बेलायतमा आगामी २६ सेप्टेम्बरमा ‘काव्य–सन्ध्या’ हुने

लन्डन । बेलायतमा आगामी २६ सेप्टेम्बरमा ‘काव्य–सन्ध्या’ हुने भएको छ । बेलायतमा नेपाली साहित्यको प्रवर्द्धन तथा स्रष्टाहरूलाई सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्यले ‘साहित्य सङ्गालो’ परिवारको संयोजनमा तेस्रो शृङ्खलाअन्तर्गत ‘काव्य–सन्ध्या’ आयोजना हुने भएको छ । आयोजकका अनुसार कार्यक्रममा आठ जना नेपाली कविहरूले आफ्ना सिर्जना प्रस्तुत गर्नेछन्। कविता वाचनसँगै सहभागी कविहरूको छोटो साहित्यिक परिचय तथा […]
बेलायतमा अगष्ट २८ मा समर म्युजिकल इभेन्ट २०२६ हुँदै, राजेन्द्र, दीपा र लक्ष्मणको प्रस्तुति रहने

लन्डन । बेलायतमा यही अगष्ट २८ मा समर म्युजिकल इभेन्ट २०२६ हुने भएको छ। ताप्लेजुङ यूके युवा समाज बेलायतद्वारा सेवा नै धर्म हो भन्ने मुल नाराका साथ आपतकालीन राहत कोष सहयोगार्थ म्युजिकल इभेन्ट गर्न लागेको हो । समर म्युजिकल ईभेन्टमा नेपालबाट आएका गायक/गायिकाहरु लक्ष्मण चोङ्बाङ, दिपा सुहाङ र राजेन्द्र केरुङले सांगीतिक प्रस्तुति दिने भएका छन्। […]
एनआरएनए पूर्वअध्यक्ष कुल आचार्यलाई ‘किताब जात्रा डायस्पोरा उद्यमशीलता अवार्ड’

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) पूर्वअध्यक्ष तथा व्यवसायी कुल आचार्य ‘किताब जात्रा डायस्पोरा उद्यमशीलता अवार्ड’बाट सम्मानित भएका छन् । किताब यात्रा फाउन्डेसनको आयोजनामा नेपाली दूतावास लन्डनमा शुक्रबार भएको तेस्रो ‘किताब जात्रा’का अवसरमा पूर्वअध्यक्ष आचार्यलाई सम्मान गरिएको हो । आचार्यसँगै व्यवसायी तथा समाजसेवी रविन्द्रजंग लामिछानेलाई किताब जात्रा डायस्पोरा सामाजिक पहल सम्मान, लेक्स लिम्बूलाई युथ […]
मेजर हितमान गुरुङ मानार्थ एमबिइ द्वारा सम्मानित

चिम्खोले काईला – बेलायत। ब्रिटिस गोर्खा ब्रिगेडका पूर्वसैनिक मेजर हितमान गुरुङलाई बेलायतका राजा चार्ल्स तृतीयले मानार्थ मेम्बर अप ब्रिटिश एम्पाएर (एमबिइ) पदकद्वारा सम्मान गरिबक्सेको छ। मेजर गुरुङले गोर्खा भूतपूर्व सैनिक र उनीहरूका परिवारको सेवामा पुर्याउनुभएको योगदानको कदर गर्दै संयुक्त अधिराज्य बेलायतका राजाले सम्मान गरिवक्सेको हो। मेजर गुरुङ सन् १९७३ सालमा नेपालको पक्लिहवामा ब्रिटिश आर्मीमा आवद्ध […]
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य बने गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति सदस्यमा मनोनीत भएका छन् । पार्टीको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सुधन गुरुङसहित सुनिल लम्साल, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डा मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा भक्तबहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो । बैठकले पार्टीका विभिन्न पदाधिकारी तथा […]
नुवाकोटमा बाढीपहिरोको क्षति : उद्धार र सडक खुलाउने तत्काल पहल गर्न पूर्वमन्त्री हितबहादुर तामाङको आग्रह

