एनआरएनएद्वारा नागरिकता ऐनसम्बन्धी विषयमा विस्तृत छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयअन्तर्गतको श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाका उपसचिव कृष्णकुमार सुवेदीसँग भेटवार्ता गरी गैरआवासीय नेपाली नागरिकता ऐन तथा त्यससँग सम्बन्धित पछिल्ला विकासक्रमबारे विस्तृत छलफल गरेको छ । भेटका क्रममा गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन प्रक्रिया, त्यसक्रममा देखिएका व्यावहारिक चुनौती तथा समाधानका सम्भावित उपायबारे विचार–विमर्श भएको थियो। साथै, […]

अनेसास केन्द्रीय कार्यसमितिको अध्यक्षमा लालगोपाल सुवेदी निर्वाचित

बेलायत । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको अध्यक्षमा अमेरिका निवासी संस्थाका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी निर्वाचित हुनुभएको छ। गत जुलाई ७ देखि ९ तारिखसम्म सम्पन्न निर्वाचनको शुक्रवार सार्वजनिक मतपरिणामअनुसार सुवेदीले आफ्ना प्रतिस्पर्धी क्यानाडा निवासी सुरेन उप्रेतीलाई पराजित गर्दै नेतृत्व सम्हाल्न सफल हुनुभएको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अमेरिकाबाट तारा अधिकारी र उपाध्यक्ष (अमेरिका […]

नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आत्मदाहको प्रयास गरेका गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी गरिएको तर निजको स्वास्थ्य अवस्था अस्थिर भएको चिकित्सकहरुले बताएपछि त्यता लैजान नसकिएको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय मन्त्री गुरुङले नेपालीलाई भारत लैजान भारतसँग समन्वय पनि गरेको बताउनुभयो । मन्त्री गुरुङले स्थानीय र प्रदेश सरकार राष्ट्रिय स्वतन्त्र पार्टी […]

शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु

काठमाडौँ । पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको मृत्यु भएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार आत्मदाहको प्रयास गरेका नेपालीको शुक्रबार बिहान वीर अस्पतालमा मृत्यु भएको हो । वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा पियुष दाहालले निरन्तर रुपमा अथक प्रयास गरे पनि बिहान ११:१९ बजे नेपालीको निधन भएको जानकारी दिए । सरकारले […]

बेलायतमा दुई महिनाकी सुत्केरी रञ्जिता भण्डारीको निधन, शव नेपाल लगिने

लन्डन । बेलायतमा दुई महिनाकी सुत्केरी रञ्जिता भण्डारीको निधन भएको छ । काठमाडौं गोकर्ण घर भई बेलायतको प्रेस्टर्न बस्दै आएकी भण्डारीको सुतेकै ठाउँमा निधन भएको उनका श्रीमान् दिवस थापालाई उद्धृत गर्दै एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले जनाएका छन् । रन्जिताले दुई महिनाअघि छोरालाई जन्म दिएकी थिइन् । रन्जिता सन् २०२१ को अक्टोबरमा अध्ययनका लागि बेलायत […]

‘अनेसास सुप्रमा–ईप्रमा पुरस्कार २०२६’ देवीप्रसाद सुवेदीको उपन्यास ‘उर्वशी’लाई प्रदान गरिने

लन्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरले प्रदान गर्दै आएको अनेसास सुप्रमा–ईप्रमा पुरस्कार–२०२६ प्रा.डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘उर्वशी’ लाई प्रदान गरिने भएको छ । अनेसास यूकेका अध्यक्ष राज श्रेष्ठले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार निर्णायक समितिले उत्कृष्ट ६ कृतिमध्ये डा. सुवेदीको उपन्यास उर्वशीलाई सर्वोत्कृष्ट घोषणा गरेको हो । प्रमाणपत्र तथा ५ सय १ पाउन्ड […]

नेप्लिज नर्सिङ एसोसिएसन युकेले बुधबार वेबिनार आयोजना गर्ने, जीवन विज्ञानका संस्थापक शर्माको प्रस्तुति

लन्डन – नेप्लिज नर्सिङ एसोसिएसन (एनएनए) युकेले “काम तथा जीवनबीच सन्तुलन र अन्तरपुस्ता संवाद” विषयमा एउटा वेबिनार आयोजना गर्न लागेको छ। जीवन विज्ञान यूकेसँगको सहकार्यमा १५ जुलाई (सोमवार) बेलुका ८:३० बजेदेखि ९:३० बजेसम्म संचालन गरिने वेबिनारमा जीवन विज्ञानका संस्थापक एवम् जीवन विकास विशेषज्ञ गुरु एलपी भानु शर्माको प्रस्तुति रहने छ। उक्त प्रस्तुतिपछि प्रश्नोत्तरको कार्यक्रम पनि […]

