नेपालमा सुनचाँदीको मूल्य फेरि बढ्यो, सुन तोलाको ३ लाख १६ हजार ७ सय पुग्यो

काठमाडौँ । नेपालमा स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य रु १३० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ७०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ९८५ […]
नुवाकोटसहित देशका विभिन्न जिल्लामा बाढी, पहिरो, सडक अवरुद्ध

काठमाडौँ । वर्षाका कारण नुवाकोटसहित देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको शुक्रबार बिहान ०६ बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् । काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा […]
नेपाल इन्जिनियर्स एसोसिएसन यूकेको अध्यक्षमा न्यूसन श्रेष्ठ चयन

लन्डन । नेपाल इन्जिनियर्स एसोसिएसन यूकेको अध्यक्षमा न्यूसन श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ नेतृत्वको नयाँ कार्यसमिति उपाध्यक्षमा गौचन गुरुङ, कोषाध्यक्ष पूजा गुरुङ, सचिवहरुमा दीक्षान्त श्रेष्ठ र आयुश गुरुङ, सोसल मिडिया/कम्युनिकेशन म्यानेजरद्वयमा सुदीप राई र अनिल फुयाँल निर्वाचित भएका छन् । प्रमुख सल्लाहकारहरुमा संस्थाका पूर्वअध्यक्षद्वय उदीप राई र इन्दु राई तथा कार्यकारी सदस्यमा सुमन वैद्य […]
बेलायतमा शनिबार पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको वार्षिक भेटघाट

लन्डन । बेलायतमा शनिबार पञ्चकोशी (आर्थर डाँडाखर्क) समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम हुँदै छ । शनिबार, २२ अगस्ट २०२६ मा अल्डरसटस्थित अल्डरवुड लिजर सेन्टरमा समाजको भेटघाट कार्यक्रम हुन लागेको हो । कार्यक्रममा संस्थाका सदस्यहरुलाई बिहान साढे ११ बजे नै भेला हुन भनिएको छ भने पाहुनाहरुलाई १२ बजे आइपुग्न निमन्त्रणा दिइएको छ । समाजले बेलायतमा रहेका […]
नुवाकोटको घलेगाउँमा आधारभूत सम्भोटा लिपि तथा बौद्ध धर्म शिक्षा प्रशिक्षण शुभारम्भ [हेरौं १२ तस्बिरहरु]

घलेभन्ज्याङ । श्री मोक्ष धर्मदिप च्यारिटी र घलेगाउँ साँस्कृतिक केन्द्रको सहकार्यमा आधारभूत सम्भोटा लिपि तथा बौद्ध धर्म शिक्षा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको छ। २०८३ भाद्र ४ गते आयोजित कार्यक्रममा श्रद्धेय धर्मगुरु टुल्कु धावा नोर्बु रिन्पोछेको प्रमुख आतिथ्यता रहेको थियो। घलेगाउँ साँस्कृतिक केन्द्रका अध्यक्ष लालबहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न गुम्बाका प्रमुख संरक्षक, लामागुरु, स्थानीयवासी, समाजसेवी […]
नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले भने – रोकिएका कामलाई अगाडि बढाउनेछु

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशमा रोकिएका तथा कार्यान्वयनमा समस्या देखिएका विकासका कामलाई गति दिने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँले नागरिकको आवश्यकता पहिचान गरी पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो । स्थानीय तहमा वडाध्यक्ष र प्रदेशको स्वास्थ्यमन्त्रीका […]
नेपालको बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त

काठमाडौं । नेपालको बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापा मगर नियुक्त भएका छन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सांसद थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को समर्थनमा प्रदेश प्रमुखसमक्ष बुधबार दाबी पेस गरेका थिए । १०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ […]
धम्पुस परिवार यूकेको २९ अगस्टमा वार्षिक भेटघाट, प्रिया र सर्मिलाको सांगीतिक धमाका

