६ गोर्खा राइफल्सको ‘ग्यालिपोली डे’ मा लालकाजी र अमर विक्रमको मारुनी नृत्य प्रस्तुति रहने

बेलायत। ६ गोर्खा राइफल्स, गलिपोली कम्पनीको ऐतिहासिक ‘गलिपोली डे तथा वार्षिक भेटघाट’ कार्यक्रम आगामी २५ अप्रिल २०२६ का दिन अल्डरसटस्थित ‘दि लन्ज’ रेस्टुरेन्टमा आयोजना हुने भएको छ। सो अवसरमा लालकाजी गुरुङ र अमर विक्रम शाहले मौलिक मारुनी नृत्य प्रस्तुत गर्नेछन् भने उनीहरूलाई धनराज घेलेले साथ दिनेछन्। उक्त ‘गलिपोली डे तथा वार्षिक भेटघाट’ कार्यक्रमको तयारी पूरा […]
चितवन परिवार युके भव्य रुपमा मनायो नेपाली नयाँ वर्ष बि.सं. २०८३ (फोटो फिचर)
चितवन परिवार युकेद्वारा नेपाली नयाँ वर्ष भव्य रूपमा सम्पन्न

बेलायत। चितवन परिवार युकेले नेपाली नयाँ वर्षको सुखद अवसरमा बेलायतको मिचेटस्थित तमु धिं भवनमा एक भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरी नयाँ वर्ष मनाएको छ। संस्थाका अध्यक्ष मित्र गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा करिब ३०० जनाको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमको औपचारिक सुरुवात संस्थाका महासचिव निशा शर्मा तिवारीले गर्नुभएको थियो। उहाँले सुरक्षा सम्बन्धी जानकारी गराउँदै आसन […]
मगर धनुषबाण समिति युकेले १०औँ वार्षिकोत्सव भव्य रूपमा मनाउने

बेलायत – मगर धनुषबाण समिति युकेले आफ्नो १०औँ वार्षिकोत्सवको शुभ उपलक्ष्यमा एक भव्य सांस्कृतिक कार्यक्रम र खुल्ला परम्परागत तारो खेल प्रतियोगिता आयोजना गर्ने भएको छ। सन् २०१५ मा स्थापित यस समितिले आफ्नो एक दशकको गौरवमय यात्रालाई विशेष उत्सवका साथ मनाउने तयारी गरेको हो। यही आउँदो मे ९, २०२६ का दिन फार्नबरोस्थित कोडी बोमन स्पोर्ट्स एण्ड […]
तमु समाज युकेले आगामी मे ८ मा प्रसिद्ध तीर्थस्थल स्कन्दभेलको भ्रमण गर्ने

तमु समाज युके र भ्रमण टोलीको तर्फबाट मन्दिर व्यवस्थापनलाई खाद्यान्न सामग्रीहरू दान गरिने लन्डन । तमु समाज युकेले आगामी मे ८ शुक्रबार बेलायतको वेल्सस्थित प्रसिद्ध तीर्थस्थल स्कन्दभेलको भ्रमण गर्ने भएको छ । ग्रीष्मकालीन भ्रमण २०२६ अन्तर्गत स्कन्दभेल वेल्सको भ्रमण आयोजना गरिएको तमु समाज युकेका निवर्तमान अध्यक्ष शिब कुमार गुरुङले सूचनामार्फत सोमबार जानकारी दिएका हुन् । […]
जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको छाल कुजीमा ठोक्कियो

टोकियो । जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ भूकम्पका कारण सयौँ किलोमिटर टाढाको टोकियोका गगनचुम्वी भवनहरूलाई हल्लाएको छ र तीन मिटर (१० फिट) सम्म सुनामी छालहरू आउने चेतावनी दिइएको छ। जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार साँझ ४ बजेर ५३ मिनेटमा उत्तरी इवाते प्रान्तको प्रशान्त महासागरमा भूकम्प गएको हो […]
नेपालका गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरण – ‘सेयरहोल्डर हुनु अपराध होइन’

काठमाडौं । नेपालका गृहमन्त्री सुधन गुरुङले विवादित व्यापारीसँग नाम जोडिएपछि सेयरमा लगानी गर्नु अपराध नभएको भन्दै स्पष्टीकरण दिएका छन् । सोमबार फेसबुकमा स्ट्याटस लेख्दै गृहमन्त्री गुरुङले ऋण लिएर सेयरमा लगानी गरेको र सबै कारोबार बैंकिङ च्यानलबाटै भएको स्पष्टीकरण दिएका हुन् । दुई करोडभन्दा बढीको सेयरमा लगानी गरेको आफूले सम्पत्ति विवरणमै खुलाएको उल्लेख उनले गरेका छन् […]
लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न

लन्डन । लमजुङ समाज यूकेको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष पूर्णराज गुरुङको सभापतित्वमा शनिबार १८ अप्रिल २०२६ का दिन ठमेल रेष्टुरेण्ट अल्डरसटमा लमजुङ समाज यूकेको साधारणसभा सम्पन्न भएको हो । महासचिव कृष्ण गुरुङले संचालन गरेको बैठकलाई अध्यक्ष पूर्णराज गुरुङ, संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङ र आमा समूहकी निवर्तमान अध्यक्ष तथा सातौं कार्यसमितिकी […]
हार्दिक बधाई तथा शुभकामना : तुलचन्द्र तिलिजा
बेलायतमा नेपाली नयाँ वर्ष कार्यक्रम भव्यरुपमा सम्पन्न

लन्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके र सुन्दर सुदूरपश्चिम नेपाली समाज यूकेले संयुक्त कार्यक्रम आयोजना गरी नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाएका छन् । शनिबार १८ अप्रिलमा साउथह्यारोस्थित गोल्डेनसिप रेस्टुरामा आयोजित समारोहमा नयाँ वर्ष मनाइएको हो । कार्यक्रमलाई सबोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन […]
पुन मगर समाज युकेको अध्यक्षमा तुलचन्द्र तिलिजा निर्वाचित

लन्डन । पुन मगर समाज युकेको अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर निर्वाचित भएका छन् । आइतबार १९ अप्रिल २०२६ मा फान्ब्रोस्थित मगर भवनमा भएको समाजको पाँचौं महाधिवेशनबाट अध्यक्षमा तिलिजा सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा चन्द्रराम खोरजा पुन मगर, महिला उपाध्यक्ष छविमाया पुन मगर, सचिव धन पुर्जा मगर, कोषाध्यक्ष गंगाबहादुर खोरजा पुन मगर, सहसचिव अमृत […]
बेलायतको चिसोमा नेपालको स्वाद: मार्फाली रायोको खेती !

शिव कुमार गुरूङ नेपालको हिमाली भेग मार्फाबाट सुरु भएको यो रायोको बिउँ आजभोलि नेपालमा मात्र होइन, विश्वभरिका नेपालीहरूको करेसाबारीमा शान बनेको छ। यसको मुख्य विशेषता भनेको विशाल पात र मुखै रसाउने स्वाद हो। बेलायत जस्तो चिसो हावापानी भएको ठाउँमा पनि यसलाई सफलतापूर्वक उत्पादन गर्न सकिन्छ भन्ने कुरा हामीले आफ्नै करेसाबारीमा प्रमाणित गरेका छौँ। यसको खेतीमा […]