मेजर हितमान गुरुङ मानार्थ एमबिइ द्वारा सम्मानित

चिम्खोले काईला – बेलायत। ब्रिटिस गोर्खा ब्रिगेडका पूर्वसैनिक मेजर हितमान गुरुङलाई बेलायतका राजा चार्ल्स तृतीयले मानार्थ मेम्बर अप ब्रिटिश एम्पाएर (एमबिइ) पदकद्वारा सम्मान गरिबक्सेको छ। मेजर गुरुङले गोर्खा भूतपूर्व सैनिक र उनीहरूका परिवारको सेवामा पुर्याउनुभएको योगदानको कदर गर्दै संयुक्त अधिराज्य बेलायतका राजाले सम्मान गरिवक्सेको हो। मेजर गुरुङ सन् १९७३ सालमा नेपालको पक्लिहवामा ब्रिटिश आर्मीमा आवद्ध […]
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य बने गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति सदस्यमा मनोनीत भएका छन् । पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सुधन गुरुङसहित सुनिल लम्साल, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डा मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा भक्तबहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । बैठकले पार्टीका विभिन्न पदाधिकारी तथा […]
नुवाकोटमा बाढीपहिरोको क्षति : उद्धार र सडक खुलाउने तत्काल पहल गर्न पूर्वमन्त्री हितबहादुर तामाङको आग्रह

काठमाडौँ । पूर्वमन्त्री तथा पूर्वसांसद हितबहादुर तामाङले अविरल वर्षाका कारण नुवाकोटका विभिन्न स्थानीय तहमा भएको बाढीपहिरोको क्षतिप्रति तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत नुवाकोटको पूर्वी क्षेत्रका शिवपुरी, पञ्चकन्या, तादी र दुप्चेश्वर गाउँपालिकाका विभिन्न वडामा बाढीपहिरोका कारण सडक, पुल, कृषियोग्य खेतबारी, घरगोठ तथा पशुचौपायामा व्यापक क्षति भएको […]
समाजसेवी ओमबहादुर गुरुङले दिए जन्मदिनमा मानवसेवा आश्रमलाई ७ लाख १६ हजार

लन्डन । समाजसेवी ओमबहादुर गुरुङले आफ्नो ८४ औं जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई ७ लाख १६ हजार १ सय ११ रुपैयाँ सहयोग दिएका छन् । गुरुङले आश्रमको एक कोठे भवन निर्माणका लागि ६ लाख ५१ हजार १ सय ११ रुपैयाँ र आश्रित व्यक्तिहरुलाई बिहानको विशेष भोजनको निम्ति नगद ६५ हजार रुपैयाँ सहयोग गरेका हुन् । ओमबहादुर […]
अविरल वर्षापछि नुवाकोटको पूर्वी क्षेत्रमा बाढीपहिरोले व्यापक क्षति, कहाँ के भयो ? [तस्बिरसहित]

नुवाकोट । बिहीबार राति परेको अविरल वर्षाका कारण नुवाकोट जिल्लाको पूर्वी भेगका विभिन्न स्थानीय तहमा बाढीपहिरोले व्यापक क्षति पुर्याएको छ। दुप्चेश्वर, शिवपुरी, तादी, पञ्चकन्या र लिखु गाउँपालिकाका विभिन्न गाउँ तथा सडक प्रभावित भएका छन् । बाढीपहिरोका कारण कृषि योग्य जमिन, सडक, पुल, घर तथा पशुचौपायामा क्षति पुगेको छ भने विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। […]
नेपाल पत्रकार महासंघ यूकेले २३ अगस्टमा ‘वंशजको नागरिकता निरन्तरता’ बहस कार्यक्रम गर्ने

लन्डन । नेपाल पत्रकार महासंघ यूकेको आयोजनामा ‘वंशजको नागरिकता निरन्तरता’ विषयमा बहस कार्यक्रम हुँदैछ । मिचेटस्थित तमु धीं यूके भवनमा यही २३ अगस्ट २०२६ आइतबार उक्त बहस कार्यक्रम हुन लागेको हो । दिउँसो २ बजे आयोजना हुने कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष रामशरण सिम्खडा, सीएनसीबीजीका अध्यक्ष थर्क राना र अधिवक्ता गोविन्द बेल्वासे अतिथिका रूपमा […]
ब्रिगेड अफ गोर्खाज् इन्टेक १९८३ को शनिबार वार्षिक भेला : कुमारी, निता र सरिस्मा आउने

लन्डन । सन् १९८३ मा ब्रिगेड अफ गोर्खाजमा भर्ती भएका गोर्खा सैनिकहरूको समूहले शनिबार वार्षिक भेला आयोजना गर्दै छ । नेपालबाट आएका चर्चित कलाकारहरुको साथमा ‘ब्रिगेड अफ गोर्खाज् इन्टेक १९८३’ले सर्रे क्याम्बर्लीस्थित फ्रिम्ली कम्युनिटी सेन्टरमा भेला आयोजना गर्न लागेको हो । बिहान साढे ११ बजेदेखि सुरु हुने कार्यक्रममा चर्चित गायिका कुमारी चेपाङ, भ्वाइस अफ नेपाल […]
नेपालमा सुनचाँदीको मूल्य फेरि बढ्यो, सुन तोलाको ३ लाख १६ हजार ७ सय पुग्यो

काठमाडौँ । नेपालमा स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य रु १३० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ७०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ९८५ […]
नुवाकोटसहित देशका विभिन्न जिल्लामा बाढी, पहिरो, सडक अवरुद्ध

काठमाडौँ । वर्षाका कारण नुवाकोटसहित देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको शुक्रबार बिहान ०६ बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् । काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा […]
नेपाल इन्जिनियर्स एसोसिएसन यूकेको अध्यक्षमा न्यूसन श्रेष्ठ चयन

लन्डन । नेपाल इन्जिनियर्स एसोसिएसन यूकेको अध्यक्षमा न्यूसन श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमिति उपाध्यक्षमा गौचन गुरुङ, कोषाध्यक्ष पूजा गुरुङ, सचिवहरुमा दीक्षान्त श्रेष्ठ र आयुश गुरुङ, सोसल मिडिया/कम्युनिकेशन म्यानेजरद्वयमा सुदीप राई र अनिल फुयाँल निर्वाचित भएका छन् । प्रमुख सल्लाहकारहरुमा संस्थाका पूर्वअध्यक्षद्वय उदीप राई र इन्दु राई तथा कार्यकारी सदस्यमा सुमन वैद्य […]
बेलायतमा शनिबार पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको वार्षिक भेटघाट

लन्डन । बेलायतमा शनिबार पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम हुँदै छ । शनिबार, २२ अगस्ट २०२६ मा अल्डरसटस्थित अल्डरवुड लिजर सेन्टरमा समाजको भेटघाट कार्यक्रम हुन लागेको हो । कार्यक्रममा संस्थाका सदस्यहरुलाई बिहान साढे ११ बजे नै भेला हुन भनिएको छ भने पाहुनाहरुलाई १२ बजे आइपुग्न निमन्त्रणा दिइएको छ । समाजले बेलायतमा रहेका […]