आदिवासी अधिकार सुनिश्चित गर्न महासङ्घको सांसदलाई आग्रह, सांसदहरुलाई बुझाइयो १८ बुँदे अडानपत्र

काठमाडौं । नेपाल आदिवासी जनजाति महासङ्घले विभिन्न राजनीतिक दलका सांसद समक्ष १८ बुँदे अडानपत्र पेस गरेको छ । सोमबार महासङ्घद्वारा आयोजित प्रतिनिधि सभाका नवनिर्वाचित आदिवासी जनजाति सांसद र राष्ट्रिय सभाका आदिवासी जनजाति सदस्यलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रममा सो अडानपत्र पेस गरिएको छ । महासङ्घका महासचिव विमल सारु मगरले आदिवासी जनजातिको संविधानमा सुनिश्चित भएका विभिन्न हक, […]
नेपाली ख्रिष्टियन चर्च युकेको संयुक्त आराधना सङ्गति भव्यताका साथ सम्पन्न

जयराम तामाङ सुईन्डन, युके । नेपाली ख्रिष्टियन चर्च युकेको संयुक्त आराधना सङ्गति भव्यताका साथ सम्पन्न भएको छ । यही मे २३ तारिख शनिबार दिन अक्सफोर्डस्थित ओस्नी मेडको हलमा नेपाली ख्रिष्टियन चर्च युकेअन्तर्गत रहेका ३० वटा चर्चहरूले संयुक्त रूपमा गरिने वार्षिक आराधना सङ्गति भव्यताका साथ सम्पन्न भएको हो । एल्डर मेख थापाले सॅचालन गरेको भेलामा एक […]
चर्चित कथावाचक पण्डित कुवेर सुवेदी बेलायत आइपुगे

लण्डन । १८ पुराणका ज्ञाता तथा चर्चित कथावाचक पण्डित कुवेर सुवेदी बेलायत भ्रमणमा आएका छन् । धर्मदर्शन कल्चर सेन्टर बेलायतको आयोजनामा लण्डनमा हुन लागेको एक धार्मिक कार्यक्रममा सहभागी हुन उनी सोमबार साँझ लण्डनस्थित हिथ्रो विमानस्थलमा अवतरण गरेका हुन्। सुवेदीको स्वागतका लागि धर्मदर्शन कल्चर सेन्टर बेलायतका पदाधिकारीहरू विमानस्थल पुगेका थिए। धर्मदर्शन कल्चर सेन्टरका अनुसार पण्डित सुवेदीले […]
मनमोहक ठाउँको यात्रा गर्न मन छ भने नुवाकोट पञ्चकन्याको घ्याङ्स्वारा उपयुक्त हुनसक्छ : सञ्चारमन्त्री

घलेभन्ज्याङ (नुवाकोट) । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले पर्यटकका लागि नयाँ गन्तव्य नुवाकोट पञ्चकन्याको घ्याङ्स्वारा पार्क उपयुक्त हुने सुझाव दिएका छन् । मन्त्री तिमिल्सिनाले रास्वपा पञ्चकन्या गाउँपालिकाको प्रथम अधिवेशनका क्रममा आइतबार घ्याङ्स्वारा पुगेपछि उक्त सुझाव दिएका हुन् । नेकपाका युवा नेता एवं पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको परिकल्पना र अग्रसरतामा निर्माण गरिएको घ्याङ्स्वारा सहिद स्मृति […]
२६ देशका सगरमाथा आरोही काठमाडौँमा

काठमाडौँ । दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ यही जेठ २७ गते काठमाडौँमा आयोजना हुँदैछ । एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा हुने उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । यसवर्ष विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिने एभरेष्ट अलायन्स नेपालका अध्यक्ष […]
नेपाल मगर संघको अध्यक्षमा रक्षाबहादुर रैका मगर निर्वाचित

