जापानमा फेरि सङ्कटकालको घोषणा
एजेन्सी वैशाख ११ । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि फेरि सङ्कटकालको घोषणा गरेका छन् । राजधानी टोकियोसहित उनले अरु केही पश्चिमी प्रान्तहरू ओसाका, क्योटो र ह्योगोमा सङ्कटकालको घोषणा गरेका हुन् ।



