८७ परिवारको हातमा नगद र न्यानो कपडा, एनआरएनए यूकेको १३ लाख राहत

नुवाकोट । गत भदौ १० गते आएको विनाशकारी रसुवा–नुवाकोट भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका पीडितसँग प्रत्यक्ष भेटघाट गर्दै राहत वितरण गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके र बेलायतस्थित विभिन्न संघ–संस्थाको संयुक्त पहलमा नुवाकोटको विदुर नगरपालिका–५ का दुई स्थानमा राहत वितरण गरिएको हो। गंगटे पार्कमा वेत्रावतीका बाढीप्रभावित ४० घर र बोगटी पार्कमा रहेको अस्थायी शिविरमा ४७ […]

सरकारी कोषमा रकम पठाउनुभन्दा वास्तविक पीडितसम्म प्रत्यक्ष राहत पुर्‍याऔँ : अध्यक्ष प्रेम गाहा मगर

  नुवाकोट । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगरले विपत्का बेला विदेशमा रहेका नेपाली तथा संघ–संस्थाले विभिन्न देशमा रहेका नेपाली दूतावासमार्फत सरकारी कोषमा मात्र रकम जम्मा गर्नुभन्दा स्थानीय तह तथा सरोकारवालाको सहजीकरणमा प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गर्दा प्रभावकारी हुने बताएका छन्। गाहा मगरले विगतका ठूला विपत्का घटनामा विदेशबाट पठाइएको सहयोग रकम […]

७४ वर्षीय खरबहादुर गुरुङले दौडिए स्विन्डन हाफ म्याराथन, क्यान्सर उपचारका लागि जुटाए १ हजार ३४९ पाउन्ड

लन्डन । मनोक्रान्ति साधक ७४ वर्षीय खरबहादुर गुरुङले बेलायतको स्विन्डनमा आयोजित हाफ म्याराथन २ घण्टा १२ मिनेट ४६ सेकेन्डमा पूरा गरेका छन्। स्विन्डनको कोट वाटर कन्ट्री पार्कमा २७ सेप्टेम्बरमा आयोजित च्यारिटी हाफ म्याराथनमा गुरुङले दौड पूरा गर्नुका साथै क्यान्सरपीडितको उपचारका लागि १ हजार ३४९ पाउन्ड सहयोगसमेत संकलन गरी दान गरेका छन्। स्विन्डन स्थानीय समुदायले प्रत्येक […]

तेह्रथुम समाज यूकेको नवौँ अधिवेशन सम्पन्न, सानु सुब्बाको नेतृत्वमा नयाँ कार्यसमिति

नगेन्द्रराज नेम्बाङ लन्डन । तेह्रथुम समाज यूकेको नवौँ अधिवेशन शनिबार, २६ सेप्टेम्बरमा स्टानवेल हेजमा सम्पन्न भएको छ। अधिवेशनले सानु सुब्बाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा वीर नरसिङ हुक्पा चोङ्बाङ, ओम मगर, विशाल लिम्बु, मिलन गुरुङ र बल लुङ्फुङ्वा चयन भएका छन् । महासचिवमा डगलसिङ साँवा, सचिवमा रमेश गुरुङ, सहसचिवमा अर्जुन तेयुङ, […]

एनआरएनएको राहत अभियानको ३३ औं दिन : म्याग्दी, बागलुङलगायत जिल्लामा पनि उपलब्ध गराइने

काठमडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिबाट प्रभावितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ३३ औँ दिनसम्म पनि राहत तथा मानवीय सहायताको चरणमै छ । तर, यही बीचमा पुनः अर्को विपद्‌को सामना गर्नु परेको छ। असोज ९ गतेदेखि यता देशका विभिन्न स्थानमा चट्याङ, बाढी, पहिरो, हावाहुरी र अविरल वर्षाका कारण […]

