हङकङले बेलायतबाट हुने भ्रमणमा प्रतिबन्ध लगाउने
हङकङ असार १४ । हङकङले बेलायतलाई कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा राखेको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार बेलायतलाई कोरोनाको अति उच्च जोखिमको सूचीमा राखेसँगै हङकङले बेलायतबाट आउने सबैलाई भ्रमण प्रतिबन्ध लगाउने भएको छ।