बेलायती गोर्खा सैनिक र तिनका सन्ततीको वंशजको नागरिकता सुनिश्चित गर्न सांसद बिना गुरुङको माग

लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद बिना गुरुङले बेलायती गोर्खा सैनिक तथा तिनका सन्ततीले अविछिन्न रूपमा वंशजको नागरिकता पाउने व्यवस्था सुनिश्चित गर्न माग गरेकी छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले नागरिकता ऐन २०६३ संशोधन गरी ‘एकपटकको नेपाली, सधैंको नेपाली’ अवधारणा लागू गर्न सरकारसँग जोडदार माग गरेकी हुन् । नेपाल सरकारकै सहमतिमा बेलायतको […]

समाजसेवी धनकाजी र होमकुमारी गुरुङ दम्पतीलाई स्याङ्जा समाज युकेको सम्मान

लन्डन । स्याङ्जा समाज यूकेले समाजसेवी धनकाजी गुरूङ र होमकुमारी लन्डन । स्याङ्जा समाज यूकेले समाजसेवी धनकाजी गुरूङ र होमकुमारी गुरुङ दम्पतीलाई निवासमै पुगेर सम्मान गरेको छ । बुधबार ८ जुलाई २०२६ का दिन ईस्टहाम निवासी स्याङ्जा समाज यूकेका सल्लाहकार धनकाजी गुरुङ र स्याङ्जा समाज यूकेकी संस्थापक आमा अध्यक्ष होमकुमारी गुरुङलाई अध्यक्ष रुपा गुरुङ, महासचिव […]

बेलायतमा ११ जुलाईमा रेडिङ तमु समाजको ‘समर बीबीक्यू २०२६’, को को छन् कलाकार ?

लन्डन। बेलायतस्थित रेडिङ तमु समाजले यही ११ जुलाईमा ‘समर बीबीक्यू २०२६’ आयोजना गर्दैछ । नेपालबाट आएका चर्चित कलाकार र स्थानीय कलाकारको सांगीतिक प्रस्तुतिसहित कार्यक्रम गर्न लागिएको हो । आयोजकका अनुसार कार्यक्रममा वरिष्ठ गायक दुर्गा गुरुङ, चर्चित गायिकाहरु मन्जु बिक र शर्मिला गुरुङ ‘सरु’को सांगीतिक प्रस्तुति रहने छ । कार्यक्रम दिउँसो १२ बजेदेखि तमु प्ये ल्हु […]

हङकङ–मकाउ भ्रमण : इतिहास, संस्कृति र आधुनिकताको अनुपम संगम

शिवकुमार गुरुङ हङकङ बसाइँको तेस्रो दिन, २५ जुन २०२६ मा हामीले आधुनिक इन्जिनियरिङ, समृद्ध इतिहास र विविध संस्कृतिको अद्भुत संगमस्थल मकाउको अविस्मरणीय भ्रमण गर्ने अवसर प्राप्त गर्‍यौँ। यो यात्रा केवल एउटा पर्यटकीय भ्रमण मात्र नभई मानव सिर्जनशीलता, ऐतिहासिक सम्पदा र आधुनिक विकासलाई नजिकबाट अनुभूति गर्ने अवसर पनि बन्यो। यात्राको सुरुवात बिहान ८:३० बजे काउलुनको जोर्डनस्थित […]

शेर्पा संघ बेलायत साउथ सेन्ट्रल कम्युनिटीले २२ अगस्टमा समर भेटघाट आयोजना गर्ने

लन्डन। शेर्पा संघ बेलायत साउथ सेन्ट्रल कम्युनिटीले आगामी अगस्ट २२ मा समर भेटघाट (फाङ–ङि) २०२६ आयोजना गर्ने भएको छ। समुदायबीच आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने, नयाँ सदस्यहरूसँग परिचय गराउने, बेलायतमा नयाँ आएका शेर्पा समुदायका सदस्यलाई स्वागत गर्ने तथा परिवार र साथीभाइसँग सामूहिक रूपमा रमाइलो समय बिताउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। कार्यक्रम […]

error: Content is protected !!