नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन आइतबार हुँदै

लन्डन । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशन यही आइतबार, २७ सेप्टेम्बर २०२६ मा हुने भएको छ। अधिवेशन बिहान ११:३० बजेदेखि अल्डरसटस्थित द प्यालेसमा आयोजना हुने अधिवेशन तयारी समितिले जनाएको छ। अधिवेशनमा नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वसभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू एवं बेलायतस्थित नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्यहरूलाई […]
शब्ददेखि संसारसम्म : अभियन्ता विश्वास दीप तिगेलाको बहुआयामिक यात्रा

लन्डन । अभियन्ता विश्वास दीप तिगेला नेपाली साहित्य, राजनीति, भाषा तथा सामाजिक क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका सर्जक तथा अध्येताका रूपमा परिचित हुनुहुन्छ। साहित्यलाई केवल सिर्जनाको माध्यम नभई समाज, राजनीति, इतिहास, भूगोल र प्रवासका अनुभूतिलाई अभिव्यक्त गर्ने सशक्त माध्यमका रूपमा आत्मसात् गर्दै उहाँले विभिन्न विधामा लेखन तथा प्रकाशनको यात्रा अघि बढाउनुभएको छ। उहाँको जन्म १२ […]
बाढीपीडितका लागि शान्ति नेपाली समाज बेलायतको करिब ३९ लाख रुपैयाँ सहयोग

लन्डन । नेपालले विनाशकारी बाढीको सामना गरिरहेका बेला शान्ति नेपाली समाज बेलायतले बाढीपीडितको राहत तथा उद्धारका लागि करिब ३९ लाख रुपैयाँ बराबरको सहयोग पठाएको छ। समाजका अनुसार संस्थाको प्रत्यक्ष पहलमा सङ्कलन गरिएको १८ लाख ५४ हजार रुपैयाँ राहत रकम प्रधानमन्त्री बाढीपीडित राहत कोष तथा बाढी प्रभावितलाई हस्तान्तरण गरिएको छ। एक्सचेन्ज रेटमा हुने सामान्य उतारचढावका कारण […]
निक धिमाल रियल इस्टेटमाथि ठगीको आरोप

साभार- टुडेप्रेस डटकम २५ सेप्टेम्बर २०२६ बेलायत । बेलायतमा भूतपूर्व तथा सेवारत गोर्खा सैनिकहरूका लागि घरभाडाको व्यवस्था गर्ने व्यवसाय सञ्चालन गर्दै आएको ‘निक धिमाल रियल इस्टेट’ विरुद्ध ठगीको आरोप बाहिर आएको छ। मूल रूपमा नेपालको झापा, बिर्तामोडका निखिल ढिमालमाथि आफ्नो नाममा स्थापित व्यवसायमार्फत सयौं मानिसलाई ठगी गरेको आरोप लागेको छ। धिमाल सन् २०१८ को भर्नाबाट […]
नेपालका गृहमन्त्री सुधन गुरुङलाई तमु समाज युकेको विशेष सम्मान

लन्डन । तमु समाज युकेले नेपालका गृहमन्त्री सुधन गुरुङलाई विशेष सम्मान गरेको छ। बाढीपीडितका लागि राहत रकम हस्तान्तरण गर्न बेलायतबाट नेपाल पुगेको तमु समाज युके आमा समूहकी संस्थापक अध्यक्ष एवं सल्लाहकार माया गुरुङको नेतृत्वको प्रतिनिधिमण्डलले गृह मन्त्रालय, सिंहदरबारमा बिहीबार आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङलाई तमु परम्पराअनुसार विशेष सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिएको हो। संस्थाका तर्फबाट […]
विश्वकर्मा वेल्फर सोसाइटी युकेले भोटेकोशी बाढीपीडितको लागि नेपाली राजदूतावास लन्डनलाई £२६०२ हस्तान्तरण

