मगर संघ यूकेले ‘च्यारिटी गाला नाइट’ आयोजना गर्ने

बेलायत । मगर संघ यूकेको आयोजनामा विशेष ‘च्यारिटी गाला नाइट’ कार्यक्रम आयोजना हुने भएको छ। आगामी नोभेम्बर २८, २०२६ का दिन बेलायतको अल्डरसटस्थित एम्पायर ब्याङ्क्वेटिङ हलमा उक्त च्यारिटी साँझ तय गरिएको छ। कार्यक्रम दिउँसो ३:३० बजे सुरु हुनेछ। कार्यक्रममा डा. हरि बुढा मगर (एमबिई) प्रमुख अतिथिका रूपमा रहनेछन् भने भारतीय सेनाका पूर्वकर्णेल बलबहादुर पुन विशेष […]

डा. दुत पुन मगर (चिमखोले काइँला) ले आफ्नो जीवन भोगाइ र अनुभव प्रस्तुत गर्ने

इमान राना मगर – नेपाल । बिहिबार १८ नोभेम्बर २०२६ ।“हामी समृद्ध, हाम्रो समुदाय समृद्ध, हाम्रो देश समृद्ध” भन्ने मूल नाराका साथ सञ्चालन भइरहेको ‘मिग एलिट’ को ६१ औँ शृङ्खलामा पत्रकार, साहित्यकार तथा समाजसेवी डा. दुत पुन मगर (चिमखोले काइँला) ले आफ्नो जीवन भोगाइ र अनुभव प्रस्तुत गर्ने भएका छन्। ‘आइडियाज, इम्प्याक्ट, इन्फ्लुएन्स’ (Ideas, Impact, […]

प्रधानमन्त्री राहत कोषका लागि मगर संघ युकेद्वारा २० लाख रुपैयाँ हस्तान्तरण

१९ नोभेम्बर २०२६ बेलायत । १९ नोभेम्बर २०२६ बेलायत । मगर संघ युकेको सांस्कृतिक सचिब रुक आले मगरको टोलीले प्रधानमन्त्री राहत कोषका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ। आज एक विशेष कार्यक्रमका बीच मगर संघ युकेका वरिष्ठ उपाध्यक्ष रुद्र थापा मगर, सांस्कृतिक सहसचिब रुक आले, ट्रष्टी सदस्य मान बहादुर राना, आजीवन सदस्य […]

तिहारमा डम्फु बजाउनु ठिक कि बेठिक ? [विचार]

गायक पोङ्दिला च्याङ्बा (सञ्जीव योन्जन) लगायतका कलाकारहरुले तिहारमा डम्फू बजाएपछि कृया प्रतिकृयाहरु आइरहेका छन् । यही बेला केही विषयमा बहस गर्नैपर्छ भन्ने लाग्यो । पहिलो कुरा, यस विषयलाई कुनै कलाकारले देउसीमा डम्फू बजायो, केही अभियन्ता र अगुवाहरुले प्रश्न उठाए भनेर मात्रै हेरियो भने हामी साँघुरो घेराबाट विषयलाई हेरिरहेका हुन्छौं । यो विषयलाई बुझ्न आजको पुँजीवादी […]

नेपाली जनसम्पर्क समिति बेलायतको छैटौँ अधिवेशन नोभेम्बर २२ मा हुँदै

लन्डन । शेरबहादुर देउवा समूह निकट नेपाली जनसम्पर्क समिति बेलायतको छैटौँ अधिवेशन यही नोभेम्बर २२ तारिख आइतबार हुने भएको छ। समितिका सभापति युवराज गुरुङका अनुसार अधिवेशन दिउँसो १२ बजे साउथ ह्यारोस्थित गोल्डेनसिप रेस्टुरेन्टमा आयोजना हुनेछ। अधिवेशनमा अतिथिका रूपमा उपस्थित हुन बेलायतस्थित विभिन्न संघसंस्था, सञ्चारकर्मी तथा सरोकारवालालाई समितिले निमन्त्रणा गरेको छ। समितिले अधिवेशनलाई सफल बनाउन सञ्चारकर्मीहरूलाई […]

एनआरएनएको प्रथम महिला विश्व सम्मेलन जनवरी ४ मा काठमाडौंमा, ९० देशबाट सहभागी हुने अपेक्षा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी जनवरी ४, २०२७ (२०८३ पुस २० गते) काठमाडौंमा पहिलो ‘गैरआवासीय नेपाली विश्व महिला सम्मेलन’ आयोजना गर्ने भएको छ। ‘महिला सशक्तिकरणको आधार : रोजगारी, उद्यम र व्यापार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलन नेपाल सरकारसँगको सहकार्यमा सम्पन्न गरिने एनआरएनएले जनाएको छ। सम्मेलनबारे बिहीबार काठमाडौंमा आयोजित पत्रकार […]

नेपाली भिलेज यूकेको टोली ‘शिक्षा शिक्षा शिक्षा’ अभियानको होस्टल भ्रमणमा

पोखरा । ‘शिक्षा शिक्षा शिक्षा’ अभियानअन्तर्गत सञ्चालित होस्टलमा नेपाली भिलेज यूकेका प्रबन्ध निर्देशक मेजर खुशीमान गुरुङ एमभीओसहितको टोलीले भ्रमण गरेको छ। नेपाली भिलेज यूकेका प्रबन्ध निर्देशक मेजर खुशीमान गुरुङ एमभीओ, निर्देशक पिताम्बर गुरुङ तथा उहाँहरूका परिवारका सदस्यहरूले निमन्त्रणालाई स्वीकार गर्दै होस्टलको भ्रमण गरेका अभियन्ता युगबहादुर गुरुङले जानकारी दिएका छन् । भ्रमणका क्रममा विद्यार्थीहरूसँग परिचयात्मक कार्यक्रम […]

यूके, नेपालमा सक्रिय पुन मगर समाजले म्याग्दीमा २४ नोभेम्बरमा संयुक्त रूपमा कुलपूजा आयोजना गर्दै

लन्डन । पुन मगर समाज यूके, नेपाल पुन मगर समाज केन्द्र, नेपाल पुन मगर समाज म्याग्दी र नेपाल पुन मगर समाज अन्नपूर्ण गाउँपालिकाको संयुक्त संयोजनमा म्याग्दीमा ‘कुलपूजा २०८३’ आयोजना हुने भएको छ। यही मंसिर ८ गते (२४ नोभेम्बर)मंगलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित मूल करबाके बाबा कुल थान (पुर्ख्यौलीस्थल)मा कुलपूजा आयोजना गर्न लागिएको हो। कार्यक्रममा पुन मगर […]

error: Content is protected !!