नेपालमा बाढीपहिरोबाट ज्यान गुमाएकाहरूप्रति ट्राफल्गर स्क्वायरमा दीपप्रज्वलन तथा श्रद्धाञ्जलि सभा

लन्डन – नेपालको उत्तरी क्षेत्रमा गत महिना आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा बेलायतस्थित नेपाली समुदाय तथा शुभचिन्तकहरूले लन्डनको प्रसिद्ध ट्राफल्गर स्क्वायरमा दीपप्रज्वलन तथा श्रद्धाञ्जलि सभाको आयोजना गरेका छन्। आइतबार आयोजित उक्त कार्यक्रममा गैरआवासीय नेपाली तथा नेपाली मित्रहरू ठूलो संख्यामा सहभागी भई बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति दीप प्रज्वलन गर्नुका साथै एक मिनेट मौनधारण गरी […]
अक्टोबर १० मा १९औँ रेडिङ कप फुटबल तथा भलिबल प्रतियोगिता आयोजना हुने

महेन्द्र आले – बेलायत। बेलायतको रेडिङमा वर्षैपिच्छे आयोजना हुँदै आएको लोकप्रिय ‘रेडिङ कप’ को १९औँ संस्करण आगामी अक्टोबर १० तारिखमा हुने भएको छ। रेडिङस्थित पाल्मर पार्कमा तय गरिएको यस कार्यक्रममा बेलायतव्यापी फुटबल र भलिबल प्रतियोगिताका साथै विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू रहनेछन्। आयोजक ग्रेटर रेडिङ नेपाली कम्युनिटीले आइतबार बिहान एक पत्रकार सम्मेलनको आयोजना गरी १९औँ […]
दोस्रो आदिवासी चलचित्र महोत्सव २०२६ मा क-कसले के-के जिते

बेलायत – ‘दोस्रो नेपाल आदिवासी चलचित्र महोत्सव २०२६’ बेलायतमा भव्य रूपमा सम्पन्न भएको छ। महोत्सवमा विभिन्न विधाअन्तर्गत उत्कृष्ट ठहरिएका स्वदेशी, आदिवासी, कथानक, लामो चलचित्र, वृत्तचित्र तथा लघु चलचित्रहरूलाई अवार्ड प्रदान गरिएको छ। यस वर्षको महोत्सवमा विभिन्न भाषाभाषीका चलचित्रहरूको उल्लेखनीय सहभागिता रहेको थियो। महोत्सवमा घोषित विजेताहरूको आधिकारिक सूची यस प्रकार रहेको छ: १. लघु चलचित्र ताङ्सिङ: उत्कृष्ट […]
Colchester Lights 108 Candles for the Victims of the Rasuwa Flood

Maj Udai Gurung – Colchester. On Saturday, 26 September, members of Colchester’s Nepali community gathered alongside civic leaders, faith leaders, and local residents at Castle Methodist Church for a solemn candlelit vigil to remember the victims of the devastating flash flood that struck the Rasuwa district in Nepal on 26 August. Organised by the Colchester […]
बेलायतमा अक्टोबर ४ मा नेपाली चलचित्र ‘जुनकिरी’ को विशेष प्रदर्शन हुँदै

लन्डन । नेपाली कला, संस्कृति, भाषा तथा चलचित्रलाई बेलायतको बहुसांस्कृतिक समुदायमाझ परिचित गराउने उद्देश्यले नेपाली कथानक चलचित्र ‘जुनकिरी’ को विशेष प्रदर्शन हुने भएको छ । दीप फिल्म्स प्रोडक्सन ग्रुप प्रालिको प्रस्तुति तथा जुनकिरी टिमको आयोजनामा चलचित्रको यूके स्पेसल ग्रान्ड प्रिमियर आगामी अक्टोबर ४, आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना हुन लागेको हो । चलचित्रको प्रदर्शन […]
मेडस्टोनमा क्वीन्स गोर्खा इन्जिनियर्सको ७८औँ वार्षिकोत्सव सम्पन्न

मेडस्टोन । बेलायती सेनाको क्वीन्स गोर्खा इन्जिनियर्स (क्यूजीई) को ७८औँ वार्षिकोत्सव शनिबार बेलायतको मेडस्टोनमा सम्पन्न भएको छ । सन् १९४८ मा स्थापना भएको रेजिमेन्टले यस वर्ष आफ्नो ७८औँ वार्षिकोत्सव मनाएको हो । मेडस्टोनस्थित बार्टन रोडमा रहेको मेडस्टोन ग्रामर स्कुलमा आयोजित समारोहमा सेवारत तथा भूतपूर्व सैनिक, उनीहरूका परिवारजन र स्थानीय समुदायका सदस्यहरूको उपस्थिति थियो । एक्स-क्यूजीई […]
रास्वपा सांसद रचनाविरुद्ध अभिव्यक्ति दिएपछि दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार बिहान निवासबाट पक्राउ गरेको हो। सामाजिक सञ्जालमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडालाई लक्षित गर्दै दिएको अभिव्यक्तिसम्बन्धी उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको हो। प्रसाईंले सांसद खतिवडालाई लक्षित गर्दै ‘छोराको शवसँग सांसद पद साटेको’ भन्ने अभिव्यक्ति […]
बेलायतमा अक्टोबर १० मा १९औँ रेडिङ कप, फुटबल–भलिबलसँगै सांस्कृतिक कार्यक्रम

लन्डन । बेलायतको रेडिङमा हरेक वर्ष आयोजना हुँदै आएको रेडिङ कपको १९औँ संस्करण आगामी अक्टोबर १० तारिखमा आयोजना हुने भएको छ। ग्रेटर रेडिङ नेपाली कम्युनिटीको आयोजनामा रेडिङस्थित पाल्मर पार्कमा हुने प्रतियोगितामा बेलायतभरका नेपाली समुदायका फुटबल तथा भलिबल टोली सहभागी हुनेछन्। खेलकुद प्रतियोगितासँगै कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति, नेपाली खाना तथा सामग्रीका स्टल, व्यापार तथा […]
बेलायत निवासी प्रयासना गुरुङलाई ‘मिस युनिभर्स नेपाल-२०२६’ को ताज

लन्डन । बेलायत निवासी प्रयासना गुरुङले ‘मिस युनिभर्स नेपाल-२०२६’ को ताज पहिरिएकी छन् । काठमाडौंमा शनिबार आयोजित ग्रान्ड फिनालेबाट उनी मिस युनिभर्स विजेता बनेकी हुन् । २४ वर्षीया प्रयासना महिला सशक्तिकरणकी अभियन्ता हुन् । उनी महिला सशक्तिकरणकै लागि यो कार्यक्रममा सहभागी भएको बताइन् । गुरुङले ‘द डिग्निटी प्रोजेक्ट’मार्फत नेपाली महिलाहरूलाई मेक-अप, डिजिटल मार्केटिङ, वित्तीय साक्षरतार […]
हार्दिक बधाई तथा शुभकामना : सानु सुब्बा
हार्दिक बधाई तथा शुभकामना : सानु सुब्बा
हार्दिक बधाई तथा शुभकामना : सानु सुब्बा