तेस्रो ‘एनआरएनए कप २०२६’ को टिम ड्र लन्डनको ह्यारोमा सम्पन्न

लन्डन, १७ सेप्टेम्बर २०२६ — बहुप्रतीक्षित तेस्रो ‘एनआरएनए कप २०२६’ को आधिकारिक टिम ड्र कार्यक्रम लन्डनको ह्यारोस्थित ‘गोल्डेन सिप रेस्टुरेन्टमा सफलतापूर्वक सम्पन्न भएको छ। एनआरएनए युके युथ कमिटीको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता एनआरएनए युकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल (तीर्थबहादुर मल्ल) ले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा एनआरएनए युकेका महासचिव जुरेन्द्र लिम्बूले औपचारिक उद्घाटन […]
नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको २२औँ स्मृति दिवस मनाइयो

कास्की । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको २२औँ स्मृति दिवस गण्डकी प्रदेशको राजधानी पोखरामा मनाइएको छ । हेमबहादुर पुन मगर स्मृति प्रतिष्ठानको आयोजना तथा र नेपाल मगर संघ कास्कीको व्यवस्थापनमा उनको २२ स्मृति दिवस मनाइएको हो । स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले मगर जातिलाई राजनीतिक रूपमा […]
लोकप्रिय गायक रामकृष्ण ढकाल बेलायत आइपुगे, शुक्रबार नेपाली फेस्टमा प्रस्तुति दिने

लन्डन । लोकप्रिय गायक रामकृष्ण ढकाल बेलायत आइपुगेका छन् । स्वीन्डनमा शुक्रबार १८ सेप्टेम्बरमा हुने ‘नेपाली फेस्ट-२०२६’मा प्रस्तुति दिन गायक ढकाल बिहीबार लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिएका हुन् । गायक ढकाललाई एयरपोर्टमा नेपाली फेस्ट आयोजक केएसएस इभेन्ट एन्ड इन्टरटेन्टमेन्टका पदाधिकारी तथा प्रतिनिधिले स्वागत गरे । बेलाइत आइपुगेपछि ढकालले न्यानो आतिथ्य, आत्मीय स्वागत र मायाका लागि धन्यवाद […]
एनआरएनए र मानव अधिकार आयोगबीच सहकार्यबारे छलफल, को को थिए सहभागी ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र राष्ट्रिय मानव अधिकार आयोगबीच मानव अधिकारका मुद्दामा आपसी सहकार्य र समन्वय गर्ने विषयमा आज छलफल भएको छ। छलफलका क्रममा सूचना तथा अनुभव आदानप्रदान, दुवै संस्थाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जालको उपयोग तथा मानव अधिकारसम्बन्धी विषयमा संयुक्त रूपमा पैरवी र लबिङ गर्ने सम्भावनाबारे विचारविमर्श गरिएको थियो। यस्तै, विभिन्न मुलुकमा रहेका […]
श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार दिइने

काठमाडौं । ‘खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान’ले यस वर्षको पद्मश्री पुरस्कार तथा सम्मानका लागि तीन स्रष्टाको नाम घोषणा गरेको छ। प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रसिद्ध कवि तथा गीतकार श्रवण मुकारुङको उपन्यास ‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार–२०८२ प्रदान गर्ने निर्णय गरिएको छ । प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्ये विस्तारित सूचीमा परेका १५ र संक्षिप्त सूचीका ५ […]
नेपाल–बेलायत सम्बन्धको १०३ वर्ष : ‘स्टेट एन्ड क्राफ्ट’ पुस्तक सार्वजनिक

काठमाडौं । नेपाल र बेलायतबीचको मैत्री सम्बन्ध १०३ वर्ष पुगेको अवसरमा स्टेट एन्ड क्राफ्ट : रिडिङ्स् अन द १९२३ नेपाल-ब्रिटेन फ्रेन्डसिप ट्रटी’ नामक पुस्तक विमोचन गरिएको छ । टीकाप्रसाद ढकालले सम्पादन गरेको उक्त पुस्तक बुधबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । उक्त पुस्तक नेपाल–बेलायतबीच सन् १९२३ मा भएको मैत्री सन्धि तथा दुई देशबीचको ऐतिहासिक […]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ महाधिवेशन असोज २२ देखि

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशन असोज २२, २३ र २४ गते महोत्तरीको बर्दिबास नगरपालिकामा आयोजना हुने भएको छ । भदौ २५ गते बसेको सचिवालय बैठकले महाधिवेशन बर्दिबासमा आयोजना गर्ने निर्णय गरेको प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले जानकारी दिएकी छन् । उनका अनुसार महाधिवेशनमा देशभरबाट करिब १ हजार ५ सयदेखि […]
नेपाल तामाङ घेदुङ इजरायलको तेस्रो चरणको राहत आमाछोदिङ्मोका बाढीपीडितलाई वितरण

काठमाडौं । रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाका बाढीपीडित परिवारलाई नेपाल तामाङ घेदुङ इजरायलको सहयोगमा राहत सामग्री वितरण गरिएको छ । नेपाल तामाङ घेदुङ संघीय समितिका उपमहासचिवद्वय बिलाम मोक्तान र निर्मल तामाङ तथा विपद् संयोजक सचिव हिरालाल तामाङको नेतृत्वमा पुगेको टोलीले प्रभावित परिवारलाई ५० थान सिरक र ५० थान डसना वितरण गरेको हो । इजरायल घेदुङको सहयोगमा […]
तमु ट्हो ह्युल हङकङबाट नेपालका बाढीपीडितलाई ६ लाख ६३ हजार ९३ रुपैयाँ सहयोग

लन्डन । तमु ट्हो ह्युल हङकङले नेपालको रसुवा-भोटेकोसी बाढीपीडितका लागि ६ लाख ६३ हजार ९३ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । १४ अगष्ट २०२६ मा हङकङस्थित नेपाली महाबाणिज्य दूतावासका कार्यवाहक महाबाणिज्यदूत सतिश गुरुङलाई तमु ट्हो ह्युल हङकङका अध्यक्ष ईश्वर गुरुङ, उपाध्यक्ष कविता गुरुङ, कोषाध्यक्ष मिलन गुरुङ सल्लाहकार रिता गुरुङ महिला विभाग अध्यक्ष भक्ति गुरुङ, कार्यसमिति […]
नयाँ ट्र्याक खोलेपछि कृष्णभिरको सडकमा चल्यो गाडी

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा बिहीबार विहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित बनेको थियो । सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिरको सडकमा नयाँ ट्र्याक खोलेर बिहानबाट दुईतर्फी सडक सञ्चालन गरिएको हो । त्रिशूलीले सडकको तल्लो भाग बगाएपछि सडक पूरै भासिएको थियो […]