत सोमवार ८ जुन २०२६ का दिन नेपाली राजदूतावास लण्डनमा भएको वार्ता अत्यन्तै सकारात्मक भएको र जुलाई महिनाको पहिलो अथवा दोस्रो हप्तामा पुन: वार्तामा बस्ने सहमति भएको थियो। बेलायतका प्रधानमन्त्री केइर स्टार्मर र अर्थ […]
बेलायतका रक्षामन्त्री जोन हेलीले दिए पदबाट राजीनामा

लन्डन । बेलायतका प्रधानमन्त्री केइर स्टार्मर र अर्थ मन्त्रालयले रक्षा मन्त्रालयको लगानीका लागि पर्याप्त स्रोत उपलब्ध गराउन नसकेको भन्दै रक्षा मन्त्री जोन हेलीले राजीनामा दिएका छन् । उनले स्टार्मरलाई राजीनामा पत्रमा लेखेका छन्, “अर्थ मन्त्रालय बजेट व्यवस्थापन गर्न अनिच्छुक देखिएको छ र बढ्दो खतराको यस समयमा राष्ट्रलाई रक्षा गर्न आवश्यक स्रोतहरू जुटाउने प्रतिबद्ध गर्न तपाईं […]
खड्ग गर्बुजा र शान्तिश्री परियारको स्वरमा नयाँ गीत ‘लाहुरे भेना’ सार्वजनिक

काठमाडौं । लोकप्रिय लोक तथा दोहोरी गायक खड्ग गर्बुजा र चर्चित गायिका शान्तिश्री परियारको स्वर रहेको नयाँ गीत ‘लाहुरे भेना’ सार्वजनिक भएको छ। मौलिक नेपाली लोकसंस्कृति र ग्रामीण परिवेशलाई समेट्ने प्रयास गरिएको उक्त गीत तथा भिडियो खड्ग गर्बुजाको आधिकारिक युट्युब च्यानलमार्फत हालै सार्वजनिक गरिएको हो। गीतमा शब्द तथा संगीत खड्ग गर्बुजाकै रहेको छ भने संगीत […]
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान

नेपाली भिलेज यूके परियोजना कुनै व्यक्ति, संघ, कुनै धर्म र कुनै भेगको मात्रै नभएर समस्त नेपालीहरुको परियोजना हो । यसको मूल लक्ष्य भनेको बेलायतमा नेपाली कला, संस्कार, संस्कृतिलाई संरक्षण, संवर्द्धन र प्रवर्द्धन तथा विकास गर्ने एउटा थलो निर्माण गर्नु हो, यसको काम अगाडि बढिरहेको छ । यो परियोजना ४ वर्षअघि हामीले औपचारिक रुपमा अगाडि बढायौं […]