यसरी गरियो बेलायतमा आइतबार हुने १७ औं नेपाली मेलाको अन्तिम तयारी [हेरौं २५ तस्बिर]

लन्डन । तमु धीं यूकेले आइतबार ३० अगस्टमा लन्डनको केम्पटन पार्क रेसकोर्समा आयोजना गर्न लागेको १७औँ नेपाली मेलाको तयारी लगभग सकिएको छ । मेलाको अघिल्लो दिन अर्थात् २९ अगस्टमा तमु धीं यूके, तमु धीं आमा समूहलगायतका वर्तमान तथा पूर्व पदाधिकारी, स्वयंसेवकहरू नेपाली मेलाको तयारीमा जुटेका छन्। उनीहरूले मेलास्थलमा स्टेज निर्माण, सजावट, आवश्यक संरचना तयार पार्ने […]

भोटेकोशी बाढीपीडित र बालआश्रम सहयोगार्थ ‘दुर्गा गुरुङ साङ्गीतिक साँझ’ सम्पन्न

लन्डन । भोटेकोशी बाढीपीडित र बालआश्रम सहयोगार्थ ‘दुर्गा गुरुङ साङ्गीतिक साँझ’ कार्यक्रम सम्पन्न भएको छ । रोधीं डिजिटलको आयोजनामा शुक्रबार भदौ १२ मा दुर्गा गुरुङ साङ्गीतिक साँझ-२०८३’ काठमाडौंको मित्रनगरमा भएको हो । लोकप्रिय गायिका दुर्गा गुरुङको मुख्य प्रस्तुतिको सांगीतिक साँझ भोटेकोशी बाढीका कारण देश नै रोइरहेकोले उद्घाटन सामान्य किसिमले गरिएको थियो । गायिका दुर्गाले राष्ट्रिय […]

एनआरएनए युकेद्वारा विनाशकारी बाढीपीडितका लागि पत्रकार सम्मेलन सम्पन्न

बेलायत – गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूलाई सहयोग जुटाउने उद्देश्यले जुममार्फत पत्रकार सम्मेलन सम्पन्न गरेको छ। पत्रकार सम्मेलनमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का (आइसीसी) अध्यक्ष डा. हेमराज शर्मा, संघका पदाधिकारीहरू, एनआरएन युकेका अध्यक्ष राजेन्द्र पुडासैनी, कार्यसमिति सदस्यहरू तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा एनआरएनए आइसीसीका अध्यक्ष डा. हेमराज […]

एनआरएनए यूकेले रसुवा बाढीका मृतकको सम्झनामा सेप्टेम्बर १ मा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम गर्ने

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए)ले नेपालको रसुवामा गएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा विशेष श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ । शोकसभा आगामी सेप्टेम्बर १, २०२६ (मंगलबार)का दिन आयोजना हुन लागेको हो। प्रिन्सेस गार्डेन्स (कुलवीर थापा भिसी मेमोरियल), एल्डरशट, पोस्टकोडमा स्थानीय समय अनुसार साँझ सवा ७ बजे हुने आयोजक […]

बाढी प्रभावित बेलायती नागरिकको सहयोगमा दूतावास खटिरहेको छ : बेलायती राजदूत फेन

लन्डन । नेपालमा आएको भीषण बाढीबाट प्रभावित बेलायती नागरिक तथा उनीहरूका परिवारलाई सहयोग गर्न नेपालस्थित बेलायती दूतावास रहेको रहेको जनाइएको छ । बेलायती राजदूत रोब फोनले शनिबार सन्देश जारी गर्दै दूतावाससहित बेलायतको विदेश मन्त्रालयका कर्मचारीहरू चौबीसै घण्टा खटिएको जनाएका हुन् । विपद्को यस्तो समयमा मित्रताको महत्त्व अझ बढ्ने उल्लेख गर्दै प्रभावित बेलायती नागरिक तथा उनीहरूका […]

एनआरएनए युकेको नारा – देश दुखेको बेला चुप नबसौँ, मातृभूमिको दुःखमा साथ दिऔं !

बेलायत – गैर आवसीय नेपाली संघ (एनआरएनए) युकेले “देश दुखेको बेला चुप नबसौँ, मातृभूमिको दुःखमा साथ दिऔं” भन्ने नाराका साथ नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पिडितको लागि सहयोग गर्न हार्दिक अपिल गरेको छ। एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले दुःखद विपद्का कारण धेरैको ज्यान गएको छ, घर, सम्पत्ति र जीविकोपार्जनमा ठूलो क्षति पुगेको […]

जिआरएनसी युकेले बाढीपीडितहरूका लागि आर्थिक सहयोग अपिल!

बेलायत – ग्रेटर रशमोर नेपाली कम्युनिटी (जिआरएनसी) युकेले नेपालको रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढी पिडितको लागि सहयोग गर्न हार्दिक अपिल गरेको छ। जिआरएनसी युकेका अध्यक्ष लिला सेलिङ मावोले दुःखद विपद्का कारण धेरैको ज्यान गएको छ, घर, सम्पत्ति र जीविकोपार्जनमा ठूलो क्षति पुगेको कारण धेरै परिवारहरू अहिले तत्काल सहयोग र राहतको प्रतीक्षामा रहेको बताएका छन्। […]

चितवन एड ट्रस्ट यूकेद्वारा प्रधानमन्त्री राहत कोषमा ५ लाख सहयोग

लन्डन । नेपालमा आएको प्राकृतिक विपद्बाट भएको ठूलो जनधनको क्षति तथा प्रभावित परिवारको पीडाप्रति दुःख व्यक्त गर्दै चितवन एड ट्रस्ट (क्याट यूके)ले प्रधानमन्त्री राहत कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ। क्याट यूकेका अध्यक्ष राजु आचार्यका अनुसार संस्थाको कोषबाट उक्त रकम राहत कोषमा प्रदान गरिएको हो। विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोकसन्तप्त […]

नेपाल बाढीः ६ सय १६ वटा शव फेला [अपडेट]

काठमाडौँ । नेपालको रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६ सय १६ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहान ६ बजेसम्म ६ सय १६ जनाको शव फेला परेको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेले रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४५, चितवनमा २३३, गोरखामा ४८, […]

error: Content is protected !!