एनआरएनए युगान्डाको ३५ लाखभन्दा बढीको राहत सहयोग गर्ने तयारी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाले नेपालका बाढीपीडितका लागि ३५ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको राहत सामग्री सहयोग गर्ने तयारी गरेको छ। रसुवा, नुवाकोट र चितवनका बाढीपीडितलाई लक्षित गर्दै टेन्ट, ग्यास चुल्हो, ग्यास सिलिन्डरलगायत अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने तयारी गरिएको एनआरएनए युगान्डाले जनाएको छ। राहत सहयोगका लागि युगान्डामा रहेका नेपाली समुदाय, उद्योगी–व्यवसायी तथा […]
नेपालको विपद्मा जुट्यो चार भन्ज्याङ तमु समाज यूके, १५ लाख सहयोग गर्ने निर्णय

लन्डन । रसुवा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा उद्धारका लागि चार भन्ज्याङ तमु समाज यूकेले १५ लाख रुपैयाँ सहयोग दिने भएको छ । अध्यक्ष दुर्गा गुरुङको अध्यक्षतामा मंगलबार बसेको आकस्मिक बैठकले बाढीपीडितका लागि १५ लाख सहयोग गर्ने निर्णय गरेको हो । पाँच लाख रुपैयाँ तत्काल राहतका रूपमा चार भन्ज्याङ तमु समाजकी […]
नेपाल बाढी : शव थपिएको थपियै, बिहीबार बिहानसम्म १ हजार २५२ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार २५२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिम १९० र भारतमा भेटिएका १८ गरी एक हजार २५२ जनाको शव फेला परेको छ । भारतको सीमावर्ती […]
एनआरएनएको आयोजनामा बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य शिविर

काठमाडौं । एनआरएनएको आयोजना एवं नेपाल मेडिसिटी र ललितपुर मेट्रो सिटी अस्पतालको सहकार्यमा बाढी प्रभावित नुवाकोटको बाघटारमा स्वास्थ्य शिविर सञ्चालन हुँदैछ । शिविरका लागि अध्यक्ष डा हेम राज शर्मासहितको टोली बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेको छ । बागमती प्रदेश सरकारको समन्वयमा त्रिशूली प्रादेशिक अस्पतालमा हुन लागेको शिविरको नेतृत्व ग्लोबल स्वास्थ्य समितिकी सहसंयोजक प्रसुना कँडेल र […]
बाढीपीडितका सहयोगका लागि स्विन्डनमा ‘नेपाली म्युजिकल नाइट २०२६’ हुने

बेलायत — नेपालमा हालै गएको बाढीपीडितहरूको सहयोगार्थ बेलायतको स्विन्डनस्थित ब्रोडग्रिन कम्युनिटी सेन्टरमा आगामी शुक्रबार, ४ सेप्टेम्बर २०२६ का दिन “नेपाली म्युजिकल नाइट २०२६” आयोजना हुने भएको छ। आयोजक समितिका सदस्य अनिता रानामगरले यस सांगीतिक कार्यक्रमबारे जानकारी दिनुभएको हो। संगीतमय मनोरञ्जनका साथै सामाजिक उत्तरदायित्व र परोपकारी भावनासहित जोडिएको यस कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। […]
क्वान्टम ग्रुपद्वारा नेपालका बाढीपीडितका लागि १० लाख ७० हजार रुपैयाँ सहयोग

लन्डन । नाइजेरियास्थित औद्योगिक घराना क्वान्टम ग्रुपले नेपालका बाढीपीडितका लागि राहत १० लाख ७० हजार रूपैयाँ सहयोग गरेको छ। स्टिल, प्याकेजिङ, प्लास्टिक, पेपर, फुड प्रोसेसिङलगायतका उद्योग सञ्चालन गर्दै आएको क्वान्टम ग्रुपले एनआरएनए नाइजेरियामार्फत सहयोग गरेको हो । क्वान्टम ग्रुपको सहयोगसँगै एनआरएनए नाइजेरियाको बाढीपीडित राहत कोषमा हालसम्म ३८ लाख रुपैयाँ बराबरको सहयोग रकम जम्मा भएको एनआरएनए प्रवक्ता सोमनाथ सापकोटाले जानकारी […]
बेलायती इन्डो–प्यासिफिक मन्त्रीद्वारा भोटेकोशी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राई र बेलायतकी इन्डो–प्यासिफिक मन्त्री बारोनेस विन्टरटनबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा मन्त्री विन्टरटनले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गरिन् । भेटमा बाढीपछि जारी खोजी, उद्धार तथा पुनःस्थापनाका प्रयासबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको […]
मौलिक पहिरनसहित १७औँ नेपाली मेलामा स्याङ्जा समाज यूकेको सहभागिता

