३२औँ तामाङ प्रसारण दिवस : जगतमान र जमुनालाई ‘तामाङ मिडिया अवार्ड’

काठमाडौं । ३२ औं तामाङ प्रसारण दिवसका अवसरमा दुई जना पत्रकारहरु ‘तामाङ मिडिया अवार्ड–२०८३’बाट सम्मानित भएका छन् । काठमाडौंको बुद्धनगरस्थित आरम्भ रेस्टुरेन्टमा सोमबार तामाङ पत्रकार संघीय समितिले आयोजना गरेको मिडिया अवार्ड वितरण कार्यक्रममा पत्रकारद्वय जगतमान तामाङ(काभ्रेपलाञ्चोक) र जमुना तामाङ(मकवानपुर) सम्मानित भएका हुन् । सम्मानित दुवैलाई प्रमुख अतिथि प्रतिनिधिसभा सांसद परशुराम तामाङ र संघका अध्यक्ष नेत्र […]

वरिष्ठ पत्रकार हरिशरण लामिछानेलाई एनएलडिसी पुरस्कार

कोमल मल्ल काठमाडौँ । विगत तीन दशकदेखि रेडियो नेपालको वरिष्ठ समाचार वाचक रही नेपाली भाषा साहित्य सञ्चार र पत्रकारिता क्षेत्रमा निरन्तर योगदान पुर्‍याएका वरिष्ठ पत्रकार हरिशरण लामिछाने एनएलडिसी साहित्य-सञ्चार पदक पुरस्कारद्वारा सम्मानित भएका छन् । काठमाडौँ बालुवाटारस्थित परिषद् कक्षमा आयोजित समारोहमा परिषद्को नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार इल्या भट्टराई, सल्लाहकार परिषद्का प्रमुख सल्लाहकार वरिष्ठ कवि […]

जीआरएनसी यूकेका निवर्तमान अध्यक्ष मान गुरुङद्वारा मानवसेवा आश्रमलाई १ लाख सहयोग

लन्डन । ग्रेटर रश्मूर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेका निवर्तमान अध्यक्ष मान गुरुङले मानवसेवा आश्रम सामाखुसीलाई १ लाख रुपैयाँ सहयोग गरेका छन् । बेलायतमा ‘अनलेस योर इनर सेल्फ’कार्यक्रम सञ्चालन गरेर संकलित सहयोग १ लाख ४८७ रुपैयाँ समाजसेवी गुरुङले आइतबार ठूली दिदी सुधा गुरुङमार्फत हस्तान्तरण गराएका हुन् । मानव सेवा आश्रमका तर्फबाट सहयोगी दातालाई प्रदान गरिएको प्रमाणपत्र […]

बेलायतमा श्रम संस्कृति समाज यूकेको विधान सभा सम्पन्न, विधान सर्वसम्मत पारित

नर थाम्सुहाङ अल्डरसट । श्रम संस्कृति समाज यूकेको विधान सभा सम्पन्न भएको छ। बेलायतको अल्डरसटमा १६ अगस्ट २०२६ मा समाजका संयोजक मनोज पुनको अध्यक्षतामा विधान सभा सम्पन्न भएको हो । सभामा विधान मस्यौदा समितिका संयोजक डा. महा राई, गठन पहल समितिका संयोजक राम इजमलगायत श्रम संस्कृति समाजका पदाधिकारी, सदस्य तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो। सभामा […]

नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व

काठमाडौं । लोकरक ब्याण्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा आगामी कन्सर्टको घोषणा गरेलगत्तै त्यस आयोजनालाई राज्यस्तरबाटै अपनत्व दर्शाइएको छ । भारतको ८० औं गणतन्त्र दिवसका अवसरमा शनिबार गान्तोकमा आयोजित समारोहकै बीच मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले नेपथ्यको टिशर्ट र टिकट सार्वजनिक गरिदिए । उक्त टिशर्ट सिक्किम कन्सर्टकै लागि विशेष रुपमा तयार पारिएको हो । यसअघि […]

