‘निरुता पुन मगरको एकल साँझ हुँदै

सनिवार ५ सेप्टेम्वर २०२६ – बेलायत। आज चर्चित तथा लोकप्रिय लोक दोहोरी गायिका निरुता चोचाङ्गी पुन मगरको ‘निरुता एकल साँझ’ हुने भएको छ । ‘निरुता एकल साँझ’ बेलायतको अल्डरसटस्थित सेन्ट जोसेफ हलमा हुन् भएको छ भने दिनको ठिक ३ बजेदेखि शुरु हुने र साँझ ८ बजे बन्द हुनेछ। नेपाली संगीतप्रेमीहरूका लागि लक्षित गरी तयार […]
‘लोकबहादुर गुरुङ स्मृति सम्मान’ गायक धनबहादुर गुरुङलाई

गण्डकी । पोखरास्थित लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानद्वारा गायक तथा सङ्गीतकार धनबहादुर गुरुङ सम्मानित हुनुभएको छ । शुक्रबार आयोजित संस्कृतिकर्मी लोकबहादुर गुरुङको १२औँ स्मृति दिवसका अवसरमा गायक गुरुङलाई नगद ५१ हजार रुपैयाँसहित सम्मान गरिएको हो । गुरुङ समुदायको भाषा, संस्कृति, कला र सङ्गीतको संरक्षण तथा प्रवर्द्धनमा पुर्याएको योगदानको कदरस्वरूप उहाँलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । […]
६ गोर्खा राइफलको वार्षिक भेटघाटका लागि जिम्मेवारी बाँडफाँड

बेलायत – ६ गोर्खा राइफलको वार्षिक भेटघाट आगामी २०२६ सेप्टेम्बर १९ (शनिबार) का दिन बेलायतको फार्नबोरोस्थित स्यामुल कोडी स्पोर्ट कलेजमा आयोजना हुने भएको छ। कार्यक्रमलाई व्यवस्थित र सफल रूपमा सम्पन्न गर्नका लागि विभिन्न समिति तथा सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गरिएको छ। कार्यक्रमको समग्र व्यवस्थापन तथा संयोजनको जिम्मा मेजर खुसीमान गुरुङ र सहसंयोजक अमृत गुरुङ गर्नुहुनेछ। त्यसैगरी […]
बेलायतबाट कैलाश यात्रामा निस्किएका दुई दम्पती सम्पर्कविहीन

बेलायत – बेलायतबाट मानसरोवर कैलाश तीर्थयात्रामा निस्किएका, पुख्र्यौली घर गोरखा भई हाल बेलायतमा बसोबास गर्दै आएका दुई दम्पती सम्पर्कविहीन भएका छन्। थानेश्वर गुरुङ (65408) र तारा गुरुङ तथा श्रीबहादुर गुरुङ र तेजकुमारी गुरुङ नामका यी दुई दम्पती सम्पर्कविहीन भएका हुन्। यी दुई दम्पतीबीच सादुभाइ र सादुदाइको नाता रहेको खुलेको छ। बुधवार, २६ अगस्ट २०२६ का […]
बाढीपीडितका सहयोगका लागि स्विन्डनमा ‘नेपाली म्युजिकल नाइट २०२६’ भव्य रूपमा सम्पन्न

बेलायत — नेपालमा हालै गएको बाढीका पीडितहरूको सहयोगार्थ बेलायतको स्विन्डनस्थित ब्रोडग्रिन कम्युनिटी सेन्टरमा गत शुक्रबार, ४ सेप्टेम्बर २०२६ का दिन “नेपाली म्युजिकल नाइट २०२६” भव्य रूपमा सम्पन्न भएको आयोजक समितिका सदस्य अनिता रानामगरले जानकारी दिनुभएको छ। संगीतमय मनोरञ्जनका साथै सामाजिक उत्तरदायित्व र परोपकारी भावनासहित आयोजित सो कार्यक्रममा नेपालका चर्चित कलाकारहरू— ‘द भ्वाइस अफ नेपाल सिजन […]
चिनियाँ परराष्ट्र मन्त्रालयका सहायकमन्त्रीद्वारा बेइजिङस्थित नेपाली दूतावासको भ्रमण र शोकपुस्तिकामा हस्ताक्षर

