विचार : देश बन्न त आफ्नो कर्तव्य बुझ्ने नागरिकको महत्त्वपूर्ण भूमिका रहन्छ 

लगभग साढे दुई दशकपछि केही महिना नेपाल बस्ने मेसो पर्‍यो । निकै वर्षपछि आफ्नो जन्मभूमिमा अलिअलि घुमियो, विभिन्न कार्यक्रमहरू, साथीभाइहरुसँग उठबस गरियो, हरेक राजनैतिक दलमा आस्था राख्नेहरूसँग कुराकानी पनि गर्न पाइयो, कतिपय कुराहरूमा आफ्नो धारणा राखियो त धेरै जस्तो कुरामा मूकदर्शक बनियो, सबैका कुरा सुनियो बुझियो र उनीहरूका गतिविधिहरू पनि हिजोआज गरेर थाहा पाइयो । […]

नेपाली मेलाका लागि तीव्र तयारीमा लाग्न मगर संघ यूकेका अध्यक्ष लालबहादुर पुनको आग्रह

लन्डन । बेलायतमा आगामी ३० अगस्ट आइतबार आयोजना हुन गैरहेको नेपाली मेलाका लागि मगर संघ यूकेले आफ्ना सदस्य, कलाकार, युवा–युवती तथा शुभेच्छुकहरूलाई तयारी तीव्र बनाउन आग्रह गरेको छ। तमुधिं यूकेको आयोजनामा केम्प्टन पार्क रेसकोर्समा हुने नेपाली मेला बेलायतस्थित नेपाली समुदायको कला, संस्कृति, भेषभूषा, परम्परा र राष्ट्रिय पहिचानलाई एउटै साझा मञ्चमा प्रस्तुत गर्ने प्रतिष्ठित कार्यक्रमका रूपमा […]

तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड–२०२६ मा मिरुना मगर उत्कृष्ट अभिनेत्री

काठमाडौँ । तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड–२०२६ (इन्फा अवार्ड) मा मिरुना मगर उत्कृष्ट अभिनेत्री घोषित भएकी छन् । काठमाडौंमा शनिबार सम्पन्न अवार्ड समारोहमा मिरुना मगरले चलचित्र ऊनको स्वीटरबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । यस्तै नीर शाह र विपिन कार्की उत्कृष्ट अभिनेता घोषित हुँदा नविन चौहान उत्कृष्ट निर्देशक तथा ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र घोषित भएको […]

नेपालीमुलका किवन राईले खेले ग्रेन्ज फान्बरो फुटबल क्लबमा

लन्डन । नेपालीमुलको पहिलो बयाबसायिक फुटबल खेलाडी किवन राई आइतबार ग्रेन्ज फान्बरो फुटबल क्लबमा आइतबार खेलेका छन् । राई इङ्लिस फुटबल लिग ईएफएल क्लबमा आबद्ध भएका थिए । क्लबमा व्यावसायिक सम्झौता गर्ने राई पहिलो नेपाली मूलका खेलाडी हुन् । आक्रामक मिडफिल्डर १८ वर्षीय राईले वेल्सको ईएफएल क्लब न्युपोर्ट कन्ट्री एएफसीसँग व्यावसायिक सम्झौता गरेका हुन् । […]

बेलायतमा अगस्ट २९ मा ‘सांगीतिक साँझ २०२६’ हुने, विष्णु खत्री र विमता घर्ती मगरको विशेष प्रस्तुति

लन्डन । नेपाली लोक तथा दोहोरी संगीतप्रेमीहरूका लागि बेलायतको लन्डनमा ‘सांगीतिक साँझ २०२६’ आयोजना हुने भएको छ। नेपालबाट आएका चर्चित लोक तथा दोहोरी गायक–गायिकाहरूको प्रस्तुतिसहित यही २९ अगस्टमा सांगीतिक साँझ आयोजना गर्न लागिएको हो । प्लमस्टेडस्थित ना:खा: छ्येन यूकेमा हुने कार्यक्रममा चर्चित लोकगायक विष्णु खत्री र लोक तथा दोहोरी गायिका विमता घर्ती मगरले विशेष प्रस्तुति […]

सर्वोच्च अदालतको परमादेशसँगै छुटे पत्रकार किशोर श्रेष्ठ

काठमाडौँ । सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको इजलासले सोमबार सुनुवाइ गर्दै थुनामा राखिरहनुपर्ने कुनै कारण नदेखिएकाले प्रधान सम्पादक श्रेष्ठलाई थुनामुक्त गर्न परमादेश गरेको हो । अदालतको परमादेशसँगै पत्रकार श्रेष्ठ आजै साँझ छुटिसकेका छन् । “जाहेरी दरखास्तमा उल्लिखित तस्बिर जाहेरवाला आफँैले […]

