अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, २७ जना घाइते

अर्घाखाँची । चीको पाणिनी गाउँपालिकाको दुर्गाफाँट कुरुलेमा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्डअन्तर्गत पाणिनी ८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]

यस्तो छ, पूर्वप्रधानमन्त्री प्रचण्डले संसदमा गर्नुभएको सम्बोधनको पूर्णपाठ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संख्याको बलमा विधि मिच्ने काम नगर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा प्रचण्डले जनताले गरेको विश्वासलाई विधि बलियो बनाउनेतर्फ लाग्न आग्रह गरेका हुन् । ….. पूर्णपाठ सम्मानीय सभामुख महोदय जेनजी आन्दोलनपछिको नयाँ र असाधारण परिवेशमा सम्पन्न निर्वाचनवाट पूर्व प्रधानमन्त्रीहरु मध्ये […]

बेलायतमा सुन तोलाको मूल्य आज कति ?

लन्डन । बेलायतमा मंगलबार सुन प्रतितोला १ हजार ४३० कायम गरिएको छ । नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेका अनुसार सुन तोलाको १४ सय ३० पाउन्ड र चाँदी ३० पाउन्डमा कारोबार भइरहेको छ ।

नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रमको एनआरएनएद्वारा स्वागत [विज्ञप्तिसहित]

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सरकारले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा गैरआवासीय नेपाली (एनआरएन) सम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेको भन्दै स्वागत गरेको छ । एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाद्वारा मंगलबार जारी प्रेस विज्ञप्तिमा विश्वका विभिन्न देशमा रहेका नेपालीहरूको ज्ञान, सीप, अनुभव तथा आर्थिक योगदानलाई राज्यले औपचारिक रूपमा स्वीकार गर्दै राष्ट्रिय विकाससँग जोड्ने […]

बेलायतमा २४ औं गोर्खाकपको मुख्य विधामा टिम बढाइँदै, १६ मे शुक्रबारसम्ममा टिम दर्ता गर्न आग्रह

लन्डन । तमु धीं यूकेको आयोजनामा मे २४ तारिखमा हुने २४ औं गोर्खाकपको मुख्य पुरुष विधामा ४० टिम सहभागी गराइने भएको छ । यसअघि प्रतियोगिताको मुख्य पुरुष विधामा ३२ टिमको प्रतिस्पर्धा गराइँदै आएकोमा यस संस्करणमा थप ८ टिमलाई मौका दिँदै पहिलोपटक ४० टिम खेलाइने भएको हो । विगतजस्तै ३२ टिम मात्र सहभागी गराउने योजना रहेपनि […]

यक्सो समाज यूकेको भेला भव्य रुपमा सम्पन्न

लन्डन । यक्सो समाज यूकेको भेला भव्य रुपमा सम्पन्न भएको छ । १० मे २०२६ का दिन मिचेट, क्याम्वरलीस्थित तमु धीं भवनको हलमा एक भव्य भेटघाट कार्यक्रम सम्पन्न भएको हो । यक्सो सोसाईटी यूकेका अध्यक्ष कबित बहादुर यक्सोको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन दिपेन्द्र यक्सो, सुस्मिता यक्सो र रोशनी यक्सोले गरेका थिए । औपचारिक कार्यक्रम बुद्धसिं […]

रुसमाथि बेलायतको नयाँ प्रहार

लन्डन । बेलायतले युक्रेन युद्धसँग सम्बन्धित रुसी ‘सूचना युद्ध अभियान’ विरुद्ध नयाँ प्रतिबन्ध घोषणा गर्दै मस्कोमाथि दबाब थप कडा बनाएको छ । बेलायती सरकारले सोमबार सार्वजनिक गरेको प्रतिबन्ध प्याकेजले रुसी प्रचार संयन्त्र, विदेशी चुनावमा कथित हस्तक्षेप तथा युक्रेनी बालबालिकाको जबरजस्ती स्थानान्तरणमा संलग्न व्यक्ति र संस्थाहरूलाई लक्षित गरेको छ । नयाँ प्रतिबन्धअन्तर्गत ८५ व्यक्ति तथा संस्थामाथि […]

मगर धनुषबाण समिति यूकेको १० औं खुल्ला धनुषबाण प्रतियोगिता सम्पन्न

लाल पुन (लालु) लण्डन – गत सनिवार ९ मे २०२६ का दिन मगर धनुषबाण समिति यूकेको आयोजनामा १० औं खुल्ला परम्परागत धनुषबाण प्रतियोगिता एक विशेष समारोहका बीच सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। बेलायतको नेपाली समुदायमा मौलिक खेलकुद र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा आन्तरिक तथा बाह्य गरि धेरै टिमहरूको उत्साहजनक सहभागिता […]

टर्किस एयरलाइन्सको विमानको टायरमा आगलागी, डेढ घण्टापछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा

काठमाडौँ । टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आगो लागेको छ । विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार विमान अवतरण गर्ने क्रममा विमानको टायरमा आगो लागेको हो । “आज बिहान विमान अवतरण गर्ने क्रममा टायरमा आगो लागेको थियो, दमकलको सहायतामा आगो निभाइएको छ, अहिले अवस्था […]

नेफिन युकेको डिनर नाइट भव्य रूपमा सम्पन्न

अल्डरसट, बेलायत। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेको च्यारिटी डिनर नाइट आइतवार १० मे २०२६ को दिन बेलायतको अल्डरसटस्थित एम्पायर हलमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको पहिलो चरणमा सुरक्षा सम्बन्धी जानकारी, आसन ग्रहण र दीप प्रज्वलन गरिएको थियो। बेलायतका लागि नेपाली कार्यवाहक राजदूत एवं कार्यक्रमका प्रमुख अतिथि विपिन दुवाडी र नेफिन युकेका अध्यक्ष मेजर […]

मगर खाम भाषा पठनपाठन गराउन प्रशिक्षक प्रशिक्षण तालिम सुरु

कमल खत्री म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा मगर खाम भाषाको पठनपाठनको तयारी गरिएको छ । मगर समुदायको बाहुल्यता रहेका विभिन्न १५ वटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषाको पाठ्यपुस्तक पठनपाठन सुचारु गराउने तयारी गरिएको हो । मगर खाम भाषा पठनपाठन गराउनका लागि नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका […]

error: Content is protected !!