ग्रेटर रश्मोर नेपाली ब्याडमिन्टन एसोसिएसनमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा दीपचन राई

अल्डरसट, बेलायत । ग्रेटर रश्मोर नेपाली ब्याडमिन्टन एसोसिएसन (जीआरएनबीए) को अध्यक्षमा दीपचन राई चयन भएका छन् । अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा २२ अगस्ट २०२६मा भएको सदस्यहरूबीचको खेलकुद कार्यक्रम तथा साधारण निर्वाचनबाट दीपचनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्यसमिति उपाध्यक्षमा निर्मल श्रीष, महासचिव सञ्जय तामाङ, कोषाध्यक्ष दिनेश राई र मिडिया तथा सहायक महासचिवमा पासाङ शेर्पा […]

तमु लम परिवार यूकेको आगामी १२ सेप्टेम्बरमा अधिवेशन हुने, निर्वाचन आयुक्तमा एकेन्द्र गुरुङ

अल्डरसट । तमु लम परिवार यूकेको कार्यसमिति बैठक विभिन्न निर्णयसहित सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामचन्द्र गुरुङको अध्यक्षतामा २३ अगस्ट २०२६ मा अल्डरसटमा बसेको बैठकमा संस्थाको वर्तमान अवस्था, आगामी कार्यक्रम, सदस्यता व्यवस्थापन, संस्थागत विकास, विधान समीक्षा तथा संशोधन, साधारण सभा तथा अधिवेशनको तयारी, वार्षिक भेटघाट तथा सम्मान कार्यक्रमलगायत विभिन्न विषयमा विस्तृत छलफल गरिएको हो […]

विदेश जाने विद्यार्थीलाई स्वदेशदेखि विदेशसम्म सहयोग गर्नेलगायत विषयमा एनआरएनए र इक्यानबीच सहकार्य सम्झौता

काठमाडौं । विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीलाई आवश्यक परामर्श, सहजीकरण तथा विदेशमा अभिभावकीय सहयोग उपलब्ध गराउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ। समझदारीअनुसार विदेश जाने तथा विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा, अधिकार, सम्मान र मानसिक स्वास्थ्य प्रवर्द्धनमा सहकार्य गरिनेछ। साथै, शैक्षिक परामर्श […]

रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

काठमाडौं । रेखा थापा निर्देशित चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक भएको छ । ‘नक्कल पारी’ बोलको गीतमा शान्तीश्री परियार र प्रशान्त शिवाकोटीको स्वर छ । प्रशान्त शिवाकोटीको संगीत रहेको गीतमा सुष्मा सिग्देलको शब्द छ । तीजलाई लक्षित गर्दै सार्वजनिक गरिएको लोक फ्लेबरको गीतमा पछिल्लो समय तीज संस्कृति धान्ने चाडभन्दा पनि देखाउने माध्यम […]

बेलायतमा ‘रेडिङ म्युजिकल नाइट’सम्पन्न : प्रेमराजा, दुर्गादेखि नितासम्मको प्रस्तुति

लन्डन । बेलायतको रेडिङमा नेपाली कला, संगीत र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘रेडिङ म्युजिकल नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। गत शनिबार २२ अगस्टमा साउथ रेडिङ कम्युनिटी हलमा रेडिङ नेपाली समाजका अध्यक्ष भीमसेन खड्काको अध्यक्षतामा कार्यक्रमको पहिलो सत्र सम्पन्न भएको हो । कार्यक्रममा नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकार तथा दर्शक–श्रोताको उल्लेख्य सहभागिता रहेको […]

तामाङ ज्ञान–संस्कृतिमाथि विमर्श : कुन विज्ञले के भने ?

काठमाडौं । नेपाल तामाङ घेदुङ संघीय कार्यसमितिको आयोजनामा तामाङ ज्ञान–संस्कृति विमर्श कार्यक्रम सम्पन्न भएको छ । “संस्कृति हाम्रो पहिचान, ज्ञान हाम्रो शान, संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ तामाङ आदिवासी ज्ञान–संस्कृति अभिलेखीकरण, संरक्षण र पुस्तान्तरणसम्बन्धी बिमर्श कार्यक्रम सोमबार काठमाडौंको चुच्चेपाटीस्थित घेदुङ सभाहलमा सम्पन्न भएको हो । तामाङ स्रस्टा सम्मान : ज्ञान–संस्कृति विमर्श शीर्षकमा आयोजित […]