विश्वकर्मा वेल्फर सोसाइटी युकेले भोटेकोशी बाढीपीडितको लागि ५ लाख २० हजार भन्दा बढी (£२६०२) रुपिया नेपाली राजदूतावास लन्डनलाई हस्तान्तरण गरेको छ। हस्तान्तरण कार्यक्रम संस्थाका संस्थापक तथा वर्तमान अध्यक्ष कृष्ण गहतराजको नेतृत्वले बिहिवार २४ सेप्टेम्वर २०२६ को दिन नेपालको लागि नेपाली कार्यवाहक राजदुत विपिन दुवाडी र नेपालवाट बेलायत भ्रमणमा आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिदुसी राणालाई […]
नेपालका बाढीपीडितलाई घान्द्रुक समाज यूकेले दियो ७ लाख ५० हजार

लन्डन । घान्द्रुक समाज यूकेले भोटेकोशी बाढीपीडितका लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। नेपालको गएको २६ अगस्टमा आएको विनाशकारी बाढीपीडितहरूको राहतका लागि पूर्वअध्यक्ष अर्जुन गुरुङ र सदस्य राजबहादुर गुरुङ नेपाल पुगेर गृहमन्त्री सुदन गुरुङमार्फत सहयोग रकम हस्तान्तरण गरेका हुन्। सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएको समाजका अध्यक्ष देवबहादुर […]
बेलायतका राज्यमन्त्री म्याकनिल र नेपालका परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता, के कुरा भयो ?

लन्डन । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री क्रिस्टी म्याकनिलबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको उक्त भेटवार्तामा उनीहरुबीच नेपाल–बेलायत सम्बन्ध तथा पारस्परिक हितका विविध विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ । भेटवार्तामा दुवै पक्षबीच पछिल्लो समय विस्तार हुँदै गएको नेपाल–बेलायत […]
नेपालमा अविरल वर्षा : काठमाडौँ जोड्ने राजमार्ग बन्द,जनजीवनमा समस्या, कुन-कुन ?

काठमाडौँ । विभिन्न राजमार्ग बन्द हुँदा सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका छन् । बिहीबारदेखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण सार्वजनिक सवारीसाधन काठमाडौँमै रोकिएका हुन् । देशका विभिन्न भागबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने राजमार्ग बन्द हुँदा जनजीवनमा भने समस्या बढ्दै गएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले काठमाडौँ जोड्ने प्रमुख […]
नेपाल प्रधानमन्त्री वालेन्द्र शाहद्वारा संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन [पूर्णपाठ]

‘जलवायु विपद्को मूल्य नेपालले मात्रै चुकाउन सक्दैन’ न्युयोर्क । नेपाल प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण नेपालजस्ता कम उत्सर्जन गर्ने मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्याय र अनुदानमा आधारित सहयोगको माग गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री शाहले हालैको भोटेकोशी–त्रिशूली विपद्लाई नेपालका लागि मात्रै नभई विश्वकै लागि चेतावनीका […]
बेलायतको अल्डरसटमा फेरि प्रदर्शन हुँदै ‘पेन्सन पट्टा’

अल्डरसट । दर्शकहरूको उत्साह र अनुरोधपछि नेपाली चलचित्र ‘पेन्सन पट्टा’को दोस्रो शो बेलायतको अल्डरसटस्थित ‘मिनी नेपाल’ सहरमा प्रदर्शन हुने भएको छ। आउँदो २५ अक्टोबरमा अल्डरसटस्थित एम्पायर हलमा चलचित्र पेन्सन पट्टा प्रदर्शन गर्न लागेको निर्माता एवं तमु धीं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले जानकारी दिएका छन् । चलचित्रको शो दिउँसो ४ बजेदेखि सुरु हुने छ । […]
नेपाल इन्जिनियर एसोसिएसन यूकेद्वारा बाढीपीडितका लागि ८३८ पाउन्ड सहयोग

लन्डन । नेपाल इन्जिनियर एसोसिएसन (एनईए) यूके शाखाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ८३८ पाउन्ड ४४ पेन्स सहयोग गरेको छ। नेपालमा अगस्ट २६ तारिखमा गएको विनाशकारी बाढी प्रभावित नेपाली नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सहयोग पठाइएको एनईए यूके शाखाका उपाध्यक्ष गौचन गुरुङले जानकारी दिए । उनका अनुसार, विपद्को यस कठिन अवस्थामा नेपाल र […]