नेपाली नयाँ वर्षको अवसरमा च्यारिटी कार्यक्रम गर्दै पर्वत समाज यूके

लन्डन । पर्वत समाज यूकेले पर्वतका गरिव तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ नेपाली नयाँ वर्ष २०८३ को अवसरमा च्यारिटी कार्यक्रम गर्ने भएको छ । अल्डरसटस्थित एम्पायर हलमा आउँदो अप्रिल ४ तारिख शनिबार च्यारिटी डिनर गर्न लागिएको हो । नेपालका राष्ट्रिय कलाकारहरुको प्रस्तुतिका साथ सांगीतिक माहोलमा च्यारिटी डिनर गर्ने योजना रहेको समाजका अध्यक्ष सुरज पौडेलले जानकारी दिए […]

इरानी आक्रमणको जवाफ दिएको इजरायलको दावी

जेरुसेलम । इजरायली सेनाले बिहीबार इरानको क्षेप्यास्त्र आक्रमणको जवाफ दिएको दावी गरेको छ । सेनाले विज्ञप्ति जारी गर्दै इरानबाट इजरायलको क्षेत्रमा प्रहार गरिएका क्षेप्यास्त्रहरूको स्पष्ट पहिचान गरी जवाफ दिएको उल्लेख गर्दै खतरा रोक्नका लागि रक्षात्मक प्रणालीहरू सञ्चालन भइरहेको जानकारी दिएको छ । पहिलो आक्रमण पछि सेनाले स्थानीय वासिन्दाहरुलाई देशका विभिन्न क्षेत्रका संरक्षित ठाउँ छोड्न अनुमति […]

सीएनसीबीजी यूकेका अध्यक्ष रानाद्वारा बन्दी सहायता नेपालमा खाद्यान्न सहयोग

लन्डन । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी) यूकेका अध्यक्ष एव् मगर यूकेका संस्थापक अध्यक्ष थर्क रानाले बन्दी सहायता नेपालला२ खाद्यान्न सहयोग गरेका छन् । नेपालमा रहेका रानाले चैत ११, २०८२ (२५ मार्च २०२६)मा बन्दी सहायताको कार्यालय पुगेर खाद्यान्न सहयोग गरेका हुन् । ‘आज (बुधबार)पूर्वउपसभामुख, हालै निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय इन्दिरा राना मगरज्यूद्वारा काठमाडौं सोह्रखुट्टेमा […]

बेलायतमा स्थानीय निर्वाचन : नेपाली को को छन् मैदानमा ?

लन्डन । बेलायतमा आउँदो मे ७ मा हुने स्थानीय निर्वाचनमा नेपालीमूलका उम्मेदवारहरू पनि मैदानमा उत्रिएका छन् । निर्वाचनको दौरानमा रहेका उम्मेदवारहरुमा पूर्व ब्रिटिस आर्मीदेखि चिकित्सकलगायत छन् । उनीहरुले अहिले चुनाव प्रचारप्रसारलाई तीव्रता दिइरहेका छन् । उत्तरबहादुर गुरुङ : भूतपूर्व ब्रिटिश गोर्खा नेपालीहरुको उल्लेख्य बसोवास रहेको रसमोर बरो अन्तर्गत अल्डरसटस्थित वेलिङटन वार्डमा काउन्सिलर उम्मेदवार बनेका छन् […]

अमेरिकी डलरको भाउ बढ्यो, युके पाउन्ड स्ट्रलिङ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ बढेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ०७ पैसा र बिक्रीदर १५० रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १७४ रुपैयाँ […]

मगर संघ यूकेको वार्षिक साधारणसभा ४ अप्रिलमा

लन्डन । मगर संघ यूकेको वार्षिक साधारणसभा ४ अप्रिलमा हुने भएको छ । फार्नबरोस्थित कोभ क्राइस्ट चर्च कोभर्डको पेरिसमा साधारणसभा बोलाइएको मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुन (लालु) ले जानकारी दिए । साधारणसभा बिहान साढे ११ बजेदेखि सुरु हुने छ । अध्यक्ष लालुले सबै सदस्यहरुलाई साधारणसभामा उपस्थित हुन अनुरोध गरेका छन् । साधारणसभा सुरु हुनुअघि […]

लन्डनमा एम्बुलेन्समा आगजनी घटना : आरोपित दुई बेलायती पक्राउ

लन्डन । उत्तरी लन्डनको गोल्डर्स ग्रीनस्थित यहूदी स्वयंसेवक संस्था हात्जोलाका चार वटा एम्बुलेन्समा आगजनी गरिएको घटनामा दुई जनालाई पक्राउ परेका छन् । ती एम्बुलेन्समा सोमबार बिहान आगजनी भएको थियो । उक्त घटनामा ४७ वर्षीय एक पुरुषलाई बुधबार बिहान उत्तर–पश्चिम लन्डनबाट मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको हो भने ४५ वर्षीय अर्का पुरुषलाई मध्य लन्डनबाट पक्राउ गरिएको बीबीसीले […]

नेपालमा दुई हप्ता नपुग्दै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले बुधबार मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको छ । यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो । निगमले पेट्रोलको मूल्य पहिलो वर्गमा […]

राष्ट्रिय खेलकुद परिषद्‌द्वारा अखिल नेपाल फुटबल संघ निलम्बित

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई निलम्वन गरेको छ । परिषद्को निर्णयअनुसार एन्फाको कार्यकारी समितिलाई तीन महिनाका लागि निलम्वन गरिएको गरिएको परिषद्द्वारा आज जारी गरेको पत्रमा उल्लेख गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार एन्फाले आवश्यक प्रक्रिया नअपनाएको, निर्णयहरू कार्यान्वयन नगरेको तथा […]

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालनको पहल गर्ने

लन्डन । बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी रूपमा बन्द गरेको प्रमुख ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न पहल गर्ने भएका छन् । उनीहरूले यस हप्ता करिब ३० देशहरूको वार्ताको अध्यक्षता गर्ने बेलायती सञ्चारमाध्यमले बुधबार जनाएका छन् । रक्षा अधिकारीलाई उद्धृत गर्दै ‘द गार्जियन’ ले भनेको छ, ‘चिफ अफ डिफेन्स स्टाफको बैठक यसै हप्ताको […]

मध्यपूर्वमा तनाव कायमै :अमेरिकाद्वारा इरानलाई १५ बुँदे युद्धविराम प्रस्ताव

लन्डन । अमेरिका सरकारले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ । यो प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म पुर्‍याइएको बताइएको छ, जसले अमेरिका र इरानबीच वार्ता पुनः सुरु गराउन मध्यस्थताको भूमिका खेल्ने सङ्केत दिएको छ । यसैबीच, अमेरिका मध्यपूर्व क्षेत्रमा आफ्नो सैन्य उपस्थिति थप सुदृढ बनाउने तयारीमा देखिएको छ । करिब […]

नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

काठमाडौँ । नेपालको प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । यसैगरी समारोहमा मन्त्री, नव निर्वाचित सांसद, […]

error: Content is protected !!