ब्ल्याकवाटर नेपाली कम्युनिटीको १०औँ वार्षिक उत्सव सम्पन्न

नगेन्द्र नेम्बाङ लन्डन । ब्ल्याकवाटर नेपाली कम्युनिटीले १०औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । शनिबार, ३ अक्टोबर २०२६ मा बेलायतको ब्ल्याकवाटर, क्याम्बर्लीमा आयोजित कार्यक्रम देवचन्द्र मादेनको अध्यक्षतामा कम्युनिटीको वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा निवर्तमान सचिव शुक्र राईले उपस्थित अतिथिहरूलाई आसन ग्रहण गराउँदै सुरक्षासम्बन्धी जानकारी (सेफ्टी ब्रीफ) दिएका थिए । त्यसपछि अध्यक्ष देवचन्द्र मादेन र […]
सोंपाल समाज यूकेले गर्यो कलाकार राजु गुरुङलाई बिदाइ

लन्डन । सोंपाल समाज यूकेले नायक, गायक तथा सांस्कृतिककर्मी राजु (धर्मराज) गुरुङलाई एक कार्यक्रम बीच बिदाइ गरेको छ । सोंपाल समाज यूकेको निमन्त्रणामा तीनमहिनाअघि बेलायत आएका कलाकार राजुलाई ३ अक्टोबर २०२६ मा आयोजित बिदाइ कार्यक्रममा सोंपाल समाज यूकेका अध्यक्ष जगदीश गुरुङ, आमा समूहकी अध्यक्ष मनदेवी गुरुङ, संस्थाका पदाधिकारी तथा आमा समूहका सदस्यहरूले मायाको चिनोसहित बिदाइ […]
बेलायतको फेयरफोर्डबाट अमेरिकाले फिर्ता लग्यो सबै बी–१ बमवर्षक

लन्डन । संयुक्त राज्य अमेरिकाले बेलायतस्थित रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्डबाट आफ्ना सबै बी–१ बमवर्षक विमान अमेरिकास्थित गृहस्थानमा फिर्ता गरेको पेन्टागनले पुष्टि गरेको छ । एयरबेसनजिकै संदिग्ध गतिविधि देखिएपछि आसपासका ८५ घर खाली गराइएको घटनाको केही दिनपछि अमेरिकी बमवर्षक फिर्ता गरिएका हुन् । पेन्टागनका एक अधिकारीले परिचालन सुरक्षाका कारण सैन्य सामग्री र सैनिकको आवागमनबारे तत्काल […]
तमु धीं लन्डन इकाईको १९औँ स्थापना दिवस मनाइयो, पाँच सदस्यीय निर्वाचन समिति गठन

लन्डन । तमु धीं लन्डन इकाईले १९औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाएको छ। सडबरी हिलमा ४ अक्टोबर २०२६ मा आयोजित स्थापना दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रममा तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूह अध्यक्ष कमला देवी गुरुङ, संरक्षक खुसीमान गुरुङ, पूर्वअध्यक्ष तथा संरक्षकहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सल्लाहकार, आमा समूह तथा सदस्यहरूको उपस्थिति रहेको थियो। […]
रुबी ठाकुरको उच्चारणमा ट्रोल होइन, भाषिक इतिहासको बहस आवश्यक [विचार]

उपसभामुख रुबी ठाकुरले खस–नेपाली भाषा उच्चारण गर्न नसकेको भन्दै अहिले सामाजिक सञ्जालमा ट्रोल गरिएकी छन्। ‘तयारी पुगेन’, ‘यस्तो पनि उपसभामुख’ जस्ता टिप्पणी सामाजिक सञ्जालमा देखिएका छन्। यस सन्दर्भमा मलाई दुईवटा घटना स्मरण भइरहेका छन्। पहिलो, केही वर्षअघि हेटौँडामा प्रदेश भाषा दिवसको कार्यक्रम थियो। म वक्ताका रूपमा सहभागी थिएँ। प्रदेश संस्कृति मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा एक […]
नेपाली भिलेज यूकेको ‘विन्टर गाला’ डिसेम्बर ५ मा, सेयर प्रमाणपत्रदेखि सांस्कृतिक कार्यक्रमसम्म

लन्डन (अल्डरसट) । नेपाली भिलेज यूकेले आगामी ५ डिसेम्बर २०२६ मा विन्टर गाला आयोजना गर्ने भएको छ । अल्डरसटस्थित द प्यालेसमा हुने कार्यक्रममा नेपाली भिलेज यूकेको परियोजनाबारे जानकारी तथा प्रगति विवरण प्रस्तुत गर्नुका साथै सेयर प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ। कार्यक्रममा सहभागीलाई हल्का दिवा खाजासहित मुख्य भोजनको व्यवस्था गरिएको छ। त्यसपछि लाइभ संगीत तथा […]
हार्दिक श्रद्धाञ्जली : खड्कबहादुर पुन
तमु समाज यूकेले मनायो १९औं स्थापना दिवस : कसले के बोले ?

शिवकुमार गुरुङ लन्डन । तमु समाज यूके स्थापनाको १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको छ । समाजले शनिबार ३ अक्टोबर २०२६ मा लन्डनको वेम्बलीस्थित बारहम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा १९औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । समाजकी अध्यक्ष विन्दु कुमारी गुरुङ घलेको अध्यक्षता तथा समाजका ज्येष्ठ नागरिक प्रेमबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न […]
एभरेस्ट टाइम्स यूकेका सम्पादक डा. दुत पुनलाई ‘तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान’

लन्डन । बेलायतमा दुई दशकदेखि सामुदायिक पत्रकारितामा स्थापित एभरेस्ट टाइम्स यूकेका सम्पादक डा. दुत पुन (चिमखोले काईला) तमु समाज यूके उत्कृष्ट समाज सेवा सम्मान’ बाट सम्मानित भएका छन् । डा. पुनले पत्रकारितामार्फत समुदायमा पुर्याएको योगदानको कदर गर्दै समाजले शनिबार ३ अक्टोबर २०२६ मा लन्डनको वेम्बलीस्थित बारहम पार्कस्थित सामुदायिक भवनमा आयोजित १९औं वार्षिकोत्सवको अवसरमा ‘तमु समाज […]
बौद्ध अर्घौं सदनको अध्यक्षमा मोतीप्रसाद गुरुङ निर्विरोध निर्वाचित

पोखरा । पोखरा–१० रामघाटस्थित बौद्ध अर्घौं सदनको शनिबार सम्पन्न ४९औँ वार्षिक साधारणसभा तथा २३औँ अधिवेशनले मोतीप्रसाद गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। वि.सं. २०३५ सालमा स्थापित बौद्ध अर्घौं सदनको समितिको सचिवमा बिलबहादुर गुरुङ तथा सदस्यहरूमा बिलबहादुर गुरुङ, पञ्चकुमारी गुरुङ, भुविन्द्रप्रसाद गुरुङ, सपना गुरुङ, लक्ष्मी गुरुङ, ओमप्रसाद गुरुङ, कन्यकुमारी गुरुङ र खिमबहादुर गुरुङ […]