मध्यपूर्व संकटबारे छलफल : सरकार, दूतावास र एनआरएनए बीचको समन्वय संयन्त्र सुदृढ गर्नुपर्ने सुझाव

काठमाडौं र नेपाल सरकार, दूतावास र एनआरएनए बीच मध्यपूर्वको वर्तमान संकटका कारण नेपाली श्रमिकहरूको सुरक्षा र व्यवस्थापनबारे समन्वयात्मक छलफल सम्पन्न भएको छ। मध्यपूर्वको वर्तमान संकट र त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको सुरक्षा, उद्धार तथा संकट व्यवस्थापन विषयमा परराष्ट्र मन्त्रालय डायस्पोरा डिभिजन लगायत सरकारी तथा गैरसरकारी ४० भन्दा बढी संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा समन्वयात्मक बैठक सम्पन्न भएको हो […]
तमु धिं नेपालको ४२ औं स्थापना दिवस : लिटिलस्टेपका गुरुङ सम्मानित, ४० विद्यार्थीलाई शैक्षिक सहयोग

पोखरा । तमु समुदायको सामाजिक अग्रणी संस्था तमु धिं नेपालले ४२ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले उद्घाटन गर्नुहुँदै अप्ठ्यारो अवस्थामा स्थापित तमु धिं नेपालले तमुहरुको एकता, पहिचान र अधिकारको यात्रालाई सशक्त बनाउने शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले तमु धिं […]
बेलायतमा मंगलबार घट्यो सुनको भाउ, तोलाको कति ?

लन्डन । बेलायतमा मंगलबार सुनको भाउ घटेको छ । नेप्लिज ज्वेलर्स एसोसिएसन यूकेका अनुसार सोमबारको तुलनामा प्रतितोला १० पाउन्ड घटेको हो । आज तोलाको १४ सय १० पाउन्डमा कारोबार भइरहेको छ । सोमबार १४ सय २० पाउन्डमा कारोबार भएको थियो । चाँदीको मूल्य भने प्रतितोला ४० पाउन्डमै कारोबार भइरहेको छ ।
नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी पूरा : अनेसास

काठमाडौँ । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजना तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा कोलोराडोमा मे तेस्रो साता हुन गइरहेको नवौँ अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा अनेसासको बोर्ड अफ ट्रष्टिका सभापति पदम विश्वकर्माले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । नेपालसहित विश्वका विभिन्न मुलुकबाट […]
हेरौं, तमु समाज युकेको १९औँ वार्षिक साधारणसभाका १९ तस्बिर

लन्डन । तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार मे १७ मा लन्डनस्थित विम्बलीको बारहाम पार्कभित्र रहेको समाजको सामुदायिक भवनमा साधारणसभा सम्पन्न भएको हो । पहिलो चरणमा वार्षिक साधारणसभा सम्पन्न गरिएको थियो भने दोस्रो चरणमा हालै बेलायतको स्थानीय निकायको निर्वाचनमा पुनः काउन्सिलरमा निर्वाचित कमलबहादुर गुरुङ दम्पतीलाई विशेष सम्मान गरिएको थियो । महासचिव […]
तमु समाज युकेको १९औं वार्षिक साधारणसभा सम्पन्न, काउन्सिलर कमल गुरुङ दम्पतीलाई विशेष सम्मान

लन्डन । तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार मे १७ मा लन्डनस्थित विम्बलीको बारहाम पार्कभित्र रहेको समाजको सामुदायिक भवनमा साधारणसभा सम्पन्न भएको हो । पहिलो चरणमा वार्षिक साधारणसभा सम्पन्न गरिएको थियो भने दोस्रो चरणमा हालै बेलायतको स्थानीय निकायको निर्वाचनमा पुनः काउन्सिलरमा निर्वाचित कमलबहादुर गुरुङ दम्पतीलाई विशेष सम्मान गरिएको थियो । महासचिव […]
कङ्गो र युगान्डामा इबोला फैलिँदै, कम्तीमा ८८ जनाको मृत्यु