तमु धीं बेलायत टोलीद्वारा बेलायती दूतावासमा भेटवार्ता

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष श्री जुमकाजी गुरुङसहितको टोलीले १० दिने नेपाल भ्रमणको अन्तिम दिन नेपालस्थित बेलायती दूतावासका राजनीतिक मामिला प्रमुख जेम्स टुलसँग भेटवार्ता गरेको छ। नेपाल बसाइको अन्तिम दिन साँझ ५ बजे बेलायती दूतावासमा भएको भेटमा तमु धीं बेलायतका महासचिव डा. विशाल गुरुङले संस्थाको परिचय, गतिविधि तथा बेलायतमा नेपाली समुदायका लागि गर्दै आएको […]

तमु धीं बेलायत टोलीद्वारा कुलमान घिसिङसँग भेट

काठमाडौं । तमु धीं बेलायतका अध्यक्ष जुमकाजी गुरुङसहितको टोलीले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसँग काठमाडौंमा भेटघाट गरेको छ। नेपाल बसाइको अन्तिम दिन काठमाडौं म्यारियट होटल, नक्सालमा भएको भेटमा पार्टीका सचिव तथा कोषाध्यक्षको पनि सहभागिता थियो। भेटका क्रममा २०२५ मा तमु धीं बेलायतले आयोजना गरेको १६औँ नेपाली मेलामा सहभागी भएकोमा घिसिङलाई धन्यवाद दिइएको थियो। साथै, […]

आर्थिक अवस्था कमजोर भएका मृतक परिवारका लागि सामूहिक घेवा गर्ने विषयमा छलफल

काठमाडौं । तमु धीं बेलायत र रसुवाको उत्तरगया गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङबीच आर्थिक अवस्था कमजोर भएका मृतक परिवारका लागि सामूहिक घेवा गर्ने विषयमा छलफल भएको छ। सुन्धारास्थित आशीर्वाद होटलको बैठक कक्षमा भएको विशेष छलफलमा उत्तरगया गाउँपालिका, रसुवामा आर्थिक अवस्था कमजोर भएका मृतक परिवारका लागि सामूहिक घेवा गर्ने सम्भावनाबारे छलफल गरिएको हो। रसुवाबाट विस्थापित भएर नुवाकोटमा […]

नेफिन युकेले पूर्वमन्त्री वर्षमान पुनसँग अन्तरक्रिया गर्ने

बेलायत – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले नेपालका पूर्वमन्त्री एवं आदिवासी जनजाति नेता वर्षमान पुनसँग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ। नेफिन युकेका अध्यक्ष मेजर योगेश कुमार कोयी राईले दिएको जानकारी अनुसार, उक्त अन्तरक्रिया कार्यक्रम आउँदो आइतबार, ४ अक्टोबर २०२६ का दिन बेलायतको अल्डरसटस्थित सुशीमोटो रेस्टुरेन्ट मा हुनेछ। कार्यक्रममा बेलायतमा कृयाशील सम्पूर्ण संघसंस्था तथा विभिन्न […]

गैरआवासीय नेपाली संघ र पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक प्रचण्डबीच भेटवार्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रतिनिधिमण्डल र नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ। सोमबार २८ सेप्टेम्बरमा एनआरएनएका महासचिव डा. चिरञ्जीवी खड्काको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बाढी प्रभावित क्षेत्रमा संघको तर्फबाट हालसम्म चालिएका राहत तथा उद्धारका कदमबारे जानकारी गराउँदै आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। […]

बेलायतमा अमेरिकी सैन्य क्षेत्रमा आक्रमण, आशङ्कामा पक्राउ परेका पाँच जना धरौटीमा रिहा

लन्डन । बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्ड क्षेत्रमा सम्भावित बम आक्रमणको योजनाबारे अनुसन्धान भइरहेका बेला पक्राउ परेका पाँच जनालाई प्रहरीले धरौटीमा रिहा गरेको छ । ग्लुसेस्टरशायरस्थित फेयरफोर्ड क्षेत्रमा आइतबार तीन वटा शंकास्पद सेतो भ्यान देखिएपछि उनीहरूलाई पक्राउ गरिएको थियो । पक्राउ परेका सबै जना लन्डनमा बस्ने २० वर्षको मध्यतिरका […]

error: Content is protected !!