गोर्खा मुद्दाबारे बेलायत र नेपालबीचको सोमबारको वार्ता सकियो, जुलाईमा फेरि बस्ने

एभरेष्ट टाईम्स संवाददाता लन्डन । भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपाल सरकारबीचको सोमबार भएको उच्चस्तरीय वार्ता पुन: जुलाईमा बस्ने गरी सकिएको छ । गोर्खा प्रतिनिधिसहित नेपाली दूतावास लन्डनमा सोमबार ८ जुन २०२६ मा भएको वार्तामा दुवै देशका मन्त्रीलगायतले आ-आफ्ना विषय राखे पनि टुंगोमा नपुगेको हो । वार्तामा नेपालका तर्फबाट भर्चुअलमाध्यमबाट जोडिएका परराष्ट्रमन्त्री शिशिर खनालले गोर्खाका […]
बेलायत निवासी पर्या-साहित्य अभियन्ता हितानले घोषणा गरे एक लाख राशिको ‘पर्या-साहित्य पुरस्कार’

काठमाडौँ । बेलायत निवासी पर्या-साहित्य अभियन्ता विजय हितानले एक लाख राशिको ‘पर्या-साहित्य पुरस्कार’ घोषणा गरेका छन् । नेपाली पर्या-साहित्य प्रतिष्ठानका अध्यक्ष, लेखक समेत रहेका हितानले आमा प्रेमकुमारी हितानको स्मृतिमा ‘प्रेमकुमारी हितानः पर्या-साहित्य पुरस्कार’ स्थापना गरेको घोषणा गरेका हुन् । वातावरणीय साहित्यको विकास, विस्तार र उन्नयन गर्ने उद्देश्यले ११औँ वातावरण गोष्ठीको विशेष समारोहमा पुरस्कार स्थापनाको औपचारिक […]
लन्डन दूतावासमा जीटुजी वार्ता : नेपालका परराष्ट्रमन्त्री खनालले राख्ने दरोसँग भूपू गोर्खाका माग

दुत पुन लन्डन । बेलायत र नेपालबीचको मन्त्रीस्तरीय वार्ता नेपाली दूवतास लन्डनमा सुरु भएको छ । वार्ताको प्रारम्भमा ‘भर्चुअल’ माध्यमबाट सहभागी नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले गोर्खाको विषय दरोसँग राखेको वार्तामा सहभागी गोर्खा अभियन्ता धनबहादुर गुरुङले एभरेष्ट टाइम्सलाई जानकारी दिएका छन् । बेलायतको समय अनुसार दिउँसो २ बजे सुरु बैठकमा बेलायत सरकारका तर्फबाट रक्षामन्त्री जोन हिली […]
बेलायत-नेपालको उच्चस्तरीय वार्तामा सहभागी हुन लन्डन दूतावास पुगे गोर्खाका प्रतिनिधिहरु

लन्डन । बेलायत र नेपालबीचको मन्त्रीस्तरीय वार्तामा सहभागी हुन भूपू गोर्खाका प्रतिनिधिहरु नेपाली दूतावास लन्डन पुगेका छन् । जीटेनका सदस्यहरु बीजीडब्लुएसका अध्यक्ष मेजर टिकेन्द्र दल देवान जेपी, जीपीजीतर्फबाट मेजर उदयबहादुर गुरुङ एमबीई, गेसोका सभापति कृष्णकुमार राई, गोर्खा सत्याग्रह संघर्ष समितिबाट कृष्णबहादुर राई, नेसाका केशबहादुर गुरुङ, आमरण अनशनको तर्फबाट अभियन्ता पुष्पा राना घले, धनबहादुर गुरुङ र […]
गर्मीले विद्यालय बन्द, विद्यार्थीको घर घरमै पुग्छन् शिक्षक

