प्रमुख समाचार

तमुधिं यूके आमा समूहद्वारा अनाथाश्रममा आर्थिक सहयोग

लण्डन असोज २७ । तमुधिं यूके आमा समूहले अनाथाश्रममा रहेका बालबालिका र वृद्धवृद्धालाई दशैं मनाउन आवश्यक खर्चका लागि आर्थिक सहयोग गरेको छ । काठमाडौंस्थित पवित्र समाजसेवा नेपालमा आश्रित बालबालिका र वृद्धवृद्धाको दशैंका लागि एक लाख

नेपाल साफ च्याम्पियनशिप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं असोज २७ । नेपाल साफ च्याम्पियनशिप फुटबलको फाइनलमा पुगेको छ । बुधवार भएको खेलमा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो । मालेको राष्ट्रिय रङ्गशालामा भएको खेल एक(एकको बराबरीमा सकिएपछि

बेलायतमा हुने अन्तर्राष्ट्रिय बडी बिल्डिङ च्याम्पियनसीपमा भिड्दै विक्रम

लण्डन असोज २७ । बेलायतमा आयोजना हुने अन्तराष्ट्रिय स्तरको एक प्रतियोगितामा नेपाली बडीबिल्डरले भाग लिने भएका छन् । यही शनिबार अक्टोबर १६ मा बेलायतको लेष्टर शहरमा हुने ‘ड्रग्स फ्रि बडी बिल्डीङ च्याम्पियनसिप’ मा अल्डरसट निवासी

बेलायत कोरोना नियन्त्रणमा चुकेको एक तथ्यांक सार्वजनिक

लण्डन असोज २६ । बेलायत कोरोना नियन्त्रणमा चुकेको एक तथ्यांकले देखाएको छ । बेलायतको कमन्स साइन्स एण्ड टेक्नोलोजी कमिट र हेल्थ एण्ड केयर कमिटीको संयुक्त टोलीले गरेको अध्ययनले पछिल्लो १ सय बर्षको इतिहासमा स्वास्थ्य समस्याका

मुगुमा बस दुर्घटना,३२ जनाको मृत्यु

मुगु असोज २६ ।   मुगुमा भएको बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ । छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा भएको बस दुर्घटनामा चालकसहित ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार २८ जनाको

एनआरएनएलाई राजनीतिभन्दा माथि राख्न सुझाव

लण्डन असोज २६ । प्रवासी नेपालीहरुको छाता संगठन गैरआवासीय नेपाली संघ एनआरएनएलाई राजनीति भन्दा माथि राखेर व्यावसायिक ढंगले सञ्चालन गरिनुपर्नेमा यसका संस्थापक तथा अग्रज व्यक्तित्वहरुले सुझाव दिएका छन् । गैरआवासीय नेपाली दिवस एनआरएन डे का

एनआरएनएमा अवैधरुपमा कार्यकाल लम्ब्याउने अर्को खेल सुरु भयोः आचार्य

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को कात्तिक ६–८ का लागि तोकिएको दशौं महाधिवेशन स्थगित गरिएकोप्रति संघका सल्लाहकार एवम् अध्यक्षका उम्मेदवार कुल आचार्यले असहमति जनाएका छन् । संघको सचिवालयले अन्तिम समयमा आएर अवैध रुपमा आफ्नो कार्यकाल लम्ब्याउने

घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

कास्की असोज २५ । कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराको हरिचोकबाट घान्द्रुकमा जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको हो

अमेरिकाले अफगानिस्तानमा मानविय सहायता गर्ने तालिवानको दावी

एजेन्सी असोज २५ । अमेरिकाले अफगानिस्तानमा मानविय सहायता गर्ने सहमति जनाएको तालिवानले दावी गरेको छ । गत अगस्टमा अफगानिस्तानमा तालिवानीले कब्जामा लिएपछि पहिलो पटक भएको वार्तामा अमेरिकाले अफगानिस्तानमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको तालिवानीले जनाएको