अबुजा । विश्व स्वास्थ्य सङ्गठनले कङ्गो र छिमेकी युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ । दुर्लभ भाइरसका कारण फैलिएको यस प्रकोपमा हालसम्म ३०० भन्दा बढी शङ्कास्पद सङ्क्रमण र ८८ जनाको मृत्यु भइसकेको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार, यो प्रकोप हालको अवस्थामा कोरोना महामारीजस्तो विश्वव्यापी महामारीको स्तरमा नपुगेको […]
हर्कराज नेतृत्वको श्रम संस्कृति पार्टीद्वारा प्रतिनिधिसभामा ‘प्ले कार्ड’ देखाउँदै सभामुखको वेल घेराउ

काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध जनाएका छन् । बैठक प्रारम्भ हुनासाथ सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सदस्यहरुले आफ्नो स्थानबाट उठेर सरकारको विरोध गरिएका ‘प्ले कार्ड’ देखाउँदै सभामुखको वेल घेराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए । उक्त पार्टीको विरोधप्रति ध्यानाकर्षण गराउँदै सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय […]
तमु धीं यूके आमा समूहलाई निवर्तमान महासचिव यशोदा गुरुङबाट मफलर उपहार

लन्डन । तमु धीं यूके आमा समूहकी निवर्तमान महासचिव यशोदा गुरुङले संस्थालाई मफलर उपहार प्रदान गरेकी छन् । विगतमा पनि संस्थालाई विभिन्न सहयोग गर्दै आएकी यशोदाले आइतबार मिचेटस्थित तमु धीं भवनमा आयोजित गोर्खा कपबारेको पत्रकार सम्मेलनमा ४० वटा मफलर सहयोग गरेकी हुन् । मफलर अध्यक्ष कमलादेवी गुरुङ,महासचिव शान्ता गुरुङ र संस्थापक अध्यक्ष एवं एनआरएनए यूकेकी […]
[समीक्षा] ‘जिन्दगी फूल सम्झे फूलै हो’ : संघर्ष, संवेदना र समर्पणको जीवन यात्रा

‘जिन्दगी फूल सम्झे फूलै हो’ डा. सुमाया राईको आत्मकथात्मक संस्मरण हो । ५०४ पृष्ठमा फैलिएको यस कृतिको शीर्षक जति आकर्षक छ, त्यत्तिकै यसभित्र समेटिएका विषयवस्तु संवेदनशील र प्रेरणादायी छन्। जीवनका विविध मोडलाई सरल तथा आत्मीय शैलीमा अभिव्यक्त गरिएकोले यो पुस्तक पठनीय छ। ६ खण्डमा विभाजित यस कृतिमा दुई-तीन पृष्ठमा समेटिएका छोट्छोटा अध्यायहरु छन्। सुमायाको जीवनलाई […]
हिज इमिनेन्स डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन

पूर्ण गुरुङ, लण्डन । पोखरा, हेम्जा गुम्बाका धर्म गुरु हिज इमिनेन्स डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको अल्डरसटस्थित गुम्बामा धार्मिक प्रवचन सम्पन्न भएको छ। शनिबार १६ मे का दिन आयोजित विशेष समारोहमा उहाँले कम्ग्युर पाठ र शरणगमनको बारेमा विस्तृत प्रवचन दिनुभएको हो। सोही दिन बिहान बीसीसी युकेका प्रमुख गुरु खेन्पो छिरिङ्गलगायत धर्मगुरुहरुले घेतुम्बा […]
छैटौँ सुइन्डन भलिबल कपको उपाधि १ जीआर र मोनालाई

जयराम तामाङ, स्वीन्डन, युके । मे १६ तारिख शनिबारका दिन स्वीन्डनस्थित न्यु कलेजको खेल मैदानमा छैटौँ स्वीन्डन भलिबल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। गोर्खा नेपाली समाज स्वीन्डन र स्वीन्डन भलिबल क्लबको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा पुरुषतर्फ १५ र महिलातर्फ ८ टिमले प्रतिस्पर्धा गरेका थिए। पुरुषतर्फको प्रतिस्पर्धात्मक फाइनल खेलमा १ जीआर (रोयल गोर्खा रेजिमेन्ट) […]