बेलायतमा ‘हङकङ आइडी’ चलचित्रको भव्य प्रदर्शन

पूर्ण गुरुङ अल्डरसट । बेलायतमा नेपाली चलचित्र ‘हङकङ आइडी’को विशेष प्रदर्शन भएको छ। घान्द्रुक काम्चे कोने खलक यूकेको आयोजनामा आइतबार १६ अगस्ट २०२६ मा अल्डरसटस्थित एम्पायर हलमा उक्त चलचित्र प्रदर्शन गरिएको हो । लप्सन गुरुङको निर्माण तथा कथामा तयार पारिएको उक्त चलचित्रलाई खुसबहादुर गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । धेरै जसो नेपालको प्रसिद्ध पर्यटकीय […]

लखन थापा स्मृति गल्फ प्रतियोगिता सम्पन्न

फोटो: किशोर र मेजर चित्र राना मगर बेलायत – नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगर स्मृति गल्फ प्रतियोगिता बेलायतको म्याडेनहेडस्थित बर्डहिल गल्फ सेन्टरमा सम्पन्न भएको छ। उक्त प्रतियोगितामा १३६ जना गल्फर तथा २२ वटा टिमले सहभागिता जनाएका थिए। प्रथम सहिद लखन थापा स्मृति प्रतियोगिताको पुरुस्कार वितरण भने अल्डरसटस्थित ठमेल दोहोरि रेस्टुरेण्टमा सम्पन्न भएको थियो। […]

एनआरएनएको प्राथमिकतामा महिलाको सुरक्षित आप्रवासन, स्वास्थ्य, कानुनी पहुँच, आर्थिक आत्मनिर्भरता तथा नेतृत्व विकास

लन्डन । महिला सशक्तीकरणसँगै विदेशमा रहेका नेपाली महिलाले भोगिरहेका समस्याप्रति पनि गम्भीर बन्नुपर्नेमा सरोकारवालाहरूले जोड दिनुभएको छ। ग्वाङझाओमा भइरहेको १९औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा बोल्दै उहाँहरूले पढाइ, रोजगारी तथा विवाह गरेर विदेशिएका नेपाली महिलाहरू विभिन्न समस्याबाट पीडित हुने गरेको बताउनुभयो। चीनमा व्यवसाय गर्दै आउनुभएकी एनआरएनए केन्द्रीय सदस्य खुश्बु अग्रवालले विदेशिएका महिलालाई कतिपय अवस्थामा घरपरिवारबाट समेत […]

निर्मल पुर्जाको अन्त्येष्टि समारोहमा सहभागी हुन २२ अगस्टसम्ममा नाम दर्ता एनआरएनए यूकेको आग्रह

लन्डन । विश्वप्रसिद्ध कीर्तिमानी पर्वतारोही, पूर्व गोर्खा सैनिक निर्मल पुर्जा ‘निम्सदाइ’को अन्त्येष्टि समारोहमा सहभागी हुन चाहने व्यक्ति तथा संघ–संस्थाका प्रतिनिधिहरूका लागि गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके)ले आधिकारिक उपस्थिति दर्ता गर्न गर्न आग्रह गरेको छ । एनआरएनए यूकेका महासचिव जुरेन्द्र खजुम लिम्बूले एक सूचना जारी गर्दै निम्सदाइको अन्त्येष्टिमा सहभागी हुन चाहने सबैले एनआरएनए यूकेमार्फत उपलब्ध […]

तामाङ जातिबाट विद्यावारिधि गर्नेको संख्या सय नाघ्यो [सूचीसहित]

काठमाडौं । नेपालको तेस्रो ठूलो आदिवासी जनजाति तथा पाँचौं ठूलो जनसंख्या भएको जाति तामाङ समुदायबाट विद्यावारिधि गर्नेको संख्या सय नाघेको छ । शिक्षा तथा खेलकुद मन्त्रालय उपसचिव डा. लोकबहादुर लोप्चनका अनुसार हालसम्म १०५ जना तामाङले विद्यावारिधि गरेका गरिसकेका छन् । ‘साउन ३१ बिहान ९:१३ बजेसम्म प्राप्त तथ्यांकअनुसार १०५ जना विद्यावारिधि गरेका तामाङ व्यक्ति र व्यक्तित्वहरू […]

error: Content is protected !!