लन्डन । तमु धीं यूकेको आयोजनामा गत ३० अगस्टमा बेलायतमा १७औँ नेपाली मेला सम्पन्न भएको छ। नेपाली कला, संस्कृति, भेषभूषा र मौलिक परम्पराको प्रदर्शन तथा संरक्षण गर्ने उद्देश्यले आयोजित मेलामा बेलायतस्थित विभिन्न नेपाली संघ–संस्थाको उल्लेख्य सहभागिता रहेको थियो। मेलामा स्याङ्जा समाज यूकेले पनि मौलिक पहिरनसहित सहभागिता जनाएको छ। समाजकी अध्यक्ष रुपा गुरुङको नेतृत्वमा करिब ६० जनाको टोली मेलामा […]
बेलायती मन्त्री पुगिन् नेपाल

लन्डन । बेलायतका इन्डो-प्यासिफिक मन्त्री ब्यारोनेस विन्टरटन नेपाल पुगेकी छन् । बाढीको चपेटामा परेको नेपाललाई सहयोगका लागि मन्त्री नेपाल आइपुगेको नेपालस्थित बेलायती राजदूतावासले जनाएको छ । ‘नेपालको साथमा बेलायत । बेलायतकी मन्त्री काठमाडौं आइपुग्नुभएको छ,’ दूतावासको फेसबुकमा लेखिएको छ । नेपाल आए लगत्तै मन्त्री विन्टरटनले नेपालमा रहेको मानवीय सहायता स्थलको अवलोकन गर्ने तथा आपतकालीन सहयोग […]
संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले गरे सम्बोधन, के के बोले [पूर्णपाठ]

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज संघीय संसद्मा सम्बोधन गरेका छन् । उनले बाढी पहिरो लगायत विषयमा बोलेका छन् । पूर्णपाठ सम्माननीय सभामुख महोदयज्यू, आज म विशेष जिम्मेवारीसहित यस गरिमामय सार्वभौम संसदको रोस्ट्रममा उभिएको छु। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षणभरमै हामीबाट आमाबुबा, दिदीबहिनी र दाजुभाइ खोसेर लग्यो। यस अकल्पनीय विपत्तिमा […]
नेपालका बाढी, पहिरो प्रभावितका लागि १ करोड १ हजार सहयोग गर्ने तमु धीं यूकेको घोषणा, सहयोग बटुल्दै

लन्डन । तमु धीं यूकेले नेपालका बाढी, पहिरो प्रभावितका लागि १ करोड १ हजार रुपैयाँ सहयोग घोषणा गरेको छ । भोटेकोशी बाढी प्रभावितलाई समर्पित गर्दै ३० अगस्टमा १७ औं नेपाली मेला सम्पन्न गरेसँगै बसेको जुम बैठकमा सहयोग रकम घोषणा गरिएको हो । नेपाली मेलाबाट बचत रकम र बाँकी सहयोग संकलन गरेर नेपाल पठाइने तमु धीं […]
बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा अल्डरशटमा दीप प्रज्वलन [तस्बिरहरु]

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए)ले नेपालको रसुवामा गएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा विशेष श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।मंगलबार सेप्टेम्बर १, २०२६ मा प्रिन्सेस गार्डेन्स अल्डरशटमा शोकसभा आयोजना गरिएको हो । स्थानीय सय अनुसार साँझ सवा ७ बजेपछि सुरु भएको कार्यक्रममा पूर्वउपसभामुख तथा रास्वपा सांसद इन्दिरा राना मगर, […]