प्रमुख समाचार

बेलायतको सुइण्डनमा नेपाली मेला हुने

जयराम तामाङ सुइण्डन लण्डन भदौ १५ । बेलायतको सुइण्डन स्थित फ़ारिङ्ग्डन पार्कमा यहि आउदो सेप्टेम्बर ४ तारिख शनिबारका दिन नेपाली मेला हुने भएको छ । विभिन्न किसिमको संकृति झल्कने परम्परागत झाकीहरु अनि नृत्यको साथमा हुन

गैर आबशीय नेपाली संघ (एनआरएनए) मा बिबाद उत्पन्न

बेलायत – “गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं विश्व सम्मेलन र निर्वाचनको मिति नजिकिँदै गर्दा महाधिवेशन प्रतिनिधि (डेलिगेट्स) चयन बारे विवाद उत्पन्न भएको छ । विशेषगरी संस्थापन इतर पक्षको बाहुल्यता देखिएका राष्ट्रिय समन्वय परिषद्हरु अमेरिका,

साउथ इष्ट लन्डनमा गुम्बा स्थापना

लण्डन भदौ १३ । साउथ इष्ट लन्डनमा गुम्बा स्थापना भएको छ । डायमण्ड बुद्धिष्ट सेन्टर यूकेले करिब ६ वर्षको अथक प्रयासपछि बौद्ध अनुयायीहरु उल्लेख्य रहेको उलवीचमा आफ्नै गुम्बा स्थापना गर्न सफल भएको हो । गुम्बाको

पत्रकार महासंघ यूके अध्यक्षमा अर्याल नै आधिकारिक

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल नै आधिकारिक रहेको नेपाल पत्रकार महासंघ केन्द्रले स्पष्ट पारेको छ । स्वघोषित अध्यक्षको दावी गर्दै विपिन निरौलाको समूहले समाजमा भ्रम र द्विविधा उत्पन्न गराइरहेका बेला

देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परी ९१ जनाको मृत्यु

काठमाडौं भदौ १२ ।   देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी ९१ जनाको मृत्यु भएको छ । यो तथ्या‌ंक गत जेठ ३० गतेदेखि शनिबार दिउसोसम्मको हो । प्रहरीका अनुसार मृत्यु

अफगानिस्तानमा इस्लामिक स्टेटका एक योजनाकार मारिए

एजेन्सी भदौ १२ । अमेरिकाले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेटका एक ‘योजनाकार’ विरुद्ध ड्रोन हमला गरेको दावी गरेको छ । राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बम आक्रमण भएको दोस्रो दिन सो हमला गरिएको अमेरिकाले जनाएको छ

संवैधानिक परिषद्सम्बन्धी मुद्दा प्रधानन्यायाधीश राणाले नहेर्ने

काठमाडौं भदौ ११ ।   संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तीविरुद्धमा परेको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नहेर्न भएका छन् । आज संवैधानिक परिषद्सम्बन्धी परेको मुद्दामा सुनुवाइका क्रममा प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले त्यस

बेलायतद्वारा नेपाललाई एक लाख ३० हजार डोज खोप सहयोग

काठमाडौं भदौ १० । बेलायतले नेपाल सरकारलाई उपलब्ध गराएको कोरोना विरुद्धको खोप नेपाल पुगेको छ । बेलायत सरकारले द्विपक्षीय सहायता अन्तर्गत उपलब्ध गराइने भनिएको एक लाख ३० हजार मात्रा एस्ट्राजेनेकाद्वारा उत्पादित कोरोनाविरुद्धको खोप बिहीबार काठमाडौं

पासा पुन गुठी युकेको क्वाटी पुन्ही तथा वार्षिक साधारण सभा सम्पन्न

लण्डन भदौ १० । पासा पुन गुठी युके लण्डनको क्वाटी पुन्ही तथा वार्षिक साधारण सभा सम्पन्न भएको छ । गुठीकी अध्यक्ष रुक्मिणी मानन्धरको अध्यक्षतामा पार्लियामेण्ट हिल पार्कमा भएको सो कार्यक्रममा स‌ंस्थापक महन्त श्रेष्ठ, सल्लाहकार अमृतरत्न

काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको अमेरिका र बेलायतको ठहर

एजेन्सी भदौ १० । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको जनाएका छन् । यी दुई देशले काबुल विमानस्थलमा आफ्ना नागरिकलाई नजान पनि आदेश दिएका छन् । यदि विमानस्थलमा पुगेको भए पनि

जनगायक जेबी टुहुरेको निधन

काठमाडौं । जनगायक जेबी टुहुरे (जुठबहादुर खड्गी) को निधन भएको छ । भदौ १ गते दिउँसो अचानक ‘स्ट्रोक’ भएपछि गम्भीर बिरामी टुहुरेको बल्खुस्थित बयोदा अस्पतालमा उपचारका क्रममा बिहीबार मध्यान्ह निधन भएको नेकपा (माओवादी केन्द्र) को

error: Content is protected !!