चितवन । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा यति बेला गर्मी बिदाको छुट्टी छ । विद्यार्थी आ-आफ्नो घरमा बसेर स्कुलले दिएको गर्मी बिदाको गृहकार्य गर्दै छन्, अध्ययन गर्दै छन् । स्कुलका शिक्षकहरू भने बिदामा बसेका विद्यार्थीहरूको घर घरमा पुगेरै विद्यार्थीको दैनिक गतिविधि, गृहकार्य, आचरण व्यवहार, अध्ययनको वातावरण लगायतका विषयमा जानकारी लिइरहेका छन् । अत्यधिक गर्मी बढेसँगै […]
फिलिपिन्सको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता

मनिला । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् । राष्ट्रिय प्रकोप अधिकारीहरूका अनुसार कम्तीमा एक दर्जन व्यक्ति अझै हराइरहेका छन् भने १३४ जना घाइते भएका छन् । करिब सात लाख २० हजार जनसङ्ख्या रहेको जनरल सान्तोसको दक्षिणमा गएको भूकम्पले कम्तीमा नौ जनाको ज्यान […]
बेलायती राजदूत रोब फेन भन्छन् – नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’

काठमाडौँ । काठमाडौँमा सोमबार जलवायु नवप्रवर्तन प्रवद्र्धन (एएफसिआइए) कार्यक्रमका सम्बन्धमा सरोकारवालाबीच छलफल भएको छ । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र कृषि, वन तथा पर्यावरण मन्त्रालयको सहकार्यमा छलफलको आयोजना भएको हो । जलवायु उत्थानशीलता र खाद्य सुरक्षा सुदृढ गर्ने उद्देश्यले छलफल कार्यक्रमको आयोजना गरिएको हो । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद […]
अब नेपालमा आदिवासी को? [विचार]

आजको गोरखापत्रमा खारेज गरिएका सरकारी निकायहरूको सूचीमा पहिलो नम्बरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको नाम उल्लेख गरिएको छ । वास्तवमा सरकारले प्रतिष्ठानलाई तत्काल खारेज गरिसकेको हो वा खारेजी प्रक्रियामा जाने निर्णय मात्र गरेको हो भन्ने कुरा समाचारबाट स्पष्ट हुँदैन । तर यसले केही गम्भीर प्रश्नहरू भने अवश्य उठाएको छ । केही कानुनी पक्ष आदिवासी जनजाति […]
हायु समाज नेपालको अध्यक्षमा लक्ष्मण हायु सर्वसम्मत चयन

काठमाडौं । हायु समाज नेपालको अध्यक्षमा लक्ष्मण हायु सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा जेठ २३ र २४ गते भएको हायु समाज नेपाल केन्द्रीय समितिको प्रथम राष्ट्रिय महाधिवेशनमा लक्ष्मण हायुको नेतृत्वमा ११ सदस्य केन्द्रीय समिति सर्वसम्मतिले चयन गरिएको हो । उपाध्यक्षमा प्रकाश हायु, सचिवमा सुजन हायु, कोषाध्यक्षमा विमला हायु चयन भए । सदस्यहरुमा पुष्पा हायु, […]
पूर्वब्रिटिस गोर्खाहरुको मुद्दामा आज लन्डनमा उच्चस्तरीय वार्ता, मन्त्रीहरु सहभागी हुने

लन्डन । मन्त्रीहरुको समेत सहभागितामा आज लन्डनमा पूर्व ब्रिटिस गोर्खाहरुको मुद्दाबारे वार्ता हुँदै छ । लन्डनस्थित नेपाली दूतावासमा बेलायत सरकारका तर्फबाट रक्षामन्त्री जोन हिली र नेपाल सरकारबाट परराष्ट्रमन्त्री शिशिर खनालको सहभागितामा वार्ता हुन लागेको हो । वार्ता नेपाली दूतावास लन्डनमा दिउँसो २:०० बजेदेखि ३:३० बजेसम्म चल्नेछ । आइतबार भारत भ्रमणबाट स्वदेश पुगेका परराष्ट्रमन्त्री खनाल ‘भर्चुअल’ […]