एनआरएनएको राहत अभियान २७औँ दिनसम्म पनि निरन्तर, तुप्चे र देवीघाटका ८० परिवारलाई राहत सामग्री वितरण गरिँदै

काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधिहरू आज मंगलबार २७औँ दिनमा पनि निरन्तर जारी रह्यो। पुनर्स्थापना तथा पुनर्निर्माणमा एनआरएनएको भूमिकाबारे विज्ञसँग छलफल विनाशकारी बाढीपछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा एनआरएनएको सम्भावित भूमिका र सहकार्यका विषयमा आज एनआरएनएका पदाधिकारीहरूले […]

तमु धीं यूकेले भोटेकोशी बाढीपीडितका लागि सहयोग संकलन र हस्तान्तरण कार्यक्रममा कैद गरिएका तस्विरहरु

काठमाडौं । तमु धीं यूकेले नेपालका बाढीपीडितका लागि बेलायतमा संकलन गरेको १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ राहत सहयोग हस्तान्तरण गरेको छ । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीले मंगलबार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको हो ।

तमु धीं यूकेले दियो नेपालका बाढीपीडितका लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

काठमाडौं । तमु धीं यूकेले नेपालका बाढीपीडितका लागि बेलायतमा संकलन गरेको १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ राहत सहयोग हस्तान्तरण गरेको छ । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीले मंगलबार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको हो । महासचिव डा. विशाल गुरुङका अनुसार उक्त […]

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क प्रस्थान

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह केहीबेरअघि कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका हुन् । ४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी महासभामा सहभागी हुन अमेरिका गएका हुन् । प्रधानमन्त्री शाहले महासभालाई आगामी ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ […]

क्विन्स गोर्खा इन्जिनियर्सको जन्मोत्सवमा फानबोरोमा नेपाली सांगीतिक धमाका, तीन कलाकारले प्रस्तुति दिने

लन्डन। क्विन्स गोर्खा इन्जिनियर्सको जन्मोत्सवको अवसरमा बेलायतको फानबोरोमा विशेष नेपाली सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। यही सेप्टेम्बर २६ गते शनिबार फानबोरोस्थित स्यामुयल हलमा हुने कार्यक्रममा लोकदोहोरी गायिका शर्मिला गुरुङ ‘सरु’, गायिका प्रिया गुरुङ र मञ्जु बिकले विशेष सांगीतिक प्रस्तुति दिने भएका छन्। क्विन्स गोर्खा इन्जिनियर्सको जन्मोत्सवलाई विशेष रूपमा मनाउने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा […]

तमु धीं यूकेसँग रवि लामिछानेले भने – ‘विदेशमा रहेका नेपाली नेपालका लागि भरोसा हुन्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशमा रहेका नेपालीहरू देशका लागि महत्वपूर्ण भरोसा भएको बताएका छन् । तमु धीं यूकेले नेपालमा आएको विपद्का बेला गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै लामिछानेले विदेशमा रहेर पनि नेपालीहरूले देशलाई दुःख पर्दा साथ दिँदै आएको बताए। “तपाईंहरूजस्ता साथीहरूले देशभन्दा बाहिर रहेर पनि देशलाई जहिल्यै दुःख पर्दा सँगै साथ […]

नेपालको कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई

काठमाडौं । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई दिइएको छ। प्रधानमन्त्री शाह आफू राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएपछि वाग्लेले कावा प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् । उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन […]

तमु धीं यूकेको टोलीले भेट्यो रास्वपा सभापति रवि लामिछानेलाई

काठमाडौं । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलले सत्तारुढ रास्वपा सभापति रवि लामिछानेसँग भेटघाट गरेको छ । तमु धीं यूकेको टोलीले मंगलबार सभापति लामिछानेलाई भेटेको हो । भेटमा तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङले तमु धीं यूकेले गर्दै आएको गतिविधि र अध्यक्ष जुमकाजी गुरुङले समसामयिक विषयवस्तुबारे जानकारी गराएका थिए । लामिछानेसँगको भेटमा […]

नेपालका पूर्वअर्थमन्त्री वर्षमान पुन अक्टोबर २ मा बेलायत आउने

लन्डन । नेपालका पूर्वअर्थमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संगठन विभाग प्रमुख वर्षमान पुन अक्टोबर २ मा बेलायत आउने भएका छन् । अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेको छैटौँ राष्ट्रिय अधिवेशनमा सहभागी हुन पुन अक्टोबर २ मा पोर्चुगलबाट सिधै बेलायत आउने निश्चित भएको अन्तर्राष्ट्रिय नेपाली मञ्च यूकेका सचिव विश्वास दीप तिगेलाले जानकारी दिएका छन् । मञ्चको छैटौँ राष्ट्रिय […]

क्षेत्री समाज यूके र क्षेत्री वेलफेयर फाउन्डेसनद्वारा बाढीपहिरो प्रभावितलाई २३ लाख ८२ हजार ६१८ सहयोग

लन्डन । क्षेत्री समाज यूके तथा क्षेत्री वेलफेयर फाउन्डेसन यूकेले नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि संकलित २३ लाख ८२ हजार ६१८ रुपैयाँ नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। संस्थाका प्रतिनिधिहरूले आइतबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्। उक्त रकम […]

error: Content is protected !!