नेपाल मगर सङ्घको केन्द्रीय अध्यक्षमा रक्षबहादुर रैका मगर निर्वाचित भएका छन् । काठमाडौँमा सोमबार साँझ सम्पन्न मगर सङ्घ केन्द्रीय कार्यसमितिको १३औँ राष्ट्रिय महाधिवेशनमा भएको निर्वाचनमा उहाँ १९६ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनमा सहभागी ५९८ प्रतिनिधिमध्ये निर्वाचनमा ५७५ जना सहभागी भएका थिए । अध्यक्षका प्रत्यासी तथा निकटतम प्रतिस्पर्धी धनबहादुर पुन मगरले १३३ मत प्राप्त […]
नागरिकता र आर्थिक सहभागिता एनआरएनएको प्रमुख प्राथमिकता : अध्यक्ष डा. हेमराज शर्मा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले संघको प्राथमिकतामा लगानी, नागरिकता, आर्थिक सहभागिता तथा विदेशमा रहेका नेपाली र नेपाल सरकारबीचको सम्बन्ध सुदृढीकरण प्रमुख रहेको बताएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनमार्फत यी विषयलाई थप प्रभावकारी रूपमा अघि बढाइने उल्लेख गरे। उनले नेपाल सरकारले पनि डायस्पोराका […]
गोर्खा कप २०२६ को उपाधि राङ्भाङ एफसीको पोल्टामा

चिम्खोले काईला लन्डन । तमु धिं युकेद्वारा आयोजित प्रतिष्ठित ‘गोर्खा कप २०२६’ को उपाधि नेपाल राङ्भाङ एफसीले जितेको जानकारी तमु धिं युकेका खेलकुद सचिब क्याप्टेन दिपक घलेले दिएका छन् । बेलायतको अल्डरसटस्थित क्वीन्स एभिन्यू फुटबल मैदानमा सम्पन्न फाइनल खेलमा मुख्य टिमतर्फ (मेन टिम) गुरुजी इलियट टिमलाई २–० गोल अन्तरले पराजित गर्दै राङ्भाङ एफसीले उपाधि आफ्नो […]
गीतकार जानु काम्बाङ लिम्बुको नयाँ कोसेली ‘१६ वर्षे जवानी’ सार्वजनिक

लन्डन । गीतकार एवं साहित्यकार जानु काम्बाङ लिम्बुको नयाँ कोसेली ‘१६ वर्षे जवानी’ सार्वजनिक भएको छ । बबिना किरातीको आवाजमा रहेको १६ वर्षे जवानी गीत २३ मे २०२६ मा जानु काम्बाङ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा संगीत सुमन राई, एरेन्ज अमोश तामाङ, मिक्सिङ/मास्टरिङ गोभुन्डा सोनीले भूमिका खेलेका छन् । अभिनय बिना […]
धादिङ नुवाकोट समाज यूकेको १८औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन

लन्डन । धादिङ नुवाकोट समाज यूकेको २३ मेमा भएको १८औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । नवगठित कार्यसमितिको नेतृत्व अध्यक्ष पदमा बुद्धि बहादुर तामाङ चयन भएका छन् । नवगठित कार्यसमिति यस प्रकार रहेको छ : अध्यक्ष – बुद्धि बहादुर तामाङ उपाध्यक्ष – शेर बहादुर पाखरिन तामाङ उपाध्यक्ष – थमु वाइवा उपाध्यक्ष – पेम्बा वाइवा […]
राखु समाज युकेको १४ औं वार्षिक साधारणसभा सप्पन्न [तस्बिरहरुसहित]

बिष्णु भण्डारी अल्डरसट । राखु समाज युकेको १४ औं वार्षिक साधारणसभा सप्पन्न भएको छ । बेलायतको क्याम्बर्लीस्थित रोयल मिलिटरी एकेडेमी स्यान्डस्टमा २३ मे २०२६ मा समाजको साधारणसभा सम्पन्न भएको हो । कार्यक्रम सन्चालन सचिव सुजता भण्डारीले गरेकी थिइन् भने हेल्थ एन्ड सेफ्टी संस्थाका संरक्षक मेजर डम्बर शाहीले जानकारी गराए । कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष सोभिता […]
क्व्होलासोथार जानका लागि चोम्रोदेखि तप्रो धर्मशालासम्म फुट ट्र्याक निर्माण गरिँदै

पोखरा । गुरुङ (तमु) समुदायको आदिम सभ्यता (पुर्ख्यौली थलो) क्व्होलासोथारसम्म जानका लागि (पहिलो खण्ड) कास्कीको ताङ्तिङ, क्रपुडाँडादेखि चोम्रोसम्म जाने फुट ट्र्याक सिँढी गोरेटो बाटोको निर्माण कार्य सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयको विशेष सहयोगमा आर्थिक वर्ष २०८१/०८२ को बिनियोजित बजेट तीस लाख लागतमा उक्त बाटो बनाइएको हो । यसैगरी आर्थिक वर्ष २०८२/०८३ […]