प्रमुख समाचार

धर्मकाया बुद्ध मण्डलाद्वारा बेलायत र अमेरिकाका भूमि दाताहरुलाई स्वागत

आकाश गुरुङ पोखरा, ६ माघ । पोखरा महानगरपालिका ११ काहुँडाडास्थित धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिले मण्डला निर्माणका लागि भूमिदान गर्ने दाताहरुलाई बिहीबार स्वागत सम्मान गरेको छ । पोखरा क्षेत्रको पर्यटन प्रवर्द्धनको केन्द्रको रुपमा

लाइबेरियाको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २९ जनाको मृत्यु

एजेन्सी माघ ६ । लाइबेरियाको राजधानी मोनरोभियाको एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा ११ जना बालबालिका सहित २९ जनाको मृत्यु भएको छ । बिहीबार मोनरोभियाको उत्तरी भागमा रहेको न्यू क्रु टाउनको फुटबल मैदानमा भएको कार्यक्रममा भागदौड

नेपालमा कोरोना संक्रमण बढ्दो, आज एकैदिन १२ हजार बढी संक्रमित थपिए

काठमाडौं माघ ६ । पछिल्लो २४ घण्टामा नेपालमा थप १२ हजार तीन सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २७ हजार चार सय ९७ जनाको नमूना परिक्षण गर्दा

गोरखाहरुको नेपाली नागरिकता निरन्तरताका लागि सर्वदलीय समिति गठन

लण्डन माघ ६ । ब्रिटिश गोरखाहरुको नेपाली नागरिकता निरन्तरताका बारेमा नेपालको संघीय संसदमा दबाब दिने उद्देश्यले सर्वदलीय संसदीय समिति गठन गरिएको छ । पूर्व स्वास्थ्य मन्त्री तथा नेकपा एमालेका सांसद शेरबहादुर तामाङको संयोजकत्वमा गठित सो

कोरोना संक्रमित घट्न थालेपछि बेलायतमा जारी प्रतिबन्धहरु हटाउने तयारी

लण्डन माघ ५ । कोरोना संक्रमण घट्न थालेपछि बेलायतमा संक्रमण नियन्त्रणको प्रयासमा लागू गरिएका प्रतिवन्धहरु अब हटाउने तयारी थालिएको छ । पछिल्ला दिनहरुमा मृत्‍यु हुने संक्रमितहरुको संख्या उच्च नै रहेपनि संक्रमणका नयाँ केस र अस्पताल

नेपालबाट करिब १० हजार नर्सिङ जनशक्ति लैजाने बेलायतको तयारी

लण्डन माघ ४ । रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम समझदारी हुने भएको छ । दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम,

नेपालमा आज एकैदिन १० हजार बढी कोरोना संक्रमित थपिए

काठमाडौं माघ ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार दुई सय ५८ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरेर २२ हजार आठ सय २८ जनाको नमूना परीक्षण गर्दा

प्रदेश नं २ को नाम ‘मधेस’ राजधानी ‘जनकपुरधाम’

धनुषा । प्रदेशसभा गठन भएको करिब ४ वर्षपछि बल्ल प्रदेश नं २ ले आफ्नो नाम र स्थायी राजधानी पाएको छ । प्रदेशसभाले सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो । प्रदेशसभाका

तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ नेतृत्वको टोली लमजुङ भ्रमणमा

काठमाडौं १७ जनवरी । तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ नेतृत्वको टोली भ्रमणका लागि सोमबार लमजुङ पुगेको छ । सोमबार बिहान बेलायत र नेपालका सहित ३६ जनाको नेतृत्व गर्दै गुरुङ नेतृत्वको टोली करापु हुँदै साँझ

नेपालमा थप ६ हजार ७ सय ३४ जना कोरोना सङक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौं माघ ३ । नेपालमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १७ हजार ४ सय ६५ जनामा गरिएको परीक्षणमा ६ हजार ७ सय

हार्दिक समबेदना : श्रीमती गंगा थापा

हार्दिक समबेदना एभेरेस्ट टाईम्स युकेका शुभचिन्तक श्रीमती गंगा थापाज्यु असमायिक निधनले हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक समबेदना प्रकट गर्दछौं। एभेरेष्ट

बेलायतबासी मगरहरुले पितृ पूजा गरेर माघे संक्रान्ति मनाए

बेलायत – बेलायतबासी मगरहरुले सनिवार १५ जनवरी २०२२ को दिन बेलायतका बिभिन्न स्थानहरुमा पितृ पूजा गरेर माघे संक्रान्ति मनाएका छन। त्यस्तै मगर संघ युकेको युनाइटेड हाम्सयर, सरे एण्ड बाक्सयर (युएचएसबी) शाखाले पनि बेलायतको फार्नबोरोस्थित स्यामुल

error: Content is protected !!