एनआरएनएको राहत अभियान नवौँ दिनमा पनि निरन्तर, नुवाकोटमा स्वास्थ्य शिविरदेखि अस्पताललाई डिजेलसम्म

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत अभियान नवौँ दिनमा पनि निरन्तर जारी रहेको छ। अभियानअन्तर्गत नुवाकोटमा बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै प्रभावित क्षेत्रको स्थलगत अवलोकन, अस्पताललाई इन्धन सहयोग, किरियापुत्री घरमा राहत सामग्री हस्तान्तरण तथा […]
हार्दिक बधाई : बिमला सेने
खाम्योकमा जानु काम्बाङ

याक्थुङ लाजेको उद्गमस्थल इम्बिरी याङधाङवा, इखाबुमा जन्मिनुभएकी जानुका काम्बाङ नेपाली साहित्यमा आफ्नै विशिष्ट पहिचान बनाउन सफल स्रष्टा जानुकाम्बाङ । गृहिणीको जिम्मेवारी, परिवार र सामाजिक जीवनको व्यस्तता तथा पूर्णकालीन जागिरसँगै उहाँले नेपाली साहित्यका विभिन्न विधामा निरन्तर सिर्जना गर्दै आउनुभएको छ । एक दशकको अवधिमा शिविरमा ईश्वर (कविता), अनुभव र जानु (गीत र गीति एल्बम), नउघ्रेको जुन […]
बेलायतमा ८६ वर्षीया लक्ष्मी गुरुङले दिइन् अस्पतालबाटै बाढीपीडितलाई १ हजार १११ पाउन्ड

लन्डन । बेलायतवासी ८६ वर्षीया लक्ष्मी गुरुङले अस्पतालमा उपचाररत अवस्थामै नेपालका बाढी प्रभावितका लागि सहयोग गरेकी छन् । पर्बत फलेवास नगरपालिका–८ ठानामौला घर भई हाल मेडस्टोनमा बस्दै आएकी लक्ष्मीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि गो फण्डमार्फत एनआरएनए यूकेलाई १ हजार १ सय ११ पाउन्ड सहयोग गरेकी हुन् । विगत डेढ महिनादेखि केन्टस्थित पेम्बरी अस्पतालमा […]
कविता : मानवता नभएको जस्तो
नेपालका बाढीपीडितको सहारामा पुन मगर समाज यूके, सहयोग जुटाउँदै

लन्डन । नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा पीडितहरूको राहत र सहयोगका लागि पुन मगर समाज यूकेले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको छ। समाजले बाढीका कारण प्रभावित बनेका नेपालीहरूलाई राहत पुर्याउने उद्देश्यले सहयोग रकम संकलन गरिरहेको जनाएको छ। समाजले बेलायतमा रहेका नेपाली समुदाय तथा सहयोगी मनहरूलाई आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरी अभियानमा […]
बाढी प्रभावित कलाकारलाई लोकदोहोरी प्रतिष्ठानले ५१ हजारसम्म राहत दिने, थप निर्णय के के छन् ?

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले भाद्र १० गते आएको विनाशकारी बाढीबाट प्रभावित कलाकार तथा उनीहरूका परिवारलाई संस्थागत रूपमा राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। प्रतिष्ठानले बाढीका कारण देशका विभिन्न स्थानमा ठूलो धनजनको क्षति हुनुका साथै प्रतिष्ठानमा आबद्ध कलाकार तथा उनीहरूका परिवारसमेत प्रभावित भएकोप्रति दुःख व्यक्त गर्दै राहतको मापदण्ड सार्वजनिक गरेको […]
लन्डनमा शनिबार ‘च्यारिटी सोलिड्यारिटी वाक’, नेपालका बाढीपहिरो पीडितप्रति ऐक्यबद्धता जनाइँदै

लन्डन । नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै लन्डनमा शनिबार ‘च्यारिटी सोलिड्यारिटी वाक’ हुने भएको छ । हेल्प नेपाल नेटवर्क युकेको आयोजनामा शनिबार ५ सेप्टेम्बर २०२६ माआयोजना हुने ऐक्यबद्धता यात्रामा बेलायतस्थित नेपाली तथा विभिन्न समुदायका संघ–संस्थाका प्रतिनिधि र शुभेच्छुहरु सहभागी हुने छन्। आयोजकका अनुसार सहभागीहरू साँझ ६ बजे […]
नेपाल बाढीपीडितका लागि साउथ इस्ट लन्डनका ‘सेभेन सिस्टर्स’को २ लाख सहयोग

लन्डन । नेपालका विभिन्न क्षेत्रमा सहयोग दिँदै आएको साउथ इस्ट लन्डनका ‘सेभेन सिस्टर्स’ले बाढीपीडितका लागि पनि २ लाख रुपैयाँ सहयोग गरेको छ । ‘सेभेन सिस्टर्स’तर्फबाट बिहीबार ३ अगस्ट २०२६ मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई लाख रुपैयाँ जम्मा गरिएको स्याङ्जा समाज यूके आमा अध्यक्ष पार्वती गुरुङले जानकारी दिएकी छन् । देशमा आपत पर्दा सरकारले […]
एरिका गुरुङ लगातार तेस्रोपटक ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित

काठमाडौँ । एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८२ मा बक्सिङका चन्द्रबहादुर थापा मगर र करातेकी एरिका गुरुङ ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले बिहीबार काठमाडौँमा आयोजना गरेको स्पोर्टस् अवार्डको २३औँ संस्करण कार्यक्रममा उनीहरूलाई उक्त अवार्ड प्रदान गरिएको हो । चन्द्रबहादुरले वर्ष उत्कृष्ट पुरुष र एरिकाले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड […]
बेलायतबाट नेपाल गएकी ओमिता शेर्पा भोटेकोशी बाढीपछि सम्पर्कविहीन

लन्डन । बेलायतबाट एक औपचारिक कार्यक्रमका लागि नेपाल गएकी ओमिता शेर्पा गोसाइँकुण्ड जाने क्रममा रसुवाबाट सम्पर्कविहीन भएकी छन्। बाढी आएको दिन अगस्ट २६ बिहान करिब ९ बजे शेर्पा रसुवा नाकामा रहेको र सोही समयमा परिवारसँग उनको अन्तिम पटक कुराकानी भएको बताइएको छ। त्यसयता उनको अवस्था अज्ञात रहेको परिवारले जनाएको छ। बेलायतमा बसोबास गर्दै आएको शेर्पाको […]
एनआरएनए युगान्डाको ३५ लाखभन्दा बढीको राहत सहयोग गर्ने तयारी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाले नेपालका बाढीपीडितका लागि ३५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको राहत सामग्री सहयोग गर्ने तयारी गरेको छ। रसुवा, नुवाकोट र चितवनका बाढीपीडितलाई लक्षित गर्दै टेन्ट, ग्यास चुल्हो, ग्यास सिलिन्डरलगायत अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने तयारी गरिएको एनआरएनए युगान्डाले जनाएको छ। राहत सहयोगका लागि युगान्डामा रहेका नेपाली समुदाय, उद्योगी–व्यवसायी तथा […]