पोखरा निवासी साहित्यकार गौरी तमू सम्मानित

चितवन । पोखरा निवासी साहित्यकार गौरी तमू सम्मानित भएकी छन् । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालले चितवनमा सोमबार आयोजना गरेको चौथो गुरुङ भाषा प्रसारण दिवसको अवसरमा गौरीलाई सम्मान गरेको हो । उनलाई प्रमुख अतिथि एटजोन तथा फोनिजका पूर्वअध्यक्ष डण्ड गुरुङले सम्मानपत्र प्रदान गरे । गुरुङ साहित्यिक मञ्चका संस्थापक अध्यक्ष तथा गुरुङ भाषा साहित्यकी अन्वेषक गौरीलाई […]

३२औँ मगर प्रसारण दिवसको अवसरमा बेलायतवासी मनसुधन थापामगर सम्मानित

पोखरा । ३२औँ मगर प्रसारण दिवसको अवसरमा बेलायतवासी गायक मनसुधन थापामगर सम्मानित भएका छन् । नेपाल मगर पत्रकार संघ, कास्कीको आयोजनामा सोमबार सम्पन्न ३२औँ मगर प्रसारण दिवसको अवसरमा मनसुधन र मीना थापा मगर सम्मानित भएका हुन् । मनसुधन हाल बेलायतमा रहेकाले उनको सम्मानपत्र पनि मिनाले ग्रहण गरेकी थिइन् । मनसुधन र मिनलाई कार्यक्रममा नेपाल पत्रकार […]

यस्तो भयो ईलमपोखरी समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम [हेरौं २२ तस्बिरहरु]

लन्डन । ईलमपोखरी समाज यूकेको वार्षिक गृष्मकालीन कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ । बेलायतको अल्डरसटस्थित अल्डरवुड लिजर सेन्टरमा शनिबार १५ अगस्टमा परशु गुरुङको अध्यक्षता र लमजुङ समाज यूकेका अध्यक्ष तथा ईसमपोखरी समाजका निवर्तमान अध्यक्ष पूर्णराज गुरुङको प्रमुख आतिथ्यतामा भेटघाट कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गोरखाली समाज यूके, गोरखा जिल्ला गुरुङ समाज यूके, […]

सरकारसँग सहमति भएसँगै वैदेशिक रोजगार व्यवसायीको आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ । श्रम तथा रोजगार मन्त्रालय र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच सहमति भएसँगै व्यवसायीले घोषणा गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको छ । वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधन प्रक्रियालाई यथाशक्य छिटो टुङ्ग्याउन सरकार र व्यवसायी दुवै पक्षले अधिकतम प्रयत्न गर्ने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगन […]

आदिवासी जनजातिको भाषा जोगाउने काम राज्यले गर्नुपर्छ : सांसद परशुराम तामाङ

काठमाडौं । प्रतिनिधिसभा सांसद एवं नेपाली कम्युनिस्ट पार्टीका नेता परशुराम तामाङले आदिवासी जनजातिको भाषा जोगाउने काम राज्यले गर्नुपर्ने बताएका छन् । काठमाडौंको बुद्धनगरस्थित आरम्भ रेस्टुरेन्टमा सोमबार तामाङ पत्रकार संघीय समितिले आयोजना गरेको मिडिया अवार्ड वितरण कार्यक्रममा सांसद तामाङले तामाङ मात्र नभएर नेपालको आदिवासी जनजातिको भाषा विकास राज्यले गर्नुपर्नेमा जोड दिएका हुन् । ‘यो समुदायको त […]

३२औँ तामाङ प्रसारण दिवस : जगतमान र जमुनालाई ‘तामाङ मिडिया अवार्ड’

काठमाडौं । ३२ औं तामाङ प्रसारण दिवसका अवसरमा दुई जना पत्रकारहरु ‘तामाङ मिडिया अवार्ड–२०८३’बाट सम्मानित भएका छन् । काठमाडौंको बुद्धनगरस्थित आरम्भ रेस्टुरेन्टमा सोमबार तामाङ पत्रकार संघीय समितिले आयोजना गरेको मिडिया अवार्ड वितरण कार्यक्रममा पत्रकारद्वय जगतमान तामाङ(काभ्रेपलाञ्चोक) र जमुना तामाङ(मकवानपुर) सम्मानित भएका हुन् । सम्मानित दुवैलाई प्रमुख अतिथि प्रतिनिधिसभा सांसद परशुराम तामाङ र संघका अध्यक्ष नेत्र […]

error: Content is protected !!