रेल्वे विधेयक संसदबाट फिर्ता

काठमाडौं असोज २५ ।   रेल्वे विधेयक संघीय संसदबाट फिर्ता भएको छ । सोमबार राष्ट्रियसभामा उत्पति भइ प्रतिनिधिसभामा विचाराधीन ‘रेल्वे विधेयक २०७६’ लाई फिर्ता गर्ने प्रस्ताव राष्ट्रियसभा र प्रतिनिधिसभाबाट फिर्ता भएका हो । यसअघि निजामति

युद्ध साहित्य गोष्ठीको पूर्व तयारि बैठक सम्पन्न

जयाराम तामाङ लन्डन – नोभेम्बर  १३ र १४ मा हुन गैरहेको युद्ध साहित्य गोष्ठीको पूर्व तयारी बैठक यहि अक्टोबर ९ तारिख को दिन भर्चुअल जुम मार्फत विश्वनेपाली साहित्य महासंघ युके पश्चिम शाखा र दक्षिण युके शाखा को सयुक्त बैठक सम्पन्न भएको छ।  दुवै शाखाको अध्यक्ष्यहरु विजयहितान र लाल सुन्दर राइको साथमा भरत लोहोरुंग राइ , नानु राना , गोमा राना , औतारी साइला र जय तामांगको   उपस्थिति रहेकोथियो।   आफु आफुले जिम्मेवारी लिएको कामहरुको बारेमा छलफल गर्दै भिसी शेर बहादुर थापाको नाति तथा बेल्जीयम को लागि पुर्बराजदुत लोकबहादुर थापालाई पहिलो दिनको प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्ने निर्णय बैठक गरेको छ। यो भन्दा अघिनै विनेसाम केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्वूलाइ दोस्रो दिनको लागि प्रमुख अतिथि वनाउने निर्यण गरिसकिएको थियो । त्यसै गरि युद्द साहित्यकारद्वय नरेश काम्वांग  र विक्रमविर थापालाइ प्रमुख वक्ताको रूपमा निमन्त्रणा गर्ने पनि पहिलो वैठकमै निर्णय गरिसकिएको छ ।  बेलायतमा मनाइने रिमेम्बर्स डे अर्थात पप्पी डे दिवसलाई पारेर गर्न गैरहेको युद्ध साहित्य गोष्ठीमा  उपस्थित हुने सम्पूर्ण अतिथिहरुलाई जिम्मेवारी लिएको व्यक्तिहरुले पत्रचार गरिने भएकोछ ।  विश्वका विभिन्न लडाइहरुमा नेपालिहरुले आफ्नो ज्यानको बलिदान दिएर नेपालको नामलाइ विश्वमा उच्च पार्दै गोर्खाजको नामले चिनाएको  दिनहरुलाई सम्झदै एक महिनाको लागि अक्टोबर ११ तारिख देखिनो भेम्बर ११ तारिख सम्म  “गोर्खा हिस्ट्री मन्थ ” को रुपमा मनाउने निर्णय पनि  बैठक ले गरेको छ।१ महिने गोर्खा हिस्ट्री मन्थ भित्र- युद्दमा वितेका आफ्ना पितापुर्खा र आफन्तजनलाई स्मरण गर्दै आफ्नो फेसबुकमा वॅाहाको फोटो टॅासेर स्टाटस लेखि पोस्ट गर्ने, युद्ध/पल्टन/लाहुरेका वारेमा संस्मरण/निवन्ध/कथा/कविता लेखेर मिडियामा प्रकाशित गर्ने, गोर्खा साहत्यकार/इतिहॅासकारलाइ रेडियो/टेलिभजन/जुममा ल्याएर विमर्श कार्य गर्ने र गराउन लगाउने बारे पनि सबैको सहमत रह्यो।

बुटवलमा प्रहरीसँगको झडपमा परेर चार जनाको मृत्यु

रुपन्देही असोज २४ । रुपन्देहीको बुटवलमा प्रहरीसँगको झडपमा परेर चार जनाको मृत्यु भएको छ । मोतीपुर औद्योगिक क्षेत्रमा आज आइतवार प्रहरीसँगको झडपमा परेर घाइते भएकामध्ये चार जनाको मृत्यु भएको हो । उपचारका लागि पाँच जना

error: Content is protected !!