
सुडानमा सेनाको दमनमा १ सय ८ को मृत्यु
खार्तुम । सुडानमा प्रदर्शनकारी नेताहरूले सत्तारूढ सैनिक परिषदसँगको वार्ता अस्वीकार गरेका छन् । राजधानी खार्तुममा जारी प्रदर्शनका क्रममा सरकारी सेनाको दमनमा १ सय ८ को मृत्यु भएपछि नेताहरूले वार्ताको कुनै औचित्य नभएको बताएका हुन् ।