काठमाडौँ । पूर्वमन्त्री तथा पूर्वसांसद हितबहादुर तामाङले अविरल वर्षाका कारण नुवाकोटका विभिन्न स्थानीय तहमा भएको बाढीपहिरोको क्षतिप्रति तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् । उनले शुक्रबार सामाजिक सञ्जालमार्फत नुवाकोटको पूर्वी क्षेत्रका शिवपुरी, पञ्चकन्या, तादी र दुप्चेश्वर गाउँपालिकाका विभिन्न वडामा बाढीपहिरोका कारण सडक, पुल, कृषियोग्य खेतबारी, घरगोठ तथा पशुचौपायामा व्यापक क्षति भएको […]
समाजसेवी ओमबहादुर गुरुङले दिए जन्मदिनमा मानवसेवा आश्रमलाई ७ लाख १६ हजार

लन्डन । समाजसेवी ओमबहादुर गुरुङले आफ्नो ८४ औं जन्मदिनको अवसरमा मानवसेवा आश्रमलाई ७ लाख १६ हजार १ सय ११ रुपैयाँ सहयोग दिएका छन् । गुरुङले आश्रमको एक कोठे भवन निर्माणका लागि ६ लाख ५१ हजार १ सय ११ रुपैयाँ र आश्रित व्यक्तिहरुलाई बिहानको विशेष भोजनको निम्ति नगद ६५ हजार रुपैयाँ सहयोग गरेका हुन् । ओमबहादुर […]
अविरल वर्षापछि नुवाकोटको पूर्वी क्षेत्रमा बाढीपहिरोले व्यापक क्षति, कहाँ के भयो ? [तस्बिरसहित]

नुवाकोट । बिहीबार राति परेको अविरल वर्षाका कारण नुवाकोट जिल्लाको पूर्वी भेगका विभिन्न स्थानीय तहमा बाढीपहिरोले व्यापक क्षति पुर्याएको छ। दुप्चेश्वर, शिवपुरी, तादी, पञ्चकन्या र लिखु गाउँपालिकाका विभिन्न गाउँ तथा सडक प्रभावित भएका छन् । बाढीपहिरोका कारण कृषि योग्य जमिन, सडक, पुल, घर तथा पशुचौपायामा क्षति पुगेको छ भने विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। […]
नेपाल पत्रकार महासंघ यूकेले २३ अगस्टमा ‘वंशजको नागरिकता निरन्तरता’ बहस कार्यक्रम गर्ने

लन्डन । नेपाल पत्रकार महासंघ यूकेको आयोजनामा ‘वंशजको नागरिकता निरन्तरता’ विषयमा बहस कार्यक्रम हुँदैछ । मिचेटस्थित तमु धीं यूके भवनमा यही २३ अगस्ट २०२६ आइतबार उक्त बहस कार्यक्रम हुन लागेको हो । दिउँसो २ बजे आयोजना हुने कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष रामशरण सिम्खडा, सीएनसीबीजीका अध्यक्ष थर्क राना र अधिवक्ता गोविन्द बेल्वासे अतिथिका रूपमा […]
ब्रिगेड अफ गोर्खाज् इन्टेक १९८३ को शनिबार वार्षिक भेला : कुमारी, निता र सरिस्मा आउने

लन्डन । सन् १९८३ मा ब्रिगेड अफ गोर्खाजमा भर्ती भएका गोर्खा सैनिकहरूको समूहले शनिबार वार्षिक भेला आयोजना गर्दै छ । नेपालबाट आएका चर्चित कलाकारहरुको साथमा ‘ब्रिगेड अफ गोर्खाज् इन्टेक १९८३’ले सर्रे क्याम्बर्लीस्थित फ्रिम्ली कम्युनिटी सेन्टरमा भेला आयोजना गर्न लागेको हो । बिहान साढे ११ बजेदेखि सुरु हुने कार्यक्रममा चर्चित गायिका कुमारी चेपाङ, भ्वाइस अफ नेपाल […]
नेपालमा सुनचाँदीको मूल्य फेरि बढ्यो, सुन तोलाको ३ लाख १६ हजार ७ सय पुग्यो

काठमाडौँ । नेपालमा स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य रु १३० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ७०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ९८५ […]
नुवाकोटसहित देशका विभिन्न जिल्लामा बाढी, पहिरो, सडक अवरुद्ध

काठमाडौँ । वर्षाका कारण नुवाकोटसहित देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा राति सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । प्रहरी प्रधानकार्यालयले जारी गरेको शुक्रबार बिहान ०६ बजेसम्मको विवरण अनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक प्रभावित भएका छन् । काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक सम्भावित बाढीको जोखिमलाई ध्यानमा […]