साभार – कार्यवाहक राजदूत महामहिम रोशन खनालको फेसबुकवाट बेइजिङ – २ सेप्टेम्बर २०२६ को दिन जनवादी गणतन्त्र चीनका परराष्ट्र मन्त्रालयका सहायकमन्त्री महामहिम साइ वेइले बेइजिङस्थित नेपाली राजदूतावासको भ्रमणको क्रममा शोकपुस्तिकामा हस्ताक्षर गर्नुभएको छ। सो अवसरमा उहाँले नेपाल सरकार र नेपाली जनताप्रतिको ऐक्यबद्धता व्यक्त गर्नु भएको छ । साथै, नेपालमा आवश्यकता अनुसार बादीपिडितको लागि उद्धार र […]
हार्दिक बधाई : दुत पुन एन्ड बिमला सेने
एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङ बाढीपीडितका लागि सहयोग संकलनमा

लन्डन । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एनआरएनए यूकेकी पहिलो महिला अध्यक्ष तथा दिदीबहिनी एकता फाउन्डेसनकी संस्थापक पुनम गुरुङले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेकी छन् । नेपालमा बाढीपछि देखिएका भयावह दृश्यले आफू अत्यन्त मर्माहत भएको बताउँदै गुरुङले प्रभावित परिवारलाई तत्काल राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले गोफन्ड मिमार्फत उनले […]
बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा बेलायतको अल्डरसटमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

लन्डन । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परेर ज्यान गुमाएका तथा प्रभावित परिवारको सम्झनामा बेलायतको अल्डरसटमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके र ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको संयुक्त आयोजनामा मंगलबार साँझ अल्डरसटस्थित प्रिन्सेस गार्डेन्स (कुलवीर थापा भीसी मेमोरियल) मा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा […]
नेपालका बाढीपीडितका लागि पञ्चासे हर्पनडाँडा समाज यूकेद्वारा ९ लाखभन्दा बढी सहयोग संकलन

काठमाडौं । नेपालमा आएको बाढी तथा विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले पञ्चासे हर्पनडाँडा समाज यूकेले सञ्चालन गरेको सहयोग अभियानमा शुक्रबारसम्म ९ लाख ६ हजार ४ सय १२ रुपैयाँ संकलन भएको छ। समाजका तर्फबाट पीआर प्रकाश गुरुङले शुक्रबारसम्म उक्त रकम संकलन भएको जानकारी दिएका हुन्। बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ। अभियानमा सहयोग गर्ने […]
गुरुङ फिल्म एसोसिएसन नेपालको अध्यक्षमा अर्जुन गुरुङ निर्विरोध

पोखरा । गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान)को अध्यक्षमा अर्जुन गुरुङ निर्विरोध निर्वाचित भएका छन् । जिफानको शुक्रबार पोखरामा सम्पन्न १८औं साधारणसभा तथा नवौं राष्ट्रिय अधिवेशनले गुरुङको नेतृत्वमा तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । २५ सदस्यीय केन्द्रीय समितिको प्रथम उपाध्यक्षमा कुविना गुरुङ, द्वितीय उपाध्यक्षमा टेकबहादुर गुरुङ, महिला उपाध्यक्षमा सपना गुरुङ, महासचिवमा गलबहादुर गुरुङ, […]
एनआरएनएको राहत अभियान नवौँ दिनमा पनि निरन्तर, नुवाकोटमा स्वास्थ्य शिविरदेखि अस्पताललाई डिजेलसम्म

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत अभियान नवौँ दिनमा पनि निरन्तर जारी रहेको छ। अभियानअन्तर्गत नुवाकोटमा बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै प्रभावित क्षेत्रको स्थलगत अवलोकन, अस्पताललाई इन्धन सहयोग, किरियापुत्री घरमा राहत सामग्री हस्तान्तरण तथा […]