बुद्धिष्ट गुम्बा रेडिङ यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजको गुम्बा निर्माणका लागि ५ लाख हस्तान्तरण

लन्डन । बुद्धिष्ट गुम्बा रेडिङ यूकेले गुरुङ (तमु) लामा बौद्ध धर्म समाजको गुम्बा भवन निर्माणका लागि ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । गुम्बा परिवारका विशेष पदाधिकारीहरुबाट समाजका केन्द्रीय अध्यक्ष खेन्पो शिरलामा गुरुङलाई बुद्ध जयन्तीको पुण्य दिन बेलायतमै भूमिदान सहयोग रकम हस्तान्तरण गरिएको हो । सोही अवसरमा रेडिङ गुम्बामा आवद्ध धेरै जनाले व्यक्तिगत रुपमा भूमिदान […]
भूतपूर्व गोर्खा ज्ञान प्रसाद गुरुङ काउन्सिल सदस्यमा निर्वाचित

लन्डन । भूतपूर्व गोर्खा ज्ञान प्रसाद गुरुङ काउन्सिल सदस्यमा निर्वाचित भएका छन् । शुक्रबार सार्वजनिक मत परिणाम अनुसार कन्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका गुरुङले स्वीन्डन बरो काउन्सिलको पार्क वार्डमा जित हासिल गर्न असफल भएतापनि उनि साउथ पारिस काउन्सिल र टोटहिल पारिस काउन्सिलका सदस्यमा निर्वाचित भएका छन्।
तमु समाज युकेद्वारा प्रसिद्ध तीर्थस्थल स्कन्दभेलको दुई दिने भ्रमण सम्पन्न

लन्डन । तमु समाज यूकेले बेलायतको वेल्सस्थित प्रसिद्ध तीर्थस्थल स्कन्दभेलको दुई दिने भ्रमण सम्पन्न गरेको छ । ग्रीष्मकालीन भ्रमण २०२६ अन्तर्गत स्कन्दभेल वेल्सको भ्रमण यही मे ८ र ९ तारिखमा सम्पन्न गरिएको हो । तमु समाज यूकेकी अध्यक्ष विन्दु गुरुङले भ्रमणमा सहभागी सबैलाई धन्यवाद दिएकी छन् । ‘तमु समाज यूकेले आयोजना गरेको Scanda Vale ग्रीष्मकालीन […]
बेलायतमा आज नेपाल आदिवासी जनजाति महासंघको वार्षिक डिनर तथा रात्रिभोज कार्यक्रम हुँदै

अल्डरसट । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन यूके)को आज १० मे २०२६ मा वार्षिक डिनर तथा रात्रिभोज कार्यक्रम हुँदैछ । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा हुनेछ । कार्यक्रमका विशेष आकर्षणहरूमध्ये मिट एन्ड ग्रिट सत्र मुख्य रहनेछ, जसअन्तर्गत विभिन्न जातीय संस्थाका अध्यक्षहरूबीच आत्मीय भेटघाट तथा परिचय आदानप्रदान गराइने कार्यक्रमका प्रमुख संयोजकमा मेजर इन्द्रप्रसाद राईले जानकारी दिए । […]
म्याग्दीको गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दी । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ । छन्त्याल र दलित समुदायको बसोबास रहेको परम्परागत ढुङ्गे घरहरू गुजमुज्ज मिलेर बसेको गुर्जा गाउँमा चलचित्र ‘सारथी’को छायाङ्कन सुरु गरिएको हो । सदरमुकाम बेनीदेखि सबैभन्दा टाढाको दूरीमा जिल्लाको अन्तिम बस्तीका रूपमा रहेको गुर्जामा यसअघि विभिन्न म्युजिक भिडियोको छायाङ्कन गरिएको भए पनि चलचित्रको छायाङ्कन थालिएको भने […]
हार्दिक बधाई तथा शुभकामना: एभरेष्ट टाईम्स
हार्दिक बधाई तथा शुभकामना: चितवन परिवार युके
हार्दिक बधाई तथा शुभकामना: तनहुँ समाज युके
बेलायतमा लुटपाट गर्न नेपाली सुनचाँदी पसलमा कार ठोक्काइयो

लन्डन । बेलायतमा नेपाली सुनचाँदी पसलमा कार ठोक्कार लुटपाट प्रयास गरिएको छ । साउथ ह्यारोस्थित जय श्रीकृष्ण ज्वेलर्समा शुक्रबार पसलको सटरमा कार ठोक्काएर गरगहना लुट्ने प्रयास भएको सञ्चालक ओम प्रकाश सुनार ज्वालाले जनाएका छन् । उनका अनुसार अलार्म जडित उक्त सुनचांदी पसलमा एक मिनेटभित्रै प्रहरी आइपुगेपछि दुईजना युरोपेली मुलुकका व्यक्ति गाडी छाडेर भागेका थिए । […]
भूतपुर्व गोर्खा कमल बहादुर गुरुङ BSc (Hons) काउन्सिलरमा निर्वाचित

लन्डन । बेलायतमा भूतपूर्व गोर्खा कमलबहादुर गुरुङ BSc (Hons) काउन्सिलरमा निर्वाचित भएका छन् । लेबर पार्टीबाट उम्मेदवार बनेका गुरुङ लन्डन बरो अफ बार्नेट बर्नटओक वार्डमा निर्वाचित भएका हुन् । शुक्रबार सार्वजनिक परिणामअनुसार १ हजार २७९ मत प्राप्त गरेका छन् । उनको यो दोस्रो बिजय हो। बेलायतमा मे ७ मा स्थानीय निर्वाचन भएको थियो ।
बेलायत निवासी कवि शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ नेपालमा विमोचन

लन्डन । बेलायत निवासी कवि शान्ति लिम्बुको नयाँ कृति ‘थेम्सको लहरमा तमोरको स्पर्श’ नेपालमा विमोचन गरिएको छ । ओयाम सरोकार समाज काठमाडौंले शनिबार ललितपुरको तिखेदेवल-१४ स्थित दरबार रेस्ट्रो होटल एन्ड पार्टी भेन्यूमा आयोजित समारोहमा लेखक, साहित्यकार तथा विश्लेषक खगेन्द्र संग्रौला, चलचित्र निर्देशक नवीन सुब्बा, कवि विमला तुम्खेवा, समालोचक गुरुङ सुशान्त, कवि शान्ति लिम्बुलगायतले संयुक्त रुपमा […]
बेलायतमा काउन्सिलर बने जित रानाभाट र गौमाया गुरुङ दम्पती

लन्डन । बेलायतमा नेपाली दम्पती जित रानाभाट र गौमाया गुरुङ काउन्सिलर बनेका छन् । लन्डन रोयल ग्रीनवीच बरोको प्लमस्टेड एन्ड ग्लिन्डनमा पूर्वमेयर जीत र एबिउड वार्डमा पत्नी गौमाया काउन्सिलर पदमा निर्वाचित भएका हुन् । शुक्रबार दिउँसो सार्वजनिक मत परिणाम अनुसार जितले १ हजार ६१० मत प्राप्त गरी निर्वाचित भए । गौमायाले १ हजार २९२ मत […]