बेलायतमा आगामी २४ अक्टोबरमा ‘सुम्निमा साँझ’ आयोजना हुने

लन्डन । किरात राई यायोक्खा यूकेको भगिनी संस्था किरात राई सांस्कृतिक कलाकार संघ यूकेको आयोजनामा ‘सुम्निमा साँझ–२०२६’ हुने भएको छ। आगामी २४ अक्टोबर २०२६, शनिबार बेलायतको आशफोर्डस्थित सेन्ट साइमन स्टक क्याथोलिक चर्चमा कार्यक्रम आयोजना हुने भएको हो । कार्यक्रम अपराह्न ४ बजेदेखि सुरु हुनेछ। ‘कला र संस्कृति हाम्रो पहिचान, सुम्निमा साँझ–सांस्कृतिक अभियान !’ भन्ने नारासहित […]
रातको समयको समेत पर्वाह नगरी तमु धीं यूकेको टोलीले रसुवाका ३०८ परिवारलाई राहत बाँड्यो

रसुवा । रातको समयको समेत पर्वाह नगरी तमु धीं यूकेको टोलीले रसुवाको उत्तरगया गाउँपालिका–१ का बाढी तथा पहिरो प्रभावित ३०८ परिवारलाई राहत सामग्री वितरण गरेको छ। तमु धीं यूकेको टोली प्रभावित बस्तीमै पुगेर स्थानीय परिवारलाई तत्काल आवश्यक राहत सामग्री हस्तान्तरण गरेको हो। विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले भाटभटेनी सुपरमार्केटबाट आवश्यक राहत सामग्री खरिद […]
चलचित्र कबड्डी ५ मा बेलायतवासी सिर्जना गुरुङ

लन्डन । बेलायतीवासी सिर्जना गुरुङ ठूलो पर्दाको सिनेमामा देखिएकी छन् । भर्खरै टिजर सार्वजनिक भएको रामबाबु गुरुङको चलचित्र कबड्डी ५ मा दयाहाङ राईलगायतसँग मिस यूके नेपाल २०१७ की विजेता सिर्जना गुरुङले अभिनय गरेकी हुन् । उक्त चलचित्रको टिजर सार्वजनिक भइसकेको छ । हङकङमा जन्मिएकी सिर्जनाले विभिन्न नेपाली कलाकारहरुको म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छन् । सिर्जना […]
रसुवा–भोटेकोशीका बाढीपहिरो पीडितलाई एनआरएनए यूकेको राहत, ४७ परिवारलाई सहयोग गरिँदै

लन्डन । नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले सञ्चालन गरेको मानवीय राहत अभियानअन्तर्गत रसुवा तथा भोटेकोशी क्षेत्रका प्रभावित परिवारलाई प्रत्यक्ष राहत वितरण गर्ने भएको छ। एनआरएनए यूकेका अनुसार सोमबार, २८ सेप्टेम्बर २०२६ मा रसुवा तथा भोटेकोशी क्षेत्र, विशेषगरी विदुर नगरपालिका–५ का बाढीपहिरो प्रभावित परिवारलाई राहत […]
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए यूके प्रेम गाहा समुहले नुवाकोटमा राहत वितरण गरिने

लन्डन – गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूलाई राहत वितरण गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके प्रेम गाहा समुहले स्थलगत मानवीय राहत अभियान तीव्र पारेको छ। पीडित परिवारहरूको तत्कालको आवश्यकता पहिचान गरी सहयोग छिटो, प्रत्यक्ष र पारदर्शी रूपमा पुर्याउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ। […]
भूतपूर्व सैनिकद्वारा भोटेकोशी बाढी पीडितका लागि २४ लाख बढी सहयोग

कास्की । भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराले भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि २४ लाख ३३ हजार ९५२ रुपैयाँ सहयोग गरेको छ । गोरखा ब्रिगेडले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेर मंगलबार भौचर रकम कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गरेको हो । रसुवा–भोटेकोशीमा गएको बाढी तथा विपद्बाट […]
देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्रधानमन्त्री बालेन शाहले शुक्रबारदेखि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायलाई आवश्यक तयारी, समन्वय तथा पूर्वसतर्कता अपनाउन […]
पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको बुधबारदेखि नियमित उडान

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ । विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तरराष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन् । अन्तरराष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण […]
राहत सामग्री लिएर तमु धीं यूकेको टोली रसुवा प्रस्थान

काठमाडौं । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको नेतृत्वमा बाढीपहिरो प्रभावितका लागि राहत सामग्रीसहितको टोली बुधबार रसुवातर्फ प्रस्थान गरेको छ। भाटभटेनी सुपरमार्केटबाट आवश्यक राहत सामग्री खरिद गरी टोली प्रभावित क्षेत्रमा गएको हो । टोलीमा वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल कोने गुरुङ, महासचिव डा.विशाल गुरुङ, सचिव विमल गुरुङ, आमा समूह अध्यक्ष कमलादेवी गुरुङलगायत छन्। साथमा […]