प्रमुख समाचार

प्रधानन्यायाधीश जबरामाथिको महाअभियोग निष्प्रभावी

काठमाडौं ७ डिसेम्बर २०२२ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोगको प्रस्ताव निष्प्रभावी भएको छ । सो प्रस्तावको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको हो । महाअभियोग प्रस्ताव तत्कालीन प्रतिनिधिसभामा पेस भई प्रारम्भिक छलफल

अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्छौँ: प्रधानमन्त्री देउवा

काठमाडौं डिसेम्बर ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनले अर्थमन्त्रालय र नेपाल

कोलम्बियामा पहिरोले बस पुरिँदा ३३ जनाको मृत्यु

एजेन्सी डिसेम्बर ६ । कोलम्बियामा पहिरोले बस पुरिँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने ९ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । कोलोम्बियाको राजधानी बोगाटाबाट २ सय ३० किलोमिटर उत्तरपश्चिममा अवस्थित रिसारल्दा प्रान्तको एक

नेपाल निर्वाचन: प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न, सात पार्टी बने राष्ट्रिय दल

काठमाडौं डिसेम्बर ६ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको छ । “मतगणना सम्पन्न भएको छ । आयोगको वेबसाइटमा राखिएको मत

बेलयतमा नेपाली वृद्धमाथि हातपात गरी लुट्न खोज्नेलाई झन्डै ४ वर्षको जेल सजाय

लण्डन डिसेम्बर ६ । बेलायतको अल्डरसटमा एक नेपाली वृद्धलाई हातपात गरी लुटपाट प्रयास गरेको अभियोगमा एक व्यक्तिलाई झन्डै चार वर्षको जेल सजाय भएको छ । एलेक्जेन्ड्रा रोड, अल्डरसटका २९ वर्षीय ड्यारेन वाट्सलाई सोमबार विनचेस्टर क्राउन

नेपालमा लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा मुख्यमन्त्री कार्यालय

लुम्बिनी । लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा मुख्यमन्त्री कार्यालय स्थानान्तरण गरिएको छ । यसअघि अस्थायी मुकाम बुटवलबाट कार्य सञ्चालन गर्दै आएको प्रदेश सरकारले अब भालुवाङबाटै काम थाल्ने छ । मुख्यमन्त्री कार्यालयका सम्पूर्ण फर्निचर, कागजपत्र र

नेपाल निर्वाचन: १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक

काठमाडौं डिसेम्बर ५ । गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अन्तर्गत १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सोमबारसम्म देशभरका सबै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले

तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ बेलायतको उपाधि सन्नी शाहीलाई

लण्डन डिसेम्बर ५ । बेलायतमा आयोजित तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको उपाधि सन्नी शाहीले जितेकी छन् । लन्डन फेसन हाउसले आइतबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरेको उक्त प्रतियोगितामा शाहीले टाइटिल जितेकी हुन् ।

‘निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकतालाई पुनः पुष्टि गरेको छ’

काठमाडौं ५ डिसेम्बर २०२२ । पाँच दलीय सत्ता गठबन्धनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ माओवादी केन्द्रको १८ सिटमा निर्वाचित [नामावली]

काठमाडौं ५ डिसेम्बर २०२२ । प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत नेकपा (माओवादी केन्द्र) ले प्रत्यक्षतर्फ १८ सिट जितेको छ । २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ ३६ स्थानमा जित हात पारेको माओवादी केन्द्र नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)सँगको

आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ मा नेपाल स्कटल्याण्डसँग पराजित

एजेन्सी डिसेम्बर ४ । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ मा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको छ । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले मात्र ३२.१ ओभरमा ७ विकेटको

इरानमा जारी प्रदर्शनका क्रममा २ सय जनाको मृत्यु

एजेन्सी डिसेम्बर ४ । इरानमा केही महिना यता भईरहेको प्रदर्शनका क्रममा २ सय जना मानिसको मृत्यु भएको खुलासा भएको छ । इरानको एक सुरक्षा निकायले गत सेप्टेम्बर यता जारी प्रदर्शनका क्रममा २ सय जना मानिसको

error: Content is protected !!