
मुक्तक प्रतिष्ठान बेलायतले २७ जुनमा ‘ग्रीष्मकालीन मुक्तक सन्ध्या’ आयोजना गर्ने
लन्डन । मुक्तक प्रतिष्ठान बेलायत शाखाले यही २७ जुनमा ‘ग्रीष्मकालीन मुक्तक सन्ध्या’ आयोजना गर्ने भएको छ । नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यतामा मुक्तक प्रतिष्ठान बेलायतले मुक्तक सन्ध्या गर्न लागेको हो ।