लन्डन । धम्पुस परिवार यूकेले यही २९ अगस्टमा वार्षिक भेटघाट कार्यक्रम–२०२६ आयोजना गर्ने भएको छ। बेलायतमा रहेका धम्पुसेहरूबीच आपसी भेटघाट, आत्मीयता र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रम शनिबार, २९ अगस्ट २०२६ का दिन फार्नबरोस्थित स्यामुयल कोडी स्पोर्ट कलेजमा दिउँसो १ बजेदेखि राति ९:३० बजेसम्म सञ्चालन हुने आयोजकले […]
राजेशपायल राई र प्रकाश सपूतले बेलायत भ्रमण गर्दै, क्रिसमस र नयाँ वर्षमा विशेष सांगीतिक कार्यक्रम

लन्डन । नेपाली संगीत क्षेत्रका लोकप्रिय कलाकार प्रकाश सपूत र राजेशपायल राईले आगामी क्रिसमस तथा नयाँ वर्षको अवसरमा बेलायतमा विशेष सांगीतिक यात्रा गर्ने भएका छन्। ‘यूके टुर २०२६-२०२७’ नाम दिइएको उक्त सांगीतिक यात्रामा दुवै कलाकारले बेलायतका विभिन्न सहरमा पुगेर नेपाली दर्शक–श्रोतामाझ प्रस्तुति दिने तयारी गरेका हुन्। आयोजक जीटीबास इन्टरटेन्टमेन्ट र किजटुसक्सेसका अनुसार क्रिसमस तथा नयाँ […]
निर्मल पुर्जा स्तम्भ, अन्ध गल्छी र रुप्से झरना एकै ठाउँमा रहँदा जन्मभूमिको सम्मान

म्याग्दी केवल हिमाल, पहाड र प्राकृतिक सौन्दर्यले भरिएको जिल्ला मात्र होइन; यो साहस, संघर्ष, सम्भावना र विश्वलाई चिनाउने प्रतिभाहरूको जन्मभूमि पनि हो। यही माटोले विश्वचर्चित हिमाल आरोही निर्मल पुर्जा (निम्सदाइ) जस्ता साहसी व्यक्तित्वलाई जन्म दिएको छ। विश्वका अग्ला हिमालहरूमा नेपालको झन्डा फहराउँदै नेपालको नाम विश्वभर पुर्याएका निर्मल पुर्जा आज म्याग्दीको मात्र होइन, सम्पूर्ण नेपालीको र […]
यसरी सम्पन्न भयो ईलमपोखरी समाज यूकेको वार्षिक गृष्मकालीन कार्यक्रम

परशु गुरूङ लन्डन । ईलमपोखरी समाज यूकेले हरेक वर्ष ल्होछार कार्यक्रम र गृष्मकालीन कार्यक्रम आयोजना गर्ने गर्दछ । यस पटक यो गृष्मकालीन कार्यक्रम शनिबार १५ अगष्टमा अल्डरवुड लिजर सेन्टर अल्डरसट परिसरमा सभ्य र भव्य रुपमा सम्पन्न भयो । लमजुङ समाज यूकेका अध्यक्ष तथा ईलमपोखरी समाजका निवर्तमान अध्यक्ष पूर्णराज गुरुङको प्रमुख आतिथ्यमा, विशेष अतिथि लमजुङ समाज […]
बेलायतमा एउटा नेपाली बिद्यार्थीले ट्यूसन फि तिरिदिन आग्रह

विशाल पराजुली, बेलायत। बेलायतको बर्मिंघमस्थित एक नेपाली विद्यार्थी आर्थिक अभावको कारण ट्यूसन फि तिर्न असमर्थ भएकी बताएकी छिन्। उनले सन् २०२६ को सेप्टेम्बरको अन्त्यभन्दा अगाडि बाँकी रहेको ट्यूसन फि £७,००० (सात हजार पाउन्ड) तिर्न तत्काल आर्थिक अभावका कारण तिर्न असमर्थ भएको बताउदै सहयोगको लागि आग्रह गरेकी छिन् । आफ्नो शिक्षा र जीवनयापनको खर्चमा यसअघि नै […]