श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको वार्षिक भेला भव्यतापूर्वक सम्पन्न

शिवकुमार गुरुङ अल्डरसट । बेलायतमा बसोबास गर्दै आएका आर्थर डाँडाखर्कवासीहरूको साझा संस्था श्री पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको वार्षिक भेला भव्य रुपमा सम्पन्न भएको छ । अल्डरसटस्थित अल्डरवुड लेजर सेन्टरको सभाहलमा २२ अगस्ट २०२६ मा समाजको सातौँ कार्यसमितिका अध्यक्ष धिरज गुरुङको अध्यक्षतामा विविध कार्यक्रमसहित वार्षिक भेला भव्यतापूर्वक सम्पन्न भएको हो । प्रमुख अतिथि तमु धीं […]

पाँचथर समाज सेवा यूकेको वार्षिक भेटघाट तथा सांगीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न (तस्बिरहरु)

लन्डन । पाँचथर समाज सेवा यूकेको वार्षिक भेटघाट तथा सांगीतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । यही आइतबार २३ अगस्ट २०२६ मा बेलायतको फार्नबरो फुटबल क्लबमा अध्यक्ष नगेन्द्रराज नेम्वाङको अध्यक्षतामा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अथिति समाजसेवी रनबहादुर तावा र समाजका अध्यक्ष नेम्बाङले दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा […]

नेपाल मगर सांस्कृतिक संघको २३औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न

काठमाडौं । नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समितिको २३औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ । संस्थाका अध्यक्षनन्द घर्ती मगरको सभापतित्वमा र नेपाल मगर संघका अध्यक्ष तथा नेपाल मगर सांस्कृतिक संघका संरक्षक रक्षाबहादुर रैका मगरको प्रमुख आतिथ्यता आइतबार उक्त साधारणसभा सम्पन्न भएको हो । त्यसैगरी सांस्कृतिक संस्थान ‘नाचघर’का महाप्रबन्धक किरणबाबु पुन मगर, नेपाल मगर […]

एनआरएनए, नेपाल रेडक्रस र आईएफआरसीबीच मानवीय सहकार्यका लागि समझदारी, के-के विषय ?

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपाल रेडक्रस सोसाइटी (एनआरसीएस) र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघ (आईएफआरसी)बीच मानवीय सहायता, जनस्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा सहकार्य गर्ने समझदारी (एमओयू) भएको छ। तीन संस्थाबीचको सहकार्यले नेपालमा विपद् तथा अन्य मानवीय संकटका समयमा गैरआवासीय नेपाली समुदायको स्रोत, ज्ञान र सहयोगलाई परिचालन गर्ने आधार तयार गर्नेछ। एनआरएनएका तर्फबाट […]

नेप्लिज नर्सिङ एसोसिएसन यूकेले आयोजना गर्‍यो परोपकारी कार्यक्रम

अल्डरसट । नेपालमा सेरिब्रल पाल्सीबाट पीडित बालबालिकाको सहयोगार्थ एक च्यारिटी कार्यक्रम आयोजना गर्दै नेप्लिज नर्सिङ एसोसिएसन यूकेले आफ्नो १८ औं वार्षिकोत्सव मनाएको छ। आइतबार २३ अगष्ट अल्डरसटमा आयोजित कार्यक्रमको बरो अफ रसमूरका मेयर पिटर कलमले दीप प्रज्वलन गरी उद्घाटन गरे । कार्यक्रमको सुरुमा नेपाल तथा यूकेको राष्ट्रिय गान बजाउनुका साथै हालै पाकिस्तानमा गएको हिमपहिरोमा परी […]

वंशजको नागरिकता निरन्तरताका लागि कानुनी तथा नीतिगत पहल आवश्यक

पूर्ण गुरुङ लन्डन । नेपाल पत्रकार महासंघ (एफएनजे) यूके शाखाले विदेशमा रहेका नेपालीहरुको ‘वंशजको नागरिकता निरन्तरता’ सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । मिचेटस्थित तमु धीं यूकेको भवनमा आइतबार आयोजित कार्यक्रममा विदेशमा रहेका नेपालीको वंशजको नागरिकता निरन्तरतासँग सम्बन्धित पछिल्ला कानुनी तथा नीतिगत समस्याबारे छलफल गरिएको हो । अन्तरक्रियामा गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष […]

error